२५ बैशाख २०८१, मंगलवार

पाँचौ राष्ट्रिय सम्मेलनको बन्दसत्र: राजनीतिक प्रतिवेदनमाथि सुझाव सकियो, आयो संगठनको नाम फेर्नुपर्ने प्रस्ताव

0

धनगढी: युवा संगठन नेपालको ५ औं राष्ट्रिय सम्मेलनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथिको समुहगत सुझाव राख्नेक्रम सकिएको छ ।
सोमबार दिउँसो करिव २ बजेबाट सुरु भएको प्रतिवेदनमाथिको समुहगत सुझाव सकिएको संगठनले जनाएको छ ।
नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा सुरु भएको समुहगत रुपमा प्रस्तुत सुझावलाई १५ टोली कमाण्डरले लिड गरेका थिए ।
जसअन्तर्गत महाकाली व्युरो अन्तर्गतका जिल्लाहरुको प्रतिनिधित्व गर्दै आकाश सी, पश्चिम लुम्बिनी अन्तर्गतका जिल्लाहरुको प्रतिनिधित्व गर्दै संकर सी र पश्चिम् लुम्बिनी ब्युरो अन्तर्गतका जिल्लाहरुको प्रतिनिधित्व गर्दै कुमार र पश्चिम गण्डक र उत्तर मेची ब्युरो अन्तरगतका जिल्लाहरुको प्रतिनिधित्व गर्दौ महेन्द्र सी, सेती ब्युरो अन्तरगतका जिल्लाहरुको प्रतिनिधित्व गर्दै कुमार सी पश्चिम् गण्डक र उत्तर मेचि ब्युरो अन्तरगतका जिल्लाहरुको प्रतिनिधित्व गर्दै आकाश सी, कोशी ब्युरो अन्तर्गतका जिल्लाहरुको प्रतिनिधित्व गर्दै महेन्द्र सी, मध्य कर्णाली अन्तरगतका जिल्लाहरुको प्रतिनिधित्व गर्दै लोकराज सी, उत्तर कर्णाली र पश्चिम् जनकपुर ब्युरो अन्तर्गतका जिल्लाहरुको प्रतिनिधित्व गर्दै जनक सी, उपत्यका ब्युरोको प्रतिनिधित्व गर्दै कैलाश सी, मेची र पूर्व जनकपुर ब्युरोबाट मुकेश सी, पुर्वी नारायणी र पश्चिम् नारायणीबाट डायमण्ड सी, पश्चिम ताम्सालिङबाट जीवन सी, पुर्वी लुम्बिनीको तर्फबाट नन्दु सी, धौलागिरी र पुर्वी ताम्सालिङ अन्तरगतका जिल्लाहरुको प्रतिनिधित्व गर्दै देव सी, दक्षिण कर्णाली र सगरमाथा ब्युरो अन्तरगरका जिल्लाहरुको प्रतिनिधित्व गर्दै नरेश सी, पुर्वी गण्डक अन्तरगतका जिल्लाहरुको प्रतिनिधित्व गर्दै रण सी, मेची र पुर्वी जनकपुर अन्तरगतका जिल्लाहरुको प्रतिनिधित्व गर्दै मुकेश सी लगायतका ग्रुप कमाण्डरहरुले प्रतिवेदनमाथि आफ्नो समुहको महत्वपुर्ण सुझाव प्रस्तुत गरेका थिए ।

सुझावका क्रममा सुमुहका नेताहरुले प्रतिवेदनले नेपालको पछिल्लो राजनीतिक अवस्था, युवा पलायन युवाहरुमा देखिएको निराशा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति संगठनको दायित्व नेपालमा देखिएको वैदेशिक हस्तक्षेप, भू-राजनीतिक प्रभाव लगाएतका विषय समेटिएकोले यो निकै उत्कृष्ट र समय सापेक्ष रहेको बताउदै यसलाई थप परिस्कृत गर्दै अगाडि बढ्न सके युवा संगठन साच्चै सम्पूर्ण युवाहरुको अभिभावक संगठन बन्न कसैले रोक्न नसक्ने तर्क प्रस्तुत गरेका थिए ।
आफ्नो सुझाव प्रस्तुत गर्दै ग्रुप लिडरहरुले समग्र पार्टीले नेपाली विशेषताको समाजवादको बाटोमा अन्य कम्युनिस्ट घटकहरुसङ्ग मोर्चाबन्दी गरेर समाजवादी मोर्चाको नेतृत्व गरिरहेको वर्तमान परिपेक्षमा संगठनको नाम परिवर्तन गरेर समाजवादी युवा संगठन राख्नुपर्ने सुझाव दिएका छन् ।
सुझाव प्रस्तुत गर्न प्रत्येक समुहलाई १० मिनेटको समय निर्धारण गरिएको थियो । सोही अनुरुप सुझाव प्रस्तुत भएको थियो ।


जारी बन्दसत्रमा नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको छ भने, अतिथिहरुमा संगठनका फ्याक्सन इन्चार्ज शिलु सी, पोलिट ब्युरो सदस्य तथा सेती ब्युरो इन्चार्ज डबल सी, अडिग सी, आरोह सी, कैलाली जिल्ला इन्चार्ज प्रकाश सी लगाएतको आतिथ्यता रहेको छ ।
सुझाव राख्ने क्रम सकिएसङ्गै अबको केहीबेरमा बन्दसत्रमा पेश भएको सुझाव तथा प्रश्नहरुलाई युवा संगठनका निवर्तमान अध्यक्ष पाटन सीले स्पष्टीकरण दिने कार्यक्रम रहेको छ ।
यसअघि नेकपाका महासचिव विप्लवले प्रशिक्षणात्मक मन्तव्य राख्ने कार्यक्रम तय भएतापनि प्रस्तुत सुझावमाथि स्पष्टीकरण दिनुपर्ने भएकाले समय अभावका कारण भोलि मात्र विप्लवले सम्बोधन गर्ने नेकपाकी स्थायी समिति सदस्य तथा संगठनको फ्याक्सन इन्जार्ज सीलु सीले बताएकी छन् ।
साम्राज्यवादी हस्तक्षेप भारतिय साशकहरुले नेपालको सिमानामा गरेको अतिक्रमण, नेपाली नागरिकहरुमाथि गरिएको ज्यादती विरुद्ध लगातार संघर्ष गर्दै आएको युवा संगठनको पाँचौ राष्ट्रिय सम्मेलन भारतिय सिमा नाकामा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।