२ जेष्ठ २०८१, बुधबार

केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै नेकपा

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएकाे छ । आगामी वैशाख १८ गते प्रज्ञा भवन कमलादीमा बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएकाे हाे ।
नेकपा केन्द्रीय कार्यालय कपिलवस्तुमा वैशाख ५ गतेदेखि ९ बजेसम्म चलेकाे नवाैं केन्द्रीय समितिकाे पाँचाै पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलनकाे आयाेजना गरिएकाे नेकपा स्थायी समिति सदस्य अनिल सीले बताए ।
बैठकले विभिन्न ऐतिहासिक निर्णय गरेकाले पत्रकार सम्मेलन महत्वपूर्ण भएकाे उनकाे भनाई छ । नेकपा केन्द्रीय कार्यालयले उक्त पत्रकार सम्मेलनमा सम्पूर्ण पत्रकारलाई उपस्थितिका अनुराेध गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।