२२ बैशाख २०८१, शनिबार

अहिलेकाे आर्थिक-राजनीतिक संकटबाट क्रस गर्न समाजवाद चाहिएको छ : अनिल सी

0

काठमाडौं: नेकपा स्थायी समिति सदस्य तथा जनपत्रकार संगठन नेपालका फ्याक्सन इन्चार्ज अनिल सीले अहिलेकाे आर्थिक-राजनीतिक संकटबाट क्रस गर्नको लागि समाजवाद चाहिएको बताएका छन् ।
आइतबार काठमाडौंमा जनपत्रकार संगठन नेपालद्वारा आयाेजित नयाँ वर्ष २०८१ काे शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि अनिल सीले भने, ‘सबैलाई चाहिएको समाजवाद भएकोले कांग्रेसभित्र विपीकाे समाजवादको छलफल हुनुपर्याे, कम्युनिस्टहरूभित्र पनि समाजवादको छलफल हुनुपर्याे । अहिलेकाे आर्थिक-राजनीतिक संकटबाट क्रस गर्नको लागि तत्काल साेचेनाैँ भने यो विषय हल हुन सक्दैन । समाजमा आर्थिक-राजनीतिक कुरा अगाडि बढाउनका लागि हामीले नेपाली विशेषताकाे समाजवाद अगाडि सारेका छाैँ ।’

संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले अध्यक्षता गरेको कार्यक्रममा स्वागत मन्तव्य संगठनका उपाध्यक्ष जानकी चाैधरी र सञ्चालन संगठनका सचिवालय सदस्य शाेभराज बरालले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।