लामाे अध्याराे रातपछि
झलमलाउने उज्यालो प्रभातजस्तै
आजकाे कालाे अध्यारो चिरेर
हाम्रो आस्थाकाे साम्यवाद
एक न एक दिन जरुर झुल्कनेछ
हाम्रो निष्ठाकाे बीचबाट
एक न एक दिन जरुर
नयाँ जीवनको अङ्कुर फुट्नेछ
एक न एक दिन जरुर
हाम्रो सुखद र ऐश्वर्यपूर्ण भविष्यकाे
सुन्दर सयपत्री फुल्नेछ ।
जबसम्म आजकाे यो कुरुप धर्ती
मानवजातिकाे सुन्दर बस्तीमा
बदलिन सक्ने छैन
तबसम्म जारी रहनेछ
सुन्दर संसार निर्माण गर्ने हाम्रो
संकल्पकाे यात्रा
तबसम्म जारी रहनेछ
साझा संसार निर्माण गर्ने हाम्राे संघर्षको यात्रा
र एक न एक दिन जरुर
हाम्रो विश्वासको सभ्य संसार
हाम्रो गुलाफी विपनामा फेरिनेछ ……………
जनकवि, जनसांस्कृतिक याेद्धा, जनपक्षीय पत्रकार एवम् कुशल राजनीतिज्ञ महान सहिद कृष्ण सेन ‘इच्छुक’ ले लेखेका यी पङ्क्ति आस्थाका गर्भबाट उब्जिएका विशिष्ट कविता हुन् । सम्पूर्ण पराधीनता, विभेद र उत्पीडनबाट मान्छेको मुक्ति र ऐश्वर्यपूर्ण सुन्दर भविष्य इच्छुककाे आदर्श, आस्थाकाे केन्द्र यही हो र यही थियो उहाँका सुन्दर सपना । यहीँ साम्यवादकाे सपना प्राप्तिका खातिर उहाँले आस्था र आदर्शकाे रक्षार्थ मृत्यु नै स्वीकार्नुभयाे र सदाका लागि आदर्शकाे नायक, प्रेरक व्यक्तित्व हुनुहुन्छ ।
कृष्ण सेन ‘इच्छुक’ भारतकाे देहरादुनमा २०१३ कात्तिक ३ गते एक साधारण परिवारमा जन्मिनु भएकाे उहाँको जीवनीबाट प्रष्ट हुन्छ । बुवा याम बहादुर सेनकाे जागिर गाेरखपुरमा भएपछि उहाँको बाल्यकाल पनि त्यहीँ बित्याे । प्रारम्भिक शिक्षा पनि गाेरखपुरमै लिनुभयाे । उहाँको पुर्खाैली गाउँ प्युठानकाे सराङकाेट भए पनि स्थायी घर भने दाङको भालुबाङ राप्ती नदीकाे किनारा छेउनेर अर्घाखाँचीकाे जलुकेकाे सातमारामा पर्छ । उहाँको बुवाले जागिरेजीवन छाेडेपछि त्यसपछि युवा जीवन दाङमै बित्यो । बाल्यकालमै आमा भिमकुमारी सेनकाे निधन भएपछि सानैमा मातृशाेक बेहाेर्नुपर्याे । त्यसपछि बुवाले कान्छी आमा ल्याउनुभयाे । लालमटियामा माध्यमिक तहसम्मकाे शिक्षा पूरा गरिसकेपछि घरको आर्थिक अवस्थाले गर्दा पढाइ स्थगित गर्नुभयाे र त्यसपछि उहाँले दाङकाे काेइलाबासमा साल्ट ट्रेडिङकाे अफिसमा जागिर सुरु गर्नुभयो । उहाँको कान्छी आमाकाे पनि निधन भयाे र बुवाकाे निधन पनि २०१९ सालमै भएपछि थप पिडा बेहाेर्नुपर्याे । उहाँका भाइ प्रा.वि. का शिक्षक हुनुहुन्थ्यो तर उहाँ आर्थिक दुरावस्थाका कारण टिबी राेगकाे राम्रो उपचार नपाएर युवा अवस्थामै बित्नुभयाे । इच्छुकका श्रीमती तक्मा केसी र एक छाेरी समिक्षा हुनुहुन्छ ।
कृष्ण सेनले जागिरकै क्रममा नेकपा (मसाल) सँग जाेडिनुभयाे । जागिर छाेडेर घाेराही महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तहको अध्ययन गर्नुभयाे ।
२०३५/०३६ सालतिर कृष्ण सेनमा एकातिर राजनीतिक चेतना बृद्धि हुँदै गयाे अर्कोतिर साहित्यिक प्रतिभा प्रस्फुटन भयो कविता लेखनका माध्यमबाट । अध्ययनकै क्रममा उहाँले २०३७ सालदेखि दाङ जिल्लाकाे अनेरास्ववियु विद्यार्थीकाे जिल्लाकाे नेतृत्व गर्नुभयो ।पञ्चायतकाे कालरात्रीमा पनि राप्तीका राेल्पाका बस्तीमा कम्युनिस्ट पार्टीकाे सांगठनिक, राजनीतिक काममा सहभागी हुनुभयो । विद्यार्थी राजनीतिमा उहाँ सक्रिय र दृढतापूर्वक लाग्नुभयाे र उहाँको क्रियाशीलताबाट एकातिर दाङ लगायत राप्तीका समाज र विद्यार्थीमा प्रभाव बढ्न थाल्याे भने अर्कोतिर उहाँको क्रियाशीलताबाट अत्तालिएर यहाँका सामन्त, पञ्चे शासक र प्रहरी- प्रशासनको ताराे बन्नुभयाे र क्याम्पसबाट पटकपटक पक्राउ पर्नुभयाे । २०३९ साल वैशाख ११ गते क्याम्पसभित्रबाट प्रहरीले गिरफ्तार गर्याे । २०४४ सालमा जेलबाट रिहा हुनुभयो । २०४५ सालमा उहाँलाई पार्टीले विद्यार्थीकाे राष्ट्रिय सम्मेलन आयाेजक समितिकाे संयाेजक बनायो । उहाँको नेतृत्वमा काठमाडौंमा भूमिगत रूपमा सम्मेलन समेत सम्पन्न भयाे । यसबीचमा उहाँले त्रि.वि. किर्तिपुरबाट बी.एड. जाँच दिई पास गरिसक्नु भएको थियोे ।
कृष्ण सेन ‘इच्छुक’ बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो ।
पञ्चायतकाे अन्त्यपछि २०४७ सालमा केही समयका लागि पार्टीको राप्ती क्षेत्रीय ब्युरोकाे सचिवकाे रूपमा पनि काम गर्नुभयो । राजनीतिलाई समाज परिवर्तनको सशक्त माध्यम ठान्ने इच्छुक कुशल राजनीतिज्ञ पनि हुनुहुन्थ्यो भन्ने कुरा उहाँको जीवनीबाट स्पष्ट हुन्छ ।
२०४८ मा सम्पन्न एकता महाधिवेशनमा उहाँलाई राप्तीबाट प्रतिनिधि बनायाे र पार्टीले केन्द्रीय सदस्यकाे जिम्मेवारी दिने साेच्याे तर उहाँले पार्टीको उक्त निर्णय मन्जुर गर्नुभएन । पार्टीको माथिल्लो ओहदा भन्दा साहित्यिक क्षेत्रबाट र कलमकाे माेर्चाकाे माध्यमबाट आफुले बढी याेगदान दिन सकिन्छ ठान्नुभयाे । पद, प्रतिष्ठा, पावर, पैसा प्राप्तिलाई महत्त्व दिनुभएन र साहित्यिक गतिविधिमार्फत र कलमका माध्यमबाट राष्ट्र, देश, जनता र क्रान्तिकाे सेवामा समर्पित हुनतिर लाग्नु भयाे । त्यसपछि उहाँले एकातिर जनसांस्कृतिक क्षेत्रकाे नेतृत्व गर्नुभयो भने अर्कोतिर पत्रकारिताकाे क्षेत्रमा कलम, याेजना, महिमा, पृष्ठभूमि, जनादेश, जनदिशामा पनि क्रियाशील हुनुभयो ।
जनादेशकाे सम्पादक हुँदा २०५५ सालकाे पुस १९ गते भट्टेडाँडामा नेकपा (माओवादी) ले प्रहरीचाैकी आक्रमण गर्याे । त्यसपछि जनादेश साप्ताहिकमा `भट्टेडाँडामाथि साहसिक आक्रमण´ शिर्षककाे ब्यानर समाचार लेखेबाफत इच्छुकलाई तत्कालीन राज्यसत्ताले गिरफ्तार गर्याे र २२ महिनासम्म विभिन्न जेलमा राख्याे । पछि पत्रकार, लेखक, साहित्यकार, सांस्कृतिककर्मीहरुकाे दबाबमा उहाँलाई रिहा गर्याे ।
यसरी पटकपटक जेल पर्नुभएका इच्छुकलाई पछिल्लो समय जनदिशा दैनिककाे प्रधानसम्पादक भएर काम गर्दैगर्दा २०५९ साल जेठ ६ गते गिरफ्तार गरि तत्कालीन प्रहरी प्रशासनले एक हप्ता बेपत्ता बनाएर चरम यातना दियाे । त्यहीँ यातना दिदादिदै जेठ १३ गते महेन्द्र प्रहरी क्लबमा उहाँको हत्या गर्याे ।
कृष्ण सेन ‘इच्छुक’ बहुप्रतिभाशाली क्षमताका धनी हुनुहुन्थ्यो । उहाँको व्यक्तित्व र कृतित्वबाट पनि प्रष्ट हुन्छ । सर्वप्रथम उहाँ क्रान्तिकारी राजनीतिज्ञ हुनुहुन्थ्यो, सँगसँगै जनकवि, जनसांस्कृतिककर्मी र जनपक्षीय पत्रकार हुनुहुन्थ्यो । विचारधाराका दृष्टिले माक्र्सवाद, लेनिनवाद र माओवादका हिमायती हुनुहुन्थ्यो इच्छुक । त्यसैले उहाँ राजनीति, साहित्य र पत्रकारितासँग सम्बन्धित व्यक्तित्व र कृतित्वमा क्रान्तिकारी आशावाद, शाेषित- पीडित जनताप्रति प्रेम, अन्याय अत्याचारप्रति विरोध, शाेषक, शासक, सामन्त र पुजीपतिहरुकाे भण्डाफाेर, गरिब दुखी, किसान, मजदुर वर्ग र वर्गसंघर्षका याेद्धा, बन्दी, शहिद, बेपत्ता परिवारजनप्रति भावनात्मक र वैचारिक सामिप्यता र देश, समाज र विश्वलाई क्रान्ति, मुक्ति र प्रगतिमा डाेर्याउन प्रेरित र निर्देशित गरिरहेका छन् ।
साहित्यिक कृतित्वका रूपमा थुप्रै फुटकर कविताहरु छन् । इच्छुकका शाेकाञ्जली (२०४८) खण्डकाव्य, इतिहासकाे यस घडीमा कविता संग्रह, बन्दी र चन्द्रागिरी बन्दी अवस्थाकाे काव्य (२०५७) जस्ता कृतिहरु प्रकाशित छन् । उहाँका यी कालजयी कृति, रचनाहरु आज नेपाल मात्र होइन विश्वभर फैलिएको छ ।
प्रेरक व्यक्तित्व
भाैतिक रूपमा हामीबीच नभएर पनि नेपाली राजनीतिक, साहित्यिक, सांस्कृतिक, पत्रकारिताका क्षेत्रमा उहाँले पुर्याउनु भएको याेगदान अविस्मरणीय र अनुकरणीय छन् । विचार, आस्थाप्रति दृढता, निष्ठावान् राजनीति र वर्गप्रतिकाे इमानदारीता उहाँको याेगदान, त्याग र बलिदान सगरमाथा भन्दा पनि उच्च छ । विचारमा उभिएको निष्ठा र आदर्श मृत्यु भन्दा पनि शक्तिशाली हुन्छ भन्ने कुरा उहाँले सावित गर्नुभयाे त्यसैले उहाँ आदर्शकाे नायक हुनुहुन्छ । उहाँको जीवन निकै प्रेरणादायी छ । पटकपटकको दुश्मनकाे जेल हिरासतले उहाँलाई गलाएन बरु झन् स्पात र मजबुत बनाइ रह्यो । शरीर छिया छिया भएर ढल्दै गर्दा पनि उहाँले आस्थालाई छाेड्नु भएन, दुश्मनका सामु झुक्नु भएन बरु आन्दाेलन, पार्टी, नेतृत्वको रक्षार्थ उहाँले भाैतिक शरीर नै त्याग गर्न तयार हुनुभयो । वर्गवैरीका अगाडि उहाँको त्यो अदम्य साहस आजसम्म महान आदर्शका रूपमा स्थापित छ । यसैले उहाँ उच्च कृतिमान कायम गर्ने महान सहिद बन्नुभयाे । जाे हाम्रा लागि सधैं प्रेरक व्यक्तित्व हुनुहुन्छ । उहाँले पद, प्रतिष्ठा र पैसालाई कहिल्यै प्राथमिकता दिनु भएन । उहाँबाट धेरै हामीले सिक्नुपर्ने र अनुकरणीय गर्नुपर्ने स्वभाव र विषयहरू छन् । ठकुरी परिवारमा जन्मे पनि उहाँ सधैं उत्पीडित जाति, क्षेत्र, लिङ्ग, वर्ग र देशको मुक्तिको आवाजलाई बाेलिरहनु भयाे । तिनै उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्ग, गरिब, दुखी, किसान, मजदुर, वर्गसंघर्षका याेद्धा, बन्दी, शहिद, बेपत्ताका आवाजहरु, भावनाहरु कला साहित्यमा समेट्नु भयो । उहाँका हरेक रचनाहरु अहिले पनि कालजयी छन् । राष्ट्र, देश, जनता, समाज र विश्वलाई क्रान्ति, मुक्ति र प्रगतिमा डाेर्याउन उहाँका रचनाहरु प्रेरित गरिरहेका छन् । कला, साहित्य, राजनीति, पत्रकारिताका क्षेत्रमा उहाँले पुर्याउनु भएका याेगदानहरु उच्च र अनुकरणीय रहेका छन् । कृष्ण सेन ‘इच्छुक’ भाैतिक रूपमा अहिले हाम्रा सामु नभए पनि उहाँ सधैं बाँचिरहने अजर अमर हुनुहुन्छ, युगाैँयुगसम्म जनतामा बाँचिरहनुहुनेछ ।
अन्तिममा कृष्ण सेन ‘इच्छुक’ २३ औं स्मृति दिवसका अवसरमा उहाँप्रति उच्च सम्मानसहित भावपूर्ण हार्दिक श्रद्धाञ्जली !