१५ चैत्र २०८०, बिहीबार

अखिल नेपाल लेखक संघ, केन्द्रीय समितिको बैठक सम्पन्न

0

काठमाडौं । अखिल नेपाल लेखक संघ केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले राजनीतिक, वैचारिक, संगठनात्मक र संघर्षबारे विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले मालेमावादको सैद्धान्तिक एवं वैचारिक सौन्दर्य चिन्तनको क्षेत्रबाट समाजवादी यथार्थवादको लेखकीय धारालाई शसक्त रुपले अगाडी बढाउदै सांस्कृतिक साम्राज्यवादले पैदा गरेको उत्तरआधुनिक तथा उपभोक्तावादी सांस्कृतिक अराजकताविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । बैठकले संगठनलाई क्रान्तिकारी र माक्र्सवादी लेखक संस्कृतिकर्मीहरुको केन्द्रको रुपमा स्थापित गर्न विचार, संगठन र संघर्षलाई जोडदिदै सिर्जनात्मक क्षेत्रको केन्द्रीकरण र हस्तक्षेपलाई बढाउने निर्णय गरेको छ ।
बैठकले संगठनका तत्कालीन उपाध्यक्षद्धय अशोक सुवेदी र लम्जेल संघर्षशीललाई पदमुक्त गर्ने निर्णय गर्नुका साथै केन्द्रीय समितिमा विभिन्न जिल्लाहरुबाट नयाँ सदस्य थप समेत गरेको छ ।
बैठकमा संगठनका अध्यक्ष एवं अखिल नेपाल जनसांस्कृतिक महासंघका उपाध्यक्ष शोभा दुलालले दलाल प्रतिक्रियावादी राज्यसत्ताविरुद्ध लेखक साहित्यकारले सिर्जनात्मक हस्तक्षेप गर्नुपर्ने बताउनुभयो । अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव कुशल बोगटीले संगठन माक्र्सवादी लेखक एवं संस्कृतिकर्मीहरुको मोर्चा भएको भन्दै वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा कलम चलाउन जरुरी रहेको बताउनुभयो ।
बैठकमा पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्ट, अनुभूति र सुझावहरु राख्नुभएको थियो । यसअघि महासंघले निर्णय गरेको देशव्यापी कविता आन्दोलनमा देशभरीका लेखक एवं कविहरुलाई केन्द्रीकरण गर्ने, पार्टीको नवौं महाधिवेशनको देशव्यापी प्रचार गर्ने, पार्टीलाई कार्यसूची सहितको सांस्कृतिक नीतिबारे सुझाव दिने, संगठनलाई व्यवस्थित गर्ने, सदस्यता विस्तारलाई तीव्रता दिने, सिर्जनाका विभिन्न विधाहरुलाई व्यवस्थित गर्नेलगायतका निर्णयहरु गरेको संगठनका महासचिव खोमा तरामु मगरले बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।