१९ बैशाख २०८१, बुधबार

कविता

0

       अनिल सी

 

जङ्गलतिरबाट
सिनो लुछिरेका छन् कुकुरहरु
ठुँडो मिठ्याउँदै
फट्फटाइरहेका छन् गिद्धहरु
दूर्गन्धित छ बगर
चिहान–घारीतिर
भयानक चित्कार सुनिंदैछ ।

दूर्गन्धको वाढी आएको छ
टुकुचा हो कि खहरे ?
भ्रमित छन् मेरा नानीहरु
नदी हो की ढल फुटेको गन्ध ?
भ्रमित छ मेरो आकास
र मेरो छिमेकी मदहरिया
कुइरे भाषा बोल्न थालेको छ
र नाच्न थालेको छ मदहरिया
उता जङ्गलतिरबाट
भ्यानक हुण्डरी आइरहेको छ ।

डबली धूमिल–धूमिल छ
जहाँ गजधुम्म बसेका छन् – लासाल बुढा
टाटस्की र मिस्टर खु्रश्चेभ
डबलीको एउटा धेउमा
जुँगा मुठार्दैछन् – डाँगे भैया
जसले चारुको हत्या गर्न
बन्दुक बाँडेको थियो
र आगो झोसेको थियो –
माउ काकाका ‘रेड बुक’ हरुमा
ब्वाँसो र खरायोको भीडन्तमा
एका–विहानै मारिएका थिए कुमार
हो त्रसित छ हावा
किनकी
जंगलतिरबाट भयानक आँधी आउँदैछ ।

पुरानो अलमारीबाट
हेरिरहेका छन् बासुहरु
भीमसेन/समर र निश्चलहरु
हेरिरहेका छन् सोनाम साथीहरु
र सोधिरहन्छन्–
मेरा भरुवाहरुको तस्करी कसले गर्यो ?
मेरा आधार इलाकाको हत्या कसले ग¥यो ??
र नाजवाफ छु म
के फरक हुन्छ चर्चिल र हिट्लरमा ?
के फरक हुन्छ मनुवा
रातो तस्कर र सेतो तस्करमा ?

तारुकातिर साँढे जुधाई चलिरहेको छ
खसिको टाउको देखाएर
कुकुरको मासु बेच्ने पसलभित्र
माक्र्सवादको लिलाम बढाबढ चलेकै छ
यता त्रसित छ समय
किनकी जङ्गलतिरबाट
भयानक आँधी आउँदैछ ।

२०८१–०१–०५


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।