४ जेष्ठ २०८१, शुक्रबार

द्वन्द्ववादलाई स्वीकार नगरी सत्यको अनावरण हुँदैन : अनुपमा रेग्मी

0

प्रध्यापक अनुपमा रेग्मीले द्वन्द्ववादलाई स्वीकार नगरेसम्म सत्यको अनावरण नै नहुने बताएकि छन् ।
रेग्मीले लेखक तिलक रेग्मीको ‘बन्द पर्खाल’ लाेकार्पण कार्यक्रममा शनिबार टिप्पणीमूलक विचार राख्दै कृतिमा वैयक्तिक अनुभूति र विचार पक्ष दुवै समृद्ध रहेको दाबी गरिन् । रेग्मीले द्वन्द्ववादले अन्तिम सत्य केही हुँदैन र सबै प्रकारका सत्यहरु सापेक्षिक सत्यहरु हुन् भनिन् । उनलेे आफुले जनयुद्धका धेरै विषयहरु नबुझेको र अनिल शर्माको ‘झेल्खाना’ संस्मरण प्राप्त भएको कारण जनयुद्धलाई बुझ्ने अवसर प्राप्त हुने पनि बताइन् ।

उनले लेखकले कतिपय विषयमा माैनता साँधेर पाठकप्रति अन्याय गरेको गुनासो समेत गरिन् । त्रिभुवन विश्वविद्यालयकि प्रध्यापकसमेत रहेकी अनुपमाले जनयुद्धको विभ्रम बढ्दै गएको कारण भाेक्ताहरुले नै कलम चलाउनुपर्ने बताएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।