२१ बैशाख २०८१, शुक्रबार

अ.ने.म. संघ क्रान्तिकारीको चन्द्रागिरी नगरको भेला सम्पन्न अध्यक्षमा अनिता धलान

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको चन्द्रागिरी नगर भेला सम्पन्न भएको छ । आइतबार भएको भेलाले अनिता धलानको नेतृत्वमा १३ सदस्यीय नगर समिति निर्वाचित गरेको छ ।

भेलामा नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि समिति सदस्य तथा काठमाडौं ३ नम्बर जिल्ला इन्चार्ज डि आर सीले प्रमुख अतिथिको आसनबाट बोल्दै दलाल संसदीय व्यवस्थामा महिलाहरुको मुक्ति नहुने त्यसका लागि नेपाली विशेषताको समाजवाद जरुरी भएको बताएका छन् । उनले लघुवित्त, मिटरब्याजीहरुले दिएका विभिन्न दुःखमा परेका मान्छेहरुको पक्षमा बोल्ने एक मात्र पार्टी नेकपा रहेकाे दाबी गरेका छन् । बैंक, वित्तीय संस्था र मिटरब्याजी विरुद्ध आफ्नो पार्टीले निरन्तर सङ्घर्ष गरिरहेको र त्यसमा सबै महिलालाई साथ दिन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।