४ जेष्ठ २०८१, शुक्रबार

युवा संगठन नेपालको राष्ट्रिय सम्मेलन: राजनीतिक प्रतिवेदनमाथि समुहगत सुझाव राख्नेक्रम जारी

0

धनगढी: युवा संगठन नेपालको ५ औं राष्ट्रिय सम्मेलनमा प्रस्तुत राजनितिक प्रतिबेदनमाथिको समुहगत सुझाव राख्ने कार्य जारी रहेको छ।
सोमबार बिहान सुरु भएको प्रतिवेदनमाथिको समुहगत छलफल सकिएसङ्गै प्रतिवेदनमाथि ग्रुप कमान्डरहरुले सुझाव पेस गरिरहेको संगठनले जनाएको छ ।
नेकपाका महासचिव विप्लव सीको प्रमुख अतिथ्यता सङ्गै सुरु भएको समुहगत रुपमा प्रस्तुत सुझावलाइ १५ टोली कमाण्डरले लिड गरिरहेका छन् । अहिले २:३० सम्म महाकाली व्युरो अन्तर्गतका जिल्लाहरुको प्रतिनिधित्व गर्दै आकाश सी, पश्चिम लुम्बिनी अन्तर्गतका जिल्लाहरुको प्रतिनिधित्व गर्दै संकर सी, र पश्चिम् लुम्बिनी ब्युरो अन्तर्गतका जिल्ला हरुको प्रतिनिधित्व गर्दै कुमार र पश्चिम् गण्डक र उत्तर मेची ब्युरो अन्तरगतका जिल्लाहरुको प्रतिनिधित्व गर्दौ महेन्द्र सीले समुहगत सुझाव प्रस्तुत गरिसकेका छन् । अहिलेसम्मको सुझाव अनुसार प्रतिवेदनले नेपालको पछिल्लो राजनितिक अवस्था, युवा पलायन युवाहरुमा देखिएको निराशा राष्ट्रिय तथा अन्तरास्ट्रिय परिस्थिती संगठनको दायित्व नेपालमा देखिएको बैदेशिक हस्तक्षेप, भु-राजनितिक प्रभाव लगाएतका बिषय समेटिएकोले यो निकै उत्कृष्ट र समय सापेक्ष रहेको बताउदै यसलाइ थप परिस्कृत गर्दै अगाडि बड्न सके युवा संगठन साच्चै सम्पुर्ण युवाहरुको अभिभावक संगठन बन्न कसैले रोक्न नसक्ने तर्क प्रस्तुत गरेका छन् ।


सुझाव प्रस्तुत गर्न प्रत्यक समुहलाइ १० मिनेटको समय निर्धारण गरिएको छ सोही अनुरुप सुझाव प्रस्तुत भैरहेको छ। जारी बन्दसत्रमा नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको छ भने, अतिथी हरुमा संगठनका फ्याक्सन इन्चार्ज शीलु सी, पोलिट ब्युरो सदस्य तथा सेती ब्युरो इन्चार्ज डवल सी, अडिग सी, आरोह सी, कैलाली जिल्ला इन्चार्ज प्रकाश सी लगाएतको आतिथ्यता रहेको छ।


अहिलेसम्म ५ समुहले सम्मेलनमा प्रस्तुत राजनितिक प्रतिवेदनमाथी सुझाव राखिसकेका छन् ।
सुझाब राख्ने क्रम सकिएसङ्गै बन्दसत्रलाई नेकपाका महासचिव विप्लव सीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।