१२ श्रावण २०८१, शनिबार

एकसाथ खुले चीनसँग जोडिएका १४ व्यापारिक नाका

0

संखुवासभा —चीनसँग सीमाना जोडिएका १४ वटा व्यापारिक नाका शनिवारदेखि खुलेका छन् । शनिवार एक कार्यक्रमका बीच संखुवासभाको किमाथांकासहित १४ वटा व्यापारिक नाका खुलेको घोषणा गरिएको हो । कोरोनाका कारण २०७६ माघ ५ देखि बन्द रहेका नाका पाँच वर्षपछि एकैसाथ खुलेका हुन् ।
नाका खुलेसँगै परराष्टमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले संखुवासभाको किमाथांका हुँदै चीनको तिब्बत स्वायत्त क्षेत्रसम्म पुगेर अवलोकन गरेका छन् ।

त्यहाँका उपाध्यक्ष सिलाङ निमा र परराष्टमन्त्री श्रेष्ठले एक समारोहकाबीच शनिबार १४ वटै व्यापार नाका पुनःसञ्चालन भएको घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठले १४ वटै नाका खुल्ने घोषणा शनिवार एकै साथ भएको बताए ।

तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसंग बोल्दै मन्त्री श्रेष्ठले कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि पुनः सञ्चालनमा ल्याएको बताए ।

सीमा क्षेत्रका जनताको अन्तरक्रिया, व्यापार र सास्कृतिक क्षेत्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले शनिबारदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र संखुवासभाको किमाथांकाका सीमा जोडिएका नाका खुलेको बताए । चिनियाँ पक्षले अन्य सातवटा नाका निश्चित समयभित्र खुलाउादै जाने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।