४ जेष्ठ २०८१, शुक्रबार

युवा संगठन नेपालको राष्ट्रिय सम्मेलन: राजनीतिक प्रतिवेदनमाथि छलफल सकियो

0

धनगढी: युवा संगठन नेपालको ५ औं राष्ट्रिय सम्मेलनमा प्रस्तुत राजनितिक प्रतिवेदनमाथिको समुहगत छलफल सकिएको छ।
सोमबार बिहान सुरु भएको प्रतिवेदनमाथिको समुहगत छलफल सौहार्दपुर्ण वातावरणमा सकिएको संगठनले जनाएको छ।
५ घन्टासम्म चलेको समुहगत छलफलमा आ-आफ्नो समुहको प्रतिवेदन केन्द्रीत सुझाव, थपघट गर्नुपर्ने बिषयबारे टिपोट गरिएका सुझावलाई केन्द्रित गरेर समुहका लिडरहरुले एकीकृत रिपोर्ट गर्ने कार्यक्रम रहेको संगठनका संयोजक पाटन सीले बताएका छन् । संयोजक पार्टन सीका अनुसार आइतबार बिभाजित १५ समुहका कमान्डरहरुले आ-आफ्नो क्षेत्रबाट प्रतिवेदनप्रति उठेका प्रश्न र सुझावलाई केन्द्रीकृत गरेर रिपोर्ट गर्नेछन् समुहगत रिपोर्ट सकिएपछि सुझाव तथा प्रश्नहरुलाई क्लियर गर्ने कार्यक्रम रहेको छ।
युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनको बन्दसत्र धनगढीमा जारी छ।
सम्मेलनको रिपोर्टिङ सत्रलाई कसरी व्यवस्थित बनाउने, प्रतिवेदनमाथि सुझाव राख्न समय निर्धारण कति गर्ने भन्नेबारे छलफल गर्न अहिले नेकपाकी स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज सिलु सी सहित आयोजक समितिको बैठक बसिरहेको छ।
बैठक सकिए लगतै समुहका कमाण्डरहरुले प्रतिवेदन केन्द्रित आफ्नो सुझाव प्रस्तुतलाई निरन्तरत दिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार बन्दसत्रलाई नेकपाका महासचिव विप्लव सीले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको बुझिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।