११ श्रावण २०८१, शनिबार

कम्युनिस्ट र माओवादी धाराबीच एकता र सहकार्यको पहल गर्ने नेकपा कर्णाली प्रदेशको निर्णय

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेश समितिले नेपाली विशेषताको समाजवाद स्थापना गर्न सबै माओवादी धारा र कम्युनिस्ट शक्तिबीच एकता, ध्रुवीकरण र सहकार्यको पहल गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश समितिको बैठकका निर्णयहरुको सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत उक्त निर्णय गरिएको जानकारी गरिएको हो ।

नेकपा स्थायी समिति सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज सुशीलको अध्यक्षतामा सम्पन्न बैठकले भखरै  निधन भएका हुम्ला जिल्लाका पार्टी जिल्ला सदस्य गोर्ख बुढाथोकीप्रति सम्मानसहित श्रद्धाञ्जली प्रस्ताव पारित गर्ने, राष्ट्रिय स्वाधिनताको रक्षा र नेपाली विशेषताको समाजवाद स्थापनार्थ संगठन सुदृढीकरण तथा जनसम्न्ध विस्तार अभियान सन्चालन गर्ने, कर्णालीको ऐतिहासिक महत्वप्रति राज्य जिम्मेवार र जवाफदेही नबन्नुले कणाली पछि परेको निष्कर्ष निकाल्दै यस विरुद्ध संघर्ष गर्ने निर्णय समेत गरेको छ ।

बैशाख २३ र २४ गते सुर्खेतमा सम्पन्न बैठकले देशको स्वाधीनता, सुशासन, जनअधिकार र सामजिक न्यायका लागि तथा  एमसीसी, मिटरव्याजी, भ्रष्टाचार ,महङ्गी, महिला हिंसा र जातिय विभेद, हवाई तथा यातायात क्षेत्रमा भएको चर्को भाडादर, प्रदेश सरकार र स्थानिय सरकारले गरिरहेका जनविरोधी गतिविधि, जनस्वाथ्य र कृषिमा भएको लापरवाही र शैक्षिक अस्तव्यस्तता, न्यायक्षेत्रमा भएको महङ्गी विरुद्ध जनपरिचालनसहित संघर्ष गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले कर्णाली प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुमा इन्चार्ज र सेक्रेटरीहरुको नयाँ कार्यविभाजन गरेको छ । प्रदेश इन्चार्ज सुशीलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार  सुर्खेत जिल्ला इन्चार्ज एटम सी, सेक्रेटरी  जीत सी, सल्यान इन्चार्ज आधार सी र सेक्रेटरी अनिल सी, कालिकोट इन्चार्ज विवेक सी र सेक्रेटरी  बलवान सी, हुम्ला इन्चार्ज  क्षितिज सी र सेक्रेटरी कमल सी, मुगु इन्चार्ज समाज सी र सेक्रेटरी अडिक सी, रुकुम इन्चार्ज  चन्द्र सी, जुम्ला इन्चार्ज प्रभातजीत सी  र सेक्रेटरी  सफल सी, दैलेख इन्चार्ज  कलम सी र सेक्रेटरी प्रकाश सी, जाजरकोट इन्चार्ज  पौरख सी र सेक्रेटरी सूर्यकीरण सी ,डोल्पा इन्चार्ज  सेराप सी  र सेक्रेटरी गौचन सी रहने निर्णय गरिएको जनाइएको छ ।

प्रदेश समितिका अन्य विभागिय कामहरूलाई व्यस्थित गर्ने उदेश्यले राजनीतिक वार्ता तथा संवाद समिति संयोजक एटम सी र सदस्यमा भिम सी, योजना सी, उत्पादन विभाग प्रमुख आधार  सी र सदस्यमा विराट सी, आर्थिक विभाग प्रमुख विवेक सी र सदस्यमा जीत सी , मनोज सी, न्याय विभाग प्रमुखमा विराट सी र सदस्यमा उदय सी, समाजवादी सम्पर्क मञ्च संयोजक आधार सी, युवा तथा खेलकुद विभागमा विराजन सी, स्वास्थ्य विभाग गोविन्द सी, प्रशासन तथा सुरक्षा विभागमा पौरख सी, घाइते तथा अपाङ्ग समाजमा आकर्षण सी, सहिद प्रतिष्ठानमा वायु सी, प्रभात सांस्कृतिक परिवार फ्र्याक्सन इन्चार्ज बलवान सी तथा कमाण्डर सभ्यता सी रहने निर्णय गरिएको कुरा समेत जारी प्रेस विज्ञप्तिमा  उल्लेख छ ।

सरल जीवन, कडा मिहिनेत ,सकारात्मक सोच, परिणाममूखि काम भन्ने नारालाई जीवन पद्धती बनाउने, जुम्ला, मुगु, हुम्ला र कालिकोटमा भएका स्याउ, ओखर बगैचा र सुर्खेत सल्यान रुकुम जाजरकोट लगायतका जिल्लामा भएका कृषि उत्पादनलाई प्रभावकारी बनाउने निर्णय गर्दै बैठकले नेपाली विशेषताको समाजवाद, पार्टीका वैचारिक  संश्लेषण, सी संस्कृति र साम्राज्यवादी, प्रतिगमनकारी हस्तक्षेपबारे जिल्ला, नगर , गाउँपालिका र वडा तहमा अन्तरक्रिया गर्ने निर्णय समेत गरेको छ ।

चार मित्र वर्ग (किसान, मजदुर, मध्यम वर्ग  र राष्ट्रिय पुजीपति वर्ग) चार मित्र शक्ति (कम्युनिष्ट, समाजवादी, देशभक्त, लोकतान्त्रिक गणतन्त्रवादी एवम् ६ मित्र समुदाय (खसआर्य, जनजाती, मधेशी, श्रमिक समुदाय, महिला, मुश्लिम) लाई गोलबन्द गर्ने,समाजवादी मोर्चालाई विस्तार  गर्ने  र समाजवादी सम्पर्क मञ्च गठन गर्ने निर्णय  भएको विज्ञप्तिमा उल्लेख छ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ : 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।