२३ बैशाख २०८१, आईतवार

कालिकोटको गोठी गाँउमा राष्ट्रिय प्रशासन लाईन पुगेपछि स्थानीयबासी खुसी

0

कालिकोट । जिल्लाको सहिद स्मृति गाउँपालिकाको गोठीगाउँमा राष्ट्रिय प्रशारण लाईनको विधुत बलेपछि स्थानीयवासी खुसी भएका छन ।
नेपाल विधुत प्राधिकरणको राष्ट्रिय प्रशारण लाई वडा नम्वर ४ को गोठी गाउँमा पुगेपछि स्थानीयवासीहरु खुसी भएका हुन । सोमवार एक कार्यक्रमका बिच विधुत प्रशारणलाईनको उद्घाटन गरिएको छ ।

गाउँमा बत्ति पुर्याउन स्थानीय जनताले श्रमदान गरेर विद्युतीय उपकरण गाउँपालिकाको वडा नं ३ को डाडामाडुबाट ढुवानी गरेका हुन ।

गोठी गाउँका युवा नेता तथा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य जीवन विश्वकर्मा र एमाले नेता लालबहादुर बुढाको अगुवाईमा सो काम भएको बताईएको छ ।

उद्घाटन कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रका प्रमुख हरेन्द्रराय यादवले औपचारिक रूपमा बत्ति बालेर उद्घाटन गर्दै पहल गर्ने र श्रमदान गर्नेहरुलाई धन्यवाद दिए ।

अझैपनि स्थानीय,प्रदेश र संघीय सरकार क्रियाशिल भएकोबेला गाउँमा बत्ति पुर्याउनका लागि कालिकोटे जनताले श्रमदान गर्नुपर्ने बाध्यता छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।