१८ बैशाख २०८१, मंगलवार

समाजवादी मोर्चा र अबको राजनीतिक निकास

0

          सुरेन्द्र सी

 

नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्य र लक्ष्यसहित निर्माण भएको समाजवादी मोर्चा आजको दिनसम्म आउँदा १५० औँ दिन पार गरेर अगाडि बढ्दै आइरहेको छ । समाजवादी मोर्चा निर्माणपछि मोर्चाको घोषित नीति अनुसार ७ वटै प्रदेशमा प्रदेश सन्देश सभा सम्पन्न भइसकेको अवस्था छ भने संगठनिक संरचना केन्द्र प्रदेश हुँदै जिल्ला तहसम्म निर्माण गर्ने प्रकृया अगाडि बढी सकेको छ । समाजवादी मोर्चा निर्माण पश्चात आम, जनता, बुद्धिजीवि, गणतन्त्रवादी शक्ति र अझ भनौ लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सरिक भएर आउँदै गरेका आम कार्यकर्ताहरुमा एउटा छुट्टैखालको तरङ्ग पैदा गर्नुका साथै देश र जनताको चिन्तन मनन गर्ने आम जनमानसमा एउटा नयाँ खालको रक्तसंचार पैदा भएको आभाष र अनुभूति गरेको पाइन्छ ।
समाजवादी मोर्चाको नीति योजना कार्यक्रम अगाडि बढी सकेपछि आम जनमानसमा आजको विद्यमान राजनीतिक संकटको निकास यहि मोर्चाबाट संभव बन्छ भन्ने आसा, विश्वास जागेको देखिन्थ्यो भने सत्तासिन केहि मुठ्ठिभर दलाल पुजिपति वर्गका रक्षक र मतियारहरुमा भने छुट्टै खालको नकारात्मक तरङ्ग पैदा गरेको आभाष मिलेको थियो । उनीहरुले जनतामा विभिन्न खालको नकारात्मक भ्रम सिर्जना गर्ने र समाजवादी मोर्चालाई अगाडि बढ्नबाट रोक्ने भरमगदुर प्रयास नगरेका भने होइनन् । यद्यपी समाजवादी मोर्चा प्रति आफुलाई प्रखर क्रान्तिकारी भन्न रुचाउने व्यवहारमा सिन्को नभाच्ने कम्युनिष्ट शक्तिहरुबाट बढि मात्रामा होहल्ला नकारात्मक टिकाटिप्पणी फिँजाइएको अवस्था रहेको छ । समाजवादी मोर्चाप्रति आ–आफ्नो सकारात्मक सोच, दृष्टिकोण र धारणा अभिव्यक्त गर्ने छुट सबै कम्युनिष्ट पार्टीहरु र देशभक्त बुद्धिजीविहरुलाई छ तर तिललाई पहाड बनाएर छुट्टै नभएर विशाल हल्ला नलाएर बन्न लागेको चिजलाई ध्वंस गर्ने तरिकाले नकारात्मक टिकाटिप्पणी गर्ने छुट कसैलाई छैन र यस्तो खालको बाँदरे प्रवृतिले कसैलाई फाइदा पु¥याउँदैन । समाजवादी मोर्चा र त्यसमा संलग्न ४ दल त्यसमा पनि बढि मात्रामा नेपाल कम्युनिष्ट पार्टी माथी विषाक्त विष बमन गर्ने शक्ति अरु कोही नभएर आफुलाई यो मुलुकको खाँटी क्रान्तिकारी शक्ति भन्न रुचाउने, यो देशको राजनीतिक संकटलाई हामी भन्दा अरुले चिन्न सक्दैन भन्ने सोच राख्ने, अधिभुतवादी र सङ्किर्ण सोँच राख्ने र आफुलाई सच्चा कम्युनिष्टको क्रान्तिकारीको बिल्ला भिराउन चाहनेहरु नै बढि देखिन्छ ।
१) बजारमा चलाइएको एउटा हल्ला मध्ये पहिलो हल्ला कि भने अब विप्लव पनि क्रान्तिकारी रहेन । दलाल संसदिय व्यवस्थाका मतियारहरुसँग साँठगाँठ गरेर अर्थात मोर्चा कसेर समाजवादी व्यवस्थाको परिकल्पना गर्न सकिँदैन बरु यो एउटा चुनावी मोर्चा हो । आउँदो चुनावलाई मध्ये भागमा राखेर समाजवादी मोर्चा निर्माण भएको हो । अर्को उद्देश्य भनेको माओवादी केन्द्रसँग एकता गर्ने माध्यमबाट प्रेरित भएर समाजवादी मोर्चा निर्माण भएको र एकता पश्चात आफु महासचिव बन्ने उद्देश्य राखेर प्रचण्डसहितको समाजवादी मोर्चा निर्माण भएको हो भन्ने तथाकथित विषाक्त धारणा बजारमा फिँजाइएको छ ।
२) प्रचण्डले आफ्नो सत्ता र सरकार टिकाउन बदनियत पूर्ण ढंगले विप्लवलाई प्रयोग गरेको र विप्लव पनि प्रचण्डको आश्वासनमा प्रचण्ड नजिक बन्दै गए की भन्ने आरोपहरु लगाउँदै आइरहेका छन् ।
३) मिसन ८४ की हल्ला बजारमा निकै जोडताेडले चलेको पाइन्छ । उनीहरुको भनाई अनुसार विप्लवले पनि क्रान्ति छोड्यो र प्रचण्डको पनि पार्टी कमजोर बन्दै गएकोले एकता गरेर विप्लवलाई अगाडि सारेर आगामी चुनावमा उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ भन्ने उद्देश्यसहित समाजवादी मोर्चा बनेको भन्ने तथाकथित मनोगत आरोपहरु बजारमा फिँजाइएको अवस्था छ । आखिर यो पनि दलालहरुकै मोर्चा हो भन्ने अति तुच्छ र निकृष्ट खालको हल्ला बजारमा व्याप्त बनाएको छ ।
४) प्रचण्डको सरकार ढलेपछि बन्ने संसदवादी गठबन्धन सरकारले प्रचण्डलाई जसरी पनि होस पु¥याउँछ । त्यसकारण आफ्नो शक्ति मजबुत बनाउन विप्लवलाई आफ्नो रक्षाकवच बनाएर समाजवादी मोर्चा निर्माण भएको भन्ने भनाईहरु पनि फिचाइएको छ ।
५) संसदवादी दलालहरुसँग सहकार्य गरेर समाजवादी मोर्चा निर्माण गरेतापनि समाजवादी मात्रा तय हुन सक्दैन । समाजवाद ल्याउन सकिदैन । यो दलाल संसदिय व्यवस्थालाई मजबुत ढंगले टिकाउने अर्को एउटा अस्त्रको रुपमा समाजवादी मोर्चा निर्माण भएको हो भन्ने हल्ला फिँजाइएको छ । यिनै चर्चा–परिचर्चा र टिकाटिप्पणीले समाजवादी मोर्चाप्रति विष वमन गरिरहेको अवस्था छ । यद्यपी समाजवादी मोर्चाप्रति नेपाल कम्युनिष्ट पार्टीले आफ्नो विचार, दृष्टिकोण, बुझाई आमजनमानसमा प्रष्ट पार्दै आइरहेको पनि छ ।
पहिलो पुरानो संसदवादी दलहरुलाई बितेका पुरानै सोच, विचार र दृष्टिकोणबाट बुझ्ने र हेर्ने हो भने आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरणसहितको नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापनार्थ निर्मित समाजवादी मोर्चा निर्माण संभावना छैन । किनभने मुलुकको संविधानले र सरकारले दलाल पुजिवादीहरुकै प्रतिनिधित्व गर्दै अगाडि बढिरहेको पक्कै हो । यो पनि हो की सरकार पनि दलाल पुँजिवादी चरित्रकै छ । यद्यपी यो पनि हो कि समय र परिस्थिति फरक ढंगले अगाडि आइरेहको छ । बद्लिदो समय र परिस्थितिलाई ठोस विश्लेषण गरि अगाडि बढ्न र सहकार्य, एकता, संयुक्त मोर्चा, समाजवादी मोर्चा निर्माण गरेर अगाडि बढ्न सकेन भने अबको परिस्थिति, क्रान्तिकारी शक्ति परिवर्तनकारी शक्ति, बुद्धिजीवि, गणतन्त्रवादी र देशभक्तहरुको लागि जटिल परिस्थिति सृजना हुवदै गइरहेको नेपाल कम्युनिष्ट पार्टीको ठोस विश्लेषण रहेको छ । यो विशिष्ट परिस्थिति जानकारी हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले गर्दै आइरहेको पनि छ । यसै सन्दर्भमा महान सर्वहारा वर्गका पिता, दार्शनिक, वैज्ञानिक कार्ल माक्र्सको …… भनाईलाई उद्धृत गर्दा अझ आजको परिस्थितिलाई विशिष्ट ढंगले मर्मबोध गर्न सकिन्छ भन्नेमा सहमत छैन ।
यथार्थमा व्यवहारिक भौतिकवादी तथा कम्युनिष्टका लागि वर्तमान विश्वलाई क्रान्तिकरण गर्ने, विद्यमान परिस्थितिमाथि व्यवहारिक रुपले प्रहार गर्ने र यसलाई बदल्ने प्रश्न हो ।
दोस्रो यसर्थ देश जनताको चिन्तन मनन गर्नेहरु कोही छरिएर रहेको देशभक्त बुद्धिजीवि, गणतन्त्रवादी, कम्युनिष्ट क्रान्तिकारी शाक्तिहरु एउटै मोर्चामा गोलबन्द नहुने हो भने नेपाली विशेषताको समाजवादीको परिकल्पना गर्न सकिदैन । समय र परिस्थितिलाई बुझेर एउटै धारणा एउटै दृष्टिकोण एउटै विचार निर्माण गरेर अगाडि बढ्न सक्दा मात्र नेपाली विशेषताको समाजवादको परिकल्पना गर्न सकिन्छ र संम्भव हुन्छ भन्ने नेपाल कम्युनिष्ट पार्टीको दृष्टिकोण रहिआएको छ । परिवर्तनकामी शक्तिले समाजवादी मोर्चामार्फत आगामी देश र जनताकाे रक्षा, चाहना, संवृद्धिको लागि नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापना गर्ने प्रणसहित ढोका खोल्न सकिन्छ भन्ने उच्च मनोबलसहित अगाडि बढ्न सकेमा समाजवादी मोर्चाको रक्षा र विकास हुन सक्छ भन्नेमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीको स्पष्ट धारणा रहिआएको छ । विशेषत: एकिकृत जनक्रान्तिको संश्लेषण गरेदेखि नै खासगरी दृश सन्दर्भहरु तपाई हाम्रो सामु जगजाहेर छ । पहिलो सन्दर्भको सवालमा अन्तर राष्ट्रिय सन्दर्भमा तत्कालिन सोमियत संघमा अर्थात ….. र स्टालिनको देश रक्षामा समाजवादले खाएको धक्का र दोस्रो नेपालको सन्दर्भमा दश वर्षे जनयुद्धका नायक प्रचण्ड र बाबुरामको खासगरी विस्तृत शान्ति सम्झौतापछि राजनैतिक वैचारिक स्खलनपछि महापतन नबोदिशामा अगाडि बढेपछि ओरालो लागिरहेको राजनीतिक यात्रा, स्खलित विचारद्वारा सन्चालित दलाल संसदिय लोकतान्त्रिक व्यवस्थामा गोलचक्कर मार्दामार्दै महापतनको दिशातिर उन्मुख भएपछि सच्चा क्रान्तिकारी पार्टी र क्रान्तिकारी योद्धाहरुको माथिङ्गलमा घर गरेको निराशा, आम परिवर्तनकामी जनतामा मर्दै गएकाे आशा र टुट्दै गएको भरोसाका कारण वर्तमान परिस्थितिमा क्रान्तिकारी आन्दोलनले तिव्र गति पकड्न नसकेको पक्कै हो । नेपाल कम्युनिष्ट पार्टीले नेपाली धर्तिमा र विदेशी भूमिमा भएका कम्युनिष्ट आन्दोलनहरुको जरैदेखि व्याख्या विश्लेषण गरेर आत्मैदेखि समिक्षा गरेर एकिकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने परिकल्पनाको निष्कर्षसहित एकिकृत जनक्रान्तिको यात्रा तय गरेको हो । विगतको कम्युनिष्ट आन्दोलनबाट शिक्षा लिएर गम्भिर आत्मसमिक्षा गरेर, विगतको कम्युनिष्ट आन्दोलनको जानअन्जान थोपारिएको दुष्परिणामलाई मिल्काएर आम बृद्धिजीवि, गणतन्त्रवादी परिवर्तनकामी शक्ति छरिएर मौहारिएर अगाडि बढ्दै गरेका आम क्रान्तिकारी शक्तिहरु विगतको गोलचक्करबाट माथि उठेर, आज परिवर्तनकामी जनतालाई विश्वास, आशा र भरोसा दिलाएर माग अबको नेपाली विशेषताको समाजवाद स्थापनाको यात्रा तय हुन सक्छ भन्ने हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टीको स्पष्ट धारणा रहेको छ । यसै सन्दर्भमा जोडेर हाम्रो पार्टीले विकास गरेको एकिकृत जनक्रान्तिको कार्यदिशाको मर्मबाेध गर्ने हो भने ठिक यहि परिस्थिति र समयमा लेनिनको सारगर्मित भनाईलाई उद्धत गर्दा अझ सान्दर्भिक हुन्छ जस्तो लाग्छ । पढौँ उहाँको सारगरर्मित भनाई जस्ताको तेस्तै ‘साँचै भन्ने हो भने माक्र्सवाद कुनै जीवनहीन जडसुत्र हैन न त परिपूर्ण बनिबनाउ, अपरिवर्तनीय सिद्धान्त, बरु यो कार्यमा जीवन्त पथप्रदर्शन हो जसमा सामाजिक जीवनका अवस्थाहरुको आश्चार्यजनक रुपले अनपेक्षित परिवर्तन प्रतिविम्वित हुन्छ ।
तेस्रो राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा भूमण्डलिकृत साम्राज्यवाद र वैज्ञानिक समाजवाद साम्यवादको बिचको संघर्ष अति जोखिमपूर्ण र पेचिलो बन्दै गइरहेको छ । मालेमावादको आलोकमा सच्चा क्रान्तिकारी पार्टीले चलाएको संघर्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय दलाल शाक्तिहरुको घुसपैठका कारण मालेमा बढि सिद्धान्त दिशाविहिन बन्न पुगेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीले टुटेको कम्युनिष्ट आन्दोलनको कडीलाई नेपाल धर्तिमा र अन्तर्राष्ट्रिय जगतमा एकिकृत जनक्रान्तिमार्फत दिशानिर्देश गरेको दाबी गर्न सकिन्छ । यस मानेमा वर्तमान अवस्थामा मालेमावादको गहिरो अध्ययन, प्रयोग, रक्षा र विकास गर्ने गहण जिम्मेवारी कम्युनिष्ट क्रान्तिकारी शाक्तिको काँधमा आएको प्रष्ट छ भन्ने धारणा स्पष्ट व्याख्या विश्लेषणसहित नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापना भइ सबै क्रान्तिकारी शक्तिलाई गोलबन्द हुन आह्वान गर्दै बढेको छ । यसर्थ आफुलाई क्रान्तिकारी भन्न रुचाउने कुनै पनि पार्टीले अर्थात समाजवादी व्यवस्था स्थापनार्थ समर्पित शक्तिहरुले कुनै पनि शंका गर्ने ठाउँ नेपाल कम्युनिष्ट पार्टीले छोडेको जस्तो लाग्दैन ।
नेपालको सन्दर्भमा कम्युनिष्ट आन्दोलनले दशक पार गर्न लाग्दा पनि आंशिक परिवर्तन मात्र किन भयो किन आफुले परिवर्तन सम्भव भएन ? त्यही आंशिक परिवर्तन ……… उहि पुरानो सोच विचार दृष्टिकोण भएका दलाल शक्तिको मनोमानी स्वच्छचारी ढंगले हालीमुहाली किन बन्न पुग्यो ? अब एकपटक सबै क्रान्तिकारी शक्तिहरुले ठण्डा दिमागले सोच्ने बेला आएन र ? सोचौ एकपटक समय घर्किसकेपछि सोचेको सोच र दृष्टिकोणले कुनै परिणाम हासिल हुन सक्दैन ।
यसर्थ दलाल संसदिय व्यवस्थाका कायम भएर आज देश र जनता माथि गम्भिर संकट आइपरेको छ । देशमा वैदेशिक हस्तक्षेप तिव्र रुपमा बढेको छ । खासमा अमेरिकन साम्राज्यवाद र अमेरिकन साम्राज्यवादद्वारा पालितपोषित दलाल प्रतिक्रियावादी शक्तिहरु कम्युनिष्ट क्रान्तिकारी शक्ति माथी प्रहार गर्न सयौ मोर्चा खोलेर अगाडि बढिरहेको आजको अवस्था हो भने घरेलु कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु क्षेतविक्षेत अवस्थामा छ । यहि अवसरलाई प्रयोग गर्दै दलाल संसदिय व्यवस्थाका मतियारहरुको न्यायप्रेमी जनतामाथि लुट खसाेट, अन्याय, अत्याचार थोपर्न लिप्त रहेको छ । यि, आदि, इत्यादी कारणले जनता आजित छन् । जनताले विकल्प खोजेको यथार्थ सत्य हो ।
जनताले स्पष्ट रुपमा विकल्पको खोजेको अवस्था छ । दंलाल संसदिय व्यवस्थाका कारण देशको फलामरुपी सापनीति गर्माएको अवस्था छ । जनता दलाल संसदिय व्यवस्थामाथि प्रहार गर्न हम्मर उज्याइ रहेको छन् । साँचो अर्थमा जनता दलाल संसदिय व्यवस्थामाथि हम्मर हान्न तयार छन् । तर समाजवादी व्यवस्थाको आकार निकाल्ने जिम्मा लिएका नेतृत्वकर्मीहरु विदुर, विदुर छिन्नभिन्न अवस्थामा रहेको छ । आ–आफ्नो दम्फु बजाउनमा नै व्यस्त छन् । यस्तो नेतृत्वकर्मिहरुको परिस्थितिले जनतालाई मुक्ति दिने कुरा, परिवर्तन दिने कुरा, सम्वृद्धि दिने कुरा र देशको रक्षा र विकास गर्ने कुराको जनताले विश्वास गर्लान् त ? के यि तमाम भनाईहरु कोरा बकवास मात्र सावित हुन्न र ? वास्तविक कुरा यहि हो ।
यसर्थ झिनामसिना कुराको पछि नलागेर व्यक्तिगत स्वार्थका कुरालाई परित्याग गर्न सकेमा मात्र सबै क्रान्तिकारी शाक्ति गोलबन्द हुन सकेमा मात्र नेपाली विशेषताको समाजवादी व्यवस्थाको यात्रा तय गर्न सक्ने र लक्ष्यमा पुग्न सक्ने कुरालाई गम्भिर ढंगले मन्थन गरि हाम्रो बुझाईलाई साझा दृष्टिकोणमा बदल्नु पर्छ भन्ने नेपाल कम्युनिष्ट पार्टीको स्पष्ट धारणा रहेको छ ।
धन्यवाद !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।