२० बैशाख २०८१, बिहीबार

नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलन र इतिहास

0

            धनु सी

 

नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनको भूमिका अग्रपंक्तिमा रहेको  छ । राणा विरोधी विद्यार्थी आन्दोलन, पन्चायती शासक विरुद्धको आन्दोलन, निरंकुश फासीवादी राजतन्त्रका विरुद्ध विद्यार्थी आन्दोलन नेपालको इतिहासमा दर्ज भैसकेका छन् । तर आजको दिनमा विद्यार्थी संगठन बदनामीत अवस्था छन् । संसदवादी विद्यार्थी संगठन सत्ता, कुर्सी केन्द्रीत देखिन्छ भने सत्ता बाहिर रहेको क्रान्तिकारी  विद्यार्थी संगठन दलाल सत्ता विरुद्ध निरन्तर संघर्षमा केन्द्रीत नै छ । आजको दिनमा खुलेआम शिक्षामा व्यापार छ, विदेश सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरु खुलेआम खुलेको देखिन्छ । युवाहरु योजनाबद्ध तबरबाट पलायन गर्न खोजिदै छ, सर्टिफिकेट दराजमा थन्क्याएर एयरपोर्टमा लाइन लाग्न, विदेश जानका निम्ति गोलि खान तल्लिन देखिन्छन्  बिडम्बना विदेश जान चाहन्छु भन्दा युवाहरुमाथि गोलि हान्न तयार छ राज्य ।  राष्ट्रिय स्वाधिनतामाथि विदेशी हस्तक्षेप बढेको छ, हामी क्रान्तिकारी विद्यार्थी संगठन निरन्तर खबरदारी गरिरहेका छौँ । 

नेपालको विद्यार्थी आन्दोलनको सुरुवात निरंकुश राणाशासनका विरुद्धको आन्दोलनबाट भएको थियो । नेपाली जनताहरुमा जवर्जस्त लादिएको निरंकुश राणाशासनको प्रतिरोधमा भारतको बनारसमा अध्ययनरत नेपाली विद्यार्थीहरुले वि.सं. १९९१ मा नेपाली छात्र संघको  गठन गरी संघर्ष केन्द्रीत गरे । 

राणाकाल र विद्यार्थी आन्दोलन 

सबै प्रकारका उत्पीडनबाट मुक्त चाहाने नेपाली जनताको पृष्ठभूमिले राणाशासनका विरुद्ध विद्यार्थीहरुको आन्दोलनको उद्गम र प्रदुभाव मानिन्छ । राणाको दबाबका कारण राणाका विरुद्ध विद्यार्थी आन्दोलनको सुरुवात भयो । सन् १९९५ सालमा गंगालाल श्रेष्ठ लगायत विद्यार्थीहरु संगठनका मोर्चाका लागि संघर्ष गरे ।

वि.सं. १९९७ सालमा गंगालाल श्रेष्ठ, टंक प्रसाद आचार्य लगायत विद्यार्थीहरुले सम्पुर्ण राणा विरोधी प्रचार प्रसारसहित संघर्ष सञ्चालन गरे ।  जेष्ठ २० मा काठमाडौँ पाटनमा भेट भए  ।

उदेश्यप्रति प्रतिबद्ध र अडिक ४ जना क्रान्तिकारी गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्रीहरुलाई फाँसी दियो तर आन्दोलन रोकिएन । वि.सं. २००४ सालमा संस्कृतिको जय होस् भन्ने हेतुले आन्दोलन संघर्ष सञ्चालन भयो ।  वि.सं. २००६ सालमा ने.क.पा.को स्थापना भयो । वि.सं. २००६ सालमा अखिल नेपाल विद्यार्थी फेडेरेसन  असार १ गते भुमिगत रूपमा प्रचण्डराज सिंहको नेतृत्वमा गठन भयो । 

 वि.सं. २००७ साल पछिको विद्यार्थी आन्दोलन  

 वि.सं. २००७ सालमा देशव्यापी राणाका विरुद्ध एकलौटी संघर्ष चल्न थालेपछि भारतको नयाँदिल्लीमा नेपाली जनताको चाहाना विपरित राजा, राणा, काङ्ग्रेसको गठबन्धन गरि संसदीय व्यवस्था स्थापना र प्रजातान्त्रिक आएको भ्रम जनतामा फैलाइयो । यो समयमा विद्यार्थीको आन्दोलन महत्त्वपूर्ण थियोे । वि.सं. २००७ सालमा राणा विरोधी संघर्षमा विद्यार्थीहरुले कठिन संघर्ष गरे । वि.सं. २००८ साल कार्तिक २० गतेको दिन थोकपुर्ण र राष्ट्रघाती दिल्ली सम्झौता विरुद्धको संघर्षमा अखिल नेपाल विद्यार्थी फेडेरेसनद्वारा भएको विरोध प्रदर्शनमा गृहमन्त्री वि.पि कोइरालाको आदेशमा अ.ने.वि.फे का कार्यकर्ता चीनिया काजीको हत्या गरियो । वि.सं. २००९ सालमा भिमदन्त पन्तको विद्रोह दबाउन परिचालन गरिएको भारतीय सेनाको विरुद्ध र शिक्षा विधान विरोधी विद्यार्थी आन्दोलन भयो । वि.सं. २०१० सालमा कोशी सम्झौता विरुद्ध विद्यार्थी आन्दोलन भयो साथै अखिल विद्यार्थी फेडेरेसन लगाएत अन्य विद्यार्थी संगठन, नेपाल छात्रा संघ, संस्कृति छात्रा संघ, अन्तर कलेज विद्यार्थी युनियन सबैलाई एकताबद्ध गर्ने प्रयास अ.ने.वि.फे गर्यो ।

अन्तत वि.सं. २०१३ सालमा अन्तर कलेज विद्यार्थी युनियन र अ.ने.वि.फे संग एकता भयो र उक्त एकता पछि सम्मेलन भयो र नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन गठन भयो ।  एकीकरण पश्चात ने.रा.वि.फे को केन्द्रिय नेतृत्वमा वैचारिक विचलन आयो, संगठन फुटमा जाने संकेत देखियो । अन्ततः फुट भयो र केशरजंग रायमाझी नेतृत्वले संशाेधनवादको बाटो  लियो । त्यसले सिंगो विद्यार्थी आन्दोलन त्याग भयो । साथै नेपालको कम्युनिस्ट विद्यार्थी आन्दोलनमा गैर-क्रान्तिकारी ,  अवसरवादी, राजावादी, विर्सजनवादी, आत्मसमर्पणवादी धारा देखा पर्नुले  आन्दोलनमा अन्योल, अराजक धारा देखापर्न थाल्यो । (संघर्षद्वारा संगठन निमार्ण गर्ने, संगठनद्वारा संघर्ष सञ्चालन गर्ने) अभियान सन्चालन भयो ।

पञ्चायतकाल र विद्यार्थी आन्दोलन 

     वि.सं. २०१७ सालमा महेन्द्र फौजी काण्डपछि नेपाल विद्यार्थी फेडेरेसन सिङ्गो पङ्तिमा पलायन र निष्क्रियता देखा पर्यो  । परिस्थितिबाट पैदा हुने समस्याले क्रान्तिकारीहरु निराश हुनुको सट्टा अझ गम्भीर र सशक्त भए । तानाशाही, निरङकुशता लादिनुले गर्दा र विद्यार्थी नैतिकतामा समस्या देखा पर्नाले जुझारु संघर्षको समस्या देखिन पुग्यो । वि.सं. २०१९ सालमा क्रान्तिकारी विद्यार्थीहरुले भारतमा भेला भै ने.रा.वि.फेको नेतृत्वमा देखिएको वैचारिक विचलनमा विचलनका बारेमा व्यापक बहस भयो । साथै २०२० सालबाट अन्तर कलेज विद्यार्थी युनियनको आयोजनामा आन्दोलन उठान गर्ने प्रयत्न गरियो । वि.सं. २०२१ सालमा निरङ्कुश पञ्चायती व्यवस्थाको  बिचमा उपत्यका स्तरीय अन्तरकलेज गरि असमान सम्धी सम्झौता वैज्ञानिक शिक्षा, शैक्षिक समस्याको समाधान लगाएत प्रस्ताव उक्त सम्मेलनमा पारित भयो ।  उक्त २०२१ सम्मेलन खुल्ला थियो तर सरकारले व्यापक दमन गर्यो सोही कारण ठूलो संघर्षको विजाराेपण हुन पुग्यो ।

विद्यार्थीहरुको कडा संघर्षको कारणले प्रभावले विद्यार्थी स्वतन्त्र विद्यार्थी युनियन खोल्न पाउने माग सम्बाेधन गर्न सरकार बाध्य भयो । प्रभाव स्वरुप संघर्षद्वारा संगठन निर्माण गर्ने र  संगठनद्वारा संघर्ष सञ्चालन गर्ने विधिको प्रयोग गर्दै अघि बढ्यो विद्यार्थी आन्दोलन । वि.सं. २०२२ मा २०२१ प्रभाव स्वरुप सम्मेलनको २०२२ जेष्ठमा उपत्यका स्तरीय भेला सम्पन्न भयो । उक्त भेलाले सुजन (आत्मराम) खरेलको नेतृत्वमा ११ सदस्यीय समिति चयन गर्‍यो र अनेरास्ववियुको जन्म भयो । 

२०२२ मा सम्मेलन प्रस्ताव अनेरास्ववियुले सुस्ता माथिको भारतीय अतिक्रमण र अमेरिकी सामाज्वादले विभिन्न देशमा गरेको आक्रमण विरुद्ध आन्दोलन सञ्चालन गर्यो ।

(अनेरास्ववियु जन्मनुको लक्ष्य (निरङकुशताको अन्त्य, राष्ट्रिय स्वाधीनताको रक्षा र जनवादी शिक्षा स्थापना  गर्नु पर्ने थियो।)

क्रमश: २०२५ साल जेठ ६ गते दोस्रो राष्ट्रिय सम्मेलन (किर्तिपुरमा) मा, भुमलाल भण्डारीको नेतृत्वमा समिति चयन भयो । वि.स २०२६ सालमा २५ जिल्लाको उपस्थितिमा तेस्रो राष्ट्रिय सम्मेलन भयो । सम्मेलनले संगठन वामपन्थी, प्रगतिशील, देशभक्त, जनक्रान्ति तथा जनवादी विद्यार्थीहरुको साझा संगठन बन्यो । संगठनले कलम र तारा अंकित झण्डालाई संगठनको झण्डा बनाउने निणर्य गर्‍यो । साथै भारतीय दासहरुलाई विस्तारवादको संज्ञा दिने थालनी गरियो ।

संगठनको तेस्रो राष्ट्रिय सम्मेलनले  विधान प्रतिवेदनसहित पास गर्दै  गोविन्द श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन  गर्यो । वि.सं. २०२६ सालबाट सुस्ताको विरोध गर्न नचाहने, नसक्ने  काङ्ग्रेस समर्थक  विद्यार्थीहरु  संगठनबाट अलग हुने निर्णयमा पुगे  । तत्पश्चात वि.सं. २०२७ सालमा राष्ट्रियताको मामिलामा अलगिएर ने.वि. संघ गठन भयो । त्यसपश्चात् नेपाल विद्यार्थी आन्दोलन अलिकति व्याक भयो । वि.सं. २०२८ सालमा देशको पुर्वी क्षेत्र नक्सलवादी आन्दोलन स्वरुप प्रभाव स्वरुप वर्ग सत्रु सफाया नामको चर्चित झापा बिद्रोह सञ्चालन भैरहेको थियो । साथै बुर्जुवा  शिक्षाका नाममा सर्टिफिकेट  च्यात्ने र जलाउने कामहरु भैरहेका थिए । वि.सं. २०२९ असार-  ३ मा पाटनमा ४२ जिल्लाको प्रतिनिधित्वमा अनेरास्ववियुको प्रतिनिधित्वमा चौथो राष्ट्रिय सम्मेलन भएको थियो । सम्मेलनले मुकुन्द बहादुर श्रेष्ठको नेतृत्वमा केन्द्रिय समिति निर्माण गर्‍यो । (झापा विद्रोह क्रान्तिकारी विद्रोह ने थियो) यो समयमा नयाँ शिक्षाको योजना सिक्किम भारतमा गाभ्ने निर्णय विरुद्ध विद्यार्थी आन्दोलन व्यापक रुपमा सम्पन्न भएको  थियो । वि.सं. २०२९ सालमा (भदौ-  असोज)मा भएको आन्दोलनका क्रममा धनुषाको गदुकुवा स्कुलमा अध्ययनरत कमिश्व  मण्डल र कुशेश्वर मण्डललाई पञ्चायती शासकले हत्या गरे । सिक्किमलाई भारतमा गाभ्ने निर्णय विरुद्ध नेपालमा २ महिनै शैक्षिक हडताल हुनुले प्रभाव निकै ठुलो मानिन्छ । वि.सं. २०३३ साल जेठ ९ गते भारतको अध्यिमा ३१ जिल्लाको उपस्थितिमा “पाचौं” राष्ट्रिय सम्मेलन भयो । सम्मेलनले निरञ्जन चापागाईंको अध्यक्षतामा केन्द्रिय समिति गठन गर्यो । वि.सं. २०३२ सालमा विद्यार्थी आन्दोलनमा तीब्र दमन थियोे । राजनीतिक  दलहरु  प्रतिबन्धित अवस्थामा थिए ।  त्यो अवस्थामा विद्यार्थी मोर्चाले  माइकको रुपमा  संघर्ष गरिरहेका थियो । त्यति बेला झापा विद्रोह मालेमा बिजातीय  तत्वहरुको व्यापक दमन थियो । वि.सं. २०३६ सालको विद्यार्थीको चर्चित आन्दोलनले मण्डलेहरुलाई एक हदसम्म झुकाउन सफल भयो ।(निरङकुस पञ्चायती शासकहरुलाई आन्दोलनले ब्रेक गर्ने काम भयो ।  अन्तत: सुधारिएको पञ्चायत कि  बहुदल भन्नेमा  जनमत संग्रह हुन पुग्यो । 

वि.सं. २०३६ सालमा भाद्र २१ गते  ललितपुरमा अनेरास्ववियुको छैठौं राष्ट्रिय सम्मेलन भएको थियो । जसमा  ५७ जिल्लाको सहभागिता भएको थियो । वि.सं. २०३७ सालमा अनेरास्ववियुले चैत्र  २५ गते नेपाल बन्द गरि पञ्चायत विरुद्ध ठुलो संघर्ष गर्यो ।  वि.सं. २०३८ सालमा (चैत्र १९, २०,२१)  गते  काठमाडौंमा सातौं राष्ट्रिय सम्मेलनले लिलामणि पोख्रेलको अध्यक्षतामा नेतृत्व गठन भयो ।  जसमा ६८ जिल्लाको सहभागिता थियो । सातौं राष्ट्रिय सम्मेलनपछि तिब्र विवादको कारणले अन्तत: – फुटमा विभाजित भयो । 

विवाद पछि वि.सं. २०४० सालमा ८ औँ राष्ट्रिय सम्मेलन गरि देव गुरुङको अध्यक्षतामा नेतृत्व गठन भयो । अर्कोतिर २०४१ सालमा गिरिराजमणि पोख्रेललाई ८ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष चुनियो । वि.सं. २०४३ सालमा ९ औ राष्ट्रिय सम्मेलन सम्पन्न भयो।  सम्मेलनले रमन श्रेष्ठको अध्यक्षतामा केन्द्रिय समिति निर्माण गर्यो ।वि.सं. २०४४ सालमा १० औँ राष्ट्रिय सम्मेलन गरि भानु शर्मालाई केन्द्रिय अध्यक्षमा चयन गरियो र अर्कोतिर अखिल छैठौं तर्फबाट टोप बहादुर रायमाझीलाई केन्द्रिय अध्यक्षमा निर्वाचित गरेको थियो ।

यसैका बिचमा क्रियासिल रहेका विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संगठनले २०३९ सालमा प्रथम राष्ट्रिय सम्मेलन गरि ने.क्रा.वि संगठन नाम राख्यो । २०४० मा दोस्रो, २०४१ मा तेस्रो, २०४५ मा चौथो र २०४६ मा पाँचौ सिपि दन्तको नेतृत्वमा छैठौं राष्ट्रिय सम्मेलन सम्पन्न गरेको थियो।  वि.सं. २०४५ सालदेखि अनेरास्ववियु र अखिल छैठौं बिच  कोर्डिनेसन कमिटी बनाउने सहकार्य गरियो । क्रमश:  क्रियासिल संगठनहरु राजावादी, स्वतन्त्र विद्यार्थी युनियन, ने.वि. संघ त्यति बेलामा प्रतिक्रियावादी, प्रगतिनिधि/नेपाल विद्यार्थी संघ ने.प्र.वि.यु,ने.क्रा.वि संगठनहरुले अनेरास्ववियु (जनवादी) ने.रा.वि.फे जस्ताले प्रगतिशील पक्षपोषण गरिरहेका थिए । 

 वि.सं. २०४६ साल पछिको विद्यार्थी आन्दोलन 

वि.सं. २०४५ चैत्र १० गते भारतीय विस्तारवादले पारवहन सन्धीको निहु बनाएर आर्थिक नाकाबन्दी गर्‍यो । कोर्डिनेसन कमिटीको नेतृत्वमा उक्त नाकाबन्दी विरुद्ध आन्दोलन सञ्चालन भयो । निरङ्कुस पञ्चायती शासन विरुद्ध आन्दोलन सम्पन्न भयो। वि.सं.२०४६ साल चैत्रमा ऎतिहासिक विद्रोह भयो । वि.सं. २०४८ साल भदौ १५ गते अखिल छैठौं र अनेरास्ववियु बिच एकता भयो । एकतामा पाँच संगठन मिलेर वि.सं. २०४८ फागुन (२२-२९ ) सम्म काठमाडौमा ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसलाई संगठनले १२ औँ राष्ट्रिय सम्मेलन मान्यो । वि.सं. २०४७ साल पुस २९ गते अखिलका दुई संगठन अनेरास्ववियु र नेपाल क्रान्तिकारी विद्यार्थी संगठन बिच एकता सम्पन्न भै नाम अनेरास्ववियु नै राख्ने निर्णय गर्यो ।  वि. सं. २०५० सालमा हेटौंडामा सम्पन्न  भेलाले सार- अनुसारको रुप निर्माण गर्ने संगठनको नाम पछाडि (क्रान्तिकारी) पदावली राख्ने निर्णय  गर्यो ।  शैक्षिक समस्या लगाएत राष्ट्रिय खालका मागसहित सुझावका रूपमा संघर्षहरु संचालन गर्ने निर्णय गर्यो । वि. सं. २०५२ साल बैशाखमा १३ औ राष्ट्रिय सम्मेलनले  कृष्णधोज खड्काको अध्यक्षयतामा नयाँ कार्य समिति चयन गरेको थियो । जनयुद्धको प्रारम्भ र अनेरास्ववियु (क्रान्तिकारी) नेपाली जनतालाई सामन्तवाद, साम्राज्यवाद र  विस्तारवादको शोषण उत्पीडनबाट वास्तविक मुक्ति दिलाउन र नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नका लागि २०५२ फागुन १ गते समाजको विकासको गतिलाई क्रमभंग गर्दै नयाँ युग  उद्घोषण र नयाँ अध्यायको थालनी भएको थियो । त्यो दिन परिवर्तनकारी विद्यार्थीहरुका लागि गौरवको दिन थियो र मानिन्छ ।  झापा विद्रोहको अगाडि निर्माण भएको अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबिच एकता पछि वि.सं.  २०५८ सालमा असोजमा एकताको १५ औ राष्ट्रिय सम्मेलन विराटनगरमा सम्पन्न  भयो । ने.क.पा. मालेबाट विद्रोह गरि आएको विद्यार्थी समूह पनि एकतामा सम्मेलनमा सहभागी थियो । वि.सं. २०६० साल असारमा काठमाडौंमा सम्पन्न १६ औं राष्ट्रिय सम्मेलन सम्पन्न भयो। सम्मेलनले लेखनाथ न्यौपानेलाई अध्यक्षमा निर्वाचित गर्यो । वि.सं. साल २०५१ को फुटपछि संघर्षमा होमिएको विभाजित मध्य एक अखिल  क्रान्तिकारीको इतिहास को सन्दर्भमा वि.सं. २०५२ सालमा चितवनमा भएको भेलाले डी. आर पौडेलको नेतृत्वमा  १३ औं राष्ट्रिय सम्मेलन आयोजक समितिको  सम्मेलनले डाचाराग वाग्लेलाई अध्यक्ष निर्वाचित गर्यो ।  वि.सं. २०५६ सालमा फागुन १७ मा भएको १४ औं राष्ट्रिय सम्मेलनले  प्रकाश पोख्रेलको नेतृत्वमा केन्द्रिय समिति निर्माण गर्यो । वि.सं. २०५९ साल असोजमा अखिल (क्रान्तिकारी) र अखिल छैठौं बिच एकता भै कृष्ण अधिकारीलाई अध्यक्षमा निर्वाचित गरियो। संगठनको नाम अनेरास्ववियु (एकिकृत) राख्ने निर्णय गरियो । 

२०६२ / २०६३ साल पछिको विद्यार्थी आन्दोलन
चितवनको नारायणघाटमा अखिलको १५ औ राष्ट्रिय सम्मेलन भएको थियो । संगठनभित्र तिब्र मतभेदका सुरु भएपछि ६२/६३ को आन्दोलन पछि लगत्तै अखिल (एकिकृत) बहुमत पक्षबाट वि.सं. २०६३ साल फागुन ८ गते एकताको १६ औँ राष्ट्रिय सम्मेलन भव्य रुपमा सफल भयो । 

क्रमश: अखिल (क्रान्तिकारी)  र अखिल (एकिकृत) बिच वि.सं. २०६५ सालमा एकता अधिवेशनले संगठनको नाम अखिल (क्रान्तिकारी) राख्दै १७ औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रिय अध्यक्षमा लेखनाथ न्यौपाने चयन गर्यो । वि.सं. २०६३ असोजमा (२-५) गते किर्तिपुरमा भएको  १७ औँ राष्ट्रिय सम्मेलनबाट लेखनाथ न्यौपाने निर्वाचित हुनु भयो । वि.सं. २०६७ मंसिर (२४-२८)  किर्तिपुरमा  एकताको १८ औं सम्मेलनबाट हिमाल शर्माको अध्यक्षमा २०२ सदस्यीय केन्द्रिय समिति निर्वाचित गर्यो ।

क्रमश: १८ औँ सम्मेलनसम्म आइपुग्दा नेराबिफे गणतान्त्रिक विद्यार्थी मञ्च, अखिल छैठौं, अखिल (पाँचौ), अनेरास्ववियु, तराइ मधेस विद्यार्थी फ्रन्ट, ने.वि. संघ र विजय हमालले नेतृत्व गरेको अखिल (एकिकृत) संग एकता भयो । वि.सं. २०६८ (बैशाख – जेठ मसान्त सम्म) केन्द्रिय समिति बैठकसम्म आउदा पार्टी, संगठन भित्र विवाद एक उत्कर्षमा आइपुग्यो । क्रमश: २०६८ मंसिर १३ गतेका दिन तत्कालीन संगठन उपाध्यक्ष शरद रसाइलीको अध्यक्षतामा बैठक बसि संगठन पुनर्गठन गर्ने तयारी गरियो । वि.सं. २०६९ बैशाख १८ गतेका दिन देशभरिका १००० जना प्रतिनिधिहरुको बिचमा राष्ट्रिय भेला भयो । वि.सं. २०६९ असार (२२-२६) गतेसम्म किर्तिपुरको ल्याब्रेटरी स्कुलमा केन्द्रिय समितिको  विस्तारीत बैठक बसी शरद रसाइलीको संयोजकत्वमा १०१ सदस्यीय १९ औँ आयोजक समिति गठन भएको थियो । वि.सं. २०६९  साल असोज (१६-१९) गतेसम्म किर्तिपुरमा १९ औँ राष्ट्रिय सम्मेलन  सम्पन्न भयो । सम्मेलनले  अध्यक्षमा शरद रसाइली निर्वाचित गर्यो । वि.सं. २०७२ साल असोज (१२-१३) सम्म सम्मेलनबाट अध्यक्षतामा पुर्ण बहादुर सिंह निर्वाचित हुनु भयो । वि.सं. २०७४ साल फागुन (२७-३) गतेसम्म दाङमा सम्पन्न २१ औँ सम्मेलनबाट अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित हुनु भयो  ।  वि.सं. २०७८ सालको  असोज (६-१०) सम्म पोखरामा २२ औँ राष्ट्रिय  सम्मेलन सम्पन्न भयो । सम्मेलनबाट प्रकाश शाही  अध्यक्षमा निर्वाचित हुनु भयो ।  वि.सं. २०८० फागुन ६- ९ गतेसम्म काठमाडौँ किर्तिपुरमा अखिल (क्रान्तिकारी ) को २३ औँ राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सम्मेलनबाट संगठनको नाम परिवर्तन गरि अखिल (समाजवादी) राख्ने निर्णय गरियो  । ऐतिहासिक सम्मेलनबाट नरेन्द्र सीको नेतृत्वमा १८१ सदस्यीय केन्द्रिय समिति निर्वाचित गर्यो । संगठनले रातो पृष्ठमा सेतो कलरमा कलम र तारा अङ्कित झण्डा परिवर्तन गरि रातो पृष्ठमा सुनौलो कलरमा कलम र तारासहित झण्डा बनाउने सहितका  निर्णय गर्यो । 

हाम्रो संगठन निरन्तर शैक्षिक विकृति, विसङ्गति, शैक्षिक आसमानता, शिक्षामा व्यापार, शिक्षामा निजीकरण, माफियाकरणका विरुद्ध निरन्तर सडक  संघर्षमा केन्द्रीत नै छ । अबको विद्यार्थी आन्दोलन नयाँ शिराबाट समाजवादी शिक्षा नीतिका विषयमा नयाँ बहससहित अगाडि बढ्ने छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।