१९ बैशाख २०८१, बुधबार

जनप्रचार तथा प्रकाशन विभागले महासचिव विप्लवलाई हस्तान्तरण ग¥यो एसी

0

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी अन्तरगतको जनप्रचार तथा प्रकाशन विभागले महासचिव विप्लव सीलाई एयर कण्डिस्नर (एसी) हस्तान्तरण गरेको छ । बुधबार नेकपा केन्द्रीय कार्यालयमा पार्टी स्थायी समिति सदस्य तथा विभागका इन्चार्ज अनिल सीको नेतृत्वमा महासचिव विप्लवलाई एसी हस्तान्तरण गरिएको हो ।

विभाग अन्तरगतको साधारण शाखाको व्यवस्थापनमा १ दशमलब ५ टनको एसी हस्तान्तरण गरिएको विभागले जनाएको छ । उक्त एसी केन्द्रीय कार्यालयस्थित महासचिवको क्याविनमा जडान गरिने विभागका सदस्य सन्जीव सीले बताए ।

विभागका सल्लाहकार राजेन्द्र सी, शाखाका इन्चार्ज सन्जीव सी, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर सी र शाखा सेक्रेटरी शोभराज सीले संयुक्त रुपमा महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी लगायतका नेताहरुलाई एसी हस्तान्तरण गरेका हुन् ।

विभागले जनपत्रिका डटकम अनलाइन र मासिक म्याग्जिन जनपत्रिका प्रकाशन गर्दै आएको छ । साथै, पार्टीको मुखपत्र एकीकृत जनक्रान्ति लगायतका प्रकाशन पनि गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।