४ जेष्ठ २०८१, शुक्रबार

युवा संगठन नेपालको राष्ट्रिय सम्मेलन: राजनितिक प्रतिवेदनमाथि समुहगत छलफल भोलिदेखि

0

धनगढी: युवा संगठन नेपालको ५ औं राष्ट्रिय सम्मेलनमा प्रस्तुत राजनितिक प्रतिवेदन वाचन सकिएसङ्गै प्रस्तुत प्रतिवेदनमाथि समुहगत छलफलका लागि १५ समुहमा बिभाजन गरिएको छ।
सोमबार बिहान ८ बजेबाट सुरु हुने प्रतिवेदनमाथिको दफावार छलफलका लागि १५ समुह बिभाजन गरिएको संगठनले जनाएको हो ।
संगठनका संयोजक पार्टन सीका अनुसार मेची र जनकपुर, पश्चिम ताम्सालिङ पश्चिम लुम्बिनी पुर्वी लुम्बिनी, पश्चिम नारायणी र पुर्वी नारायणी पश्चिम गण्डक र उत्तर मेचिकोशी सेती, राप्ती,धौलागिरी र पुर्वी ताम्सालिङ मध्य कर्णाली, पुर्वी गण्डक, उपत्यका, दक्षिण कर्णाली र सगरमाथा महाकाली उत्तर कर्णाली, पश्चिम जनकपुर र कोशी गरि १५ समुहमा रहेर प्रतिवेदनमाथी छलफल हुनेछ।
युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनको बन्दसत्र धनगढीमा जारी छ। समूह विभाजनसङ्गै आजको लागि बन्दसत्र स्थगित गरिएको छ। नेपालको पछिल्लो राजनीतिक अवस्था युवाहरुले खेल्नु पर्ने भुमिका,देशमा पर्दै गएको भु-राजनितिक प्रभाव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति संगठनको इतिहास संघगठन निर्माणका चुनौती, स्थापनादेखि आजसम्म संगठनले गरेको राजनितिक योगदान, राष्ट्र राष्ट्रियता र कम्युनिस्ट आन्दोलनमा निभाएको भुमिका, कम्युनिस्ट घटकका भात्री संगठनका सहकार्यको मिलन बिन्दु लगाएतका विषय समेटेर तयार पारिएको ३५ पृष्ठ लामो प्रतिवेदनमा छलफल गर्न देशैभरबाट प्रतिनिधित्व गरेर धनगढी पुगेका युवाहरुमा निकै उत्साह देखिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।