‘हेलो …. हेलो …. म अभिषेक बोलेको’ उक्त आवाजसँगै मैले ‘हजुर, म धीरज ….’ भनें । केही क्षण कुराकानी भयो । मोबाइलमा घण्टी बज्दा विहानको ८ बजिसकेको थियो । त्यो दिन विहान ६ बजे नै कोठाबाट बाहिर निस्केको थिएँ ।
हामीलाई पार्टीले दिएको कारवाहीको जिम्मा पूरा गर्ने समय ४ दिनमात्र बाँकी भएको कारण मनमा हुटहुटी चलिरहेको थियो । केही राजनीतिक काम त पूरा भइसकेका थिए । तर जिम्माको मुख्य काम दुश्मनमाथि कमाण्डो कारवाही गर्ने जिम्मेवारी अझैसम्म बाँकी थियो ।
सहयोगी कमरेडहरूको सल्लाह र सहयोग लिएर अगाडि बढ्दै थिएँ । एकदिन विहान अन्तिम तयारी स्वरुप ‘किलिङरेन्ज’ र ‘एरिया क्लिन’ गर्न व्यस्त थियौं । ‘दुश्मनलाई नजिकबाट अध्ययन गर्ने, चिन्ने, ठोक्ने र घेरा तोड्ने’ जिम्मा हाम्रो थियो । पोखरा उपमहानगरपालिकामा कर्यरत जनमुक्ति सेनाको विशेष कार्यदल (क्त्ँ)ले यस्ता थुप्रै कारवाहीहरू सम्पन्न गर्दै अघि बढिरहेको थियो । आफ्नो कार्य–क्षमता वृद्धि गर्दै थियो ।
म विहान पुगेकै स्थानमा क. अभिषेक पनि पुगेको थाहा पाएपछि म भेट्न गएँ । उहाँमार्फत् माथिको निर्देशन पाएपछि त्यहाँको अन्तिम तयारी चल्दै गरेको योजना स्थगित गरेर पोखरा बाहिर जाने काम मुख्य भएर आयो । कमरेड अभिषेक केही समय आराम गर्न थाल्नुभयो । म भने हिंड्ने तरखरमा लागें । फेरिएको परिस्थिति र नयाँ योजनाको कार्यभारको विषयमा सहयोद्धाहरूसँग एक ठाउँमा जम्मा भएर छलफल भयो । योजना बाँडफाँड गरेर कमरेड अभिषेक र म अपरान्ह ५ बजेतिर पोखराबाट बाहिर जान हिंड्यौं ।
करिब १५ मिनेटको यात्रापछि पछाडिबाट अनौठो खालको आवाज आयो– सिर्रर …. सिर्रर … । सिठ्ठीको आवाजसँगै ‘यही हो, यही हो, गाडी नम्बर यही हो’ कठोर र हतास आवाजमा कोही बोल्दै थियो । उसले अर्को टोलीलाई हाम्रो भट्भटे रोक्न ‘कासन’ गर्दैथ्यो । मैले सहज रुपमा भट्भटे रोकें । पछाडि कमरेड अभिषेक थिए । पहिले उनी झरे । त्यसपछि म पनि झरें । उनीहरूले भट्भटे फर्काउन दबाव दिए । मैले फर्काएँ । हामी आवश्यक सवारी कागजातसहित यात्रारत थियौं । त्यसैले सहज, संयमित र स्वाभाविक हुने कोशिस ग¥यौं । हडबड गरेनौं ।
केही क्षणपछि नै सञ्चार यन्त्र र सानो बन्दुक बोकेको सादा पोशाकको मान्छे नजिक आएर “आज फेरि कहाँ के गरेर आयौ हँ ?” प्रश्न ग¥यो । “खै केही गरेजस्तो त लाग्दैन । के भन्न खोज्नुभएको हो र ?” मैले सहज हुने कोशिस गर्दै भनेको थिएँ । “यो गाडी विहान पोखरा गएको थियो होइन ?” उसले अर्को प्रश्न तेस्र्यायो । “हो सर” अभिषेकले जवाफ दिए । उसले सञ्चारबाट कसैलाई भटभटेको नम्बर, रङ्ग, किसिम सोध्यो, जुन हाम्रै साधनसँग मिल्थ्यो । अब भने पक्का भइसकेको थियो– हामी दुश्मनको कब्जामा परेका थियौं ।
२०६२ भदौ ७ गते साँझ ६ बजेतिर लेखनाथ नगरपालिकास्थित शाही अमेरिकी सेनाको जाँच चौकीबाट कमरेड अभिषेक र मलाई सवारी साधनमा राखियो र केही पर पुगेपछि दुवैजनालाई बोरामा हालेर सुताइयो । केही समयको यात्रापछि लेखनाथ नगरपालिका विजयपुरस्थित ३ नम्बर बाहिनीमा पु¥याएको अनुमान गरियो । हामीलाई सवारी साधनबाट झारेर हतकडी लगाए । आँखामा पट्टी बाँधे । त्यसपछि हाम दुवैलाई अलग–अलग कोठमा लगे । गणतन्त्र स्थापनार्थ लडिरहेका कैयौं योद्धालाई यातना दिएर थाकेको त्यो कुरुप कोठा मौन अट्टहास गर्दै हुँदो हो । दूर्गन्धित भुइँबाट झिंगा भन्केको सुनिन्थ्यो । केही क्षणपछि २ वटा क्यामरा, एउटा रेकर्ड फाइल, ३ बाल्टिन पानी र एउटा जगसहित ठूलो ज्यान भएका एकहुल मान्छे मेरो नजिक आए । जनताको रगत–पसिना चुसेर मोटाएका साँढे थिए तिनीहरू ! तिनीहरूको बोलिबाट नै थाहा हुन्थ्यो ती शाही अमेरिकी सेनाका हाकिम हुन् ।
एकजनाले नजिक आएर सोध्यो– “कति भयो माओवादीमा लागेको ?” नक्कली परिचयपत्र देखाउँदै मैले भनें, “म माओवादी होइन, विद्यार्थी हूँ ।” “मोटरसाइकल कसको हो ?” उसले अर्को प्रश्न ग¥यो । म त्यो प्रश्नमा चुकेको थिएँ वा चुक्न बाध्य भएको थिएँ । ‘भट्भटे मेरै हो’ भनौं भने कमरेड अभिषेकले पनि मेरै हो भन्नुहोला; ‘मेरो होइन’ भनौं भने सहयोद्धा अभिषेकले मेरो होइन नै भन्नुहोला भन्ने लाग्यो ।
सोचें– त्यो दिन विहानको सबै कुरा त कमरेड अभिषेकलाई मात्र थाहा थियो । त्यो भट्भटे पनि उहाँले नै प्रयोग गर्नुहुन्थ्यो । त्यसैले मैले भटभटे अभिषेकको हो भनें । त्यसोभन्दा ठीक भयो कि भएन थाहा थियो । त्यो भट्भटे पनि उहाँले नै प्रयोग गर्नुहुन्थ्यो । त्यसैले मैले भटभटे अभिषेकको हो भनें । त्यसोभन्दा ठीक भयो कि भएन थाहा भएन । समूहमा गिरफ्तार हुँदा कसले के भनेको छ थाहा हुँदैन । कुरा बाझिन सक्छ र अनावश्यक झमेला आइलाग्छ । दुश्मनले आपसमा बझाउन खोज्छ । त्यो सम्झँदा तनाव हुन्थ्यो ।
हुन त त्यत्ति बयान कै भरमा सैनिक हाकिमहरू मेरो कुरामा सहमत हुनसक्ने कुरा थिएन । किनकि भटभटेमा माओवादी कार्यकर्ता छन् र ती को को हुन् भन्ने कुराको सूचना सुराकीहरूद्वारा पहिल्यै उनीहरूसमक्ष पुगिसकेको देखिन्थ्यो ।
मलाई १०–१२ जनाले लात्ताले भकुर्थे, पछार्थे, फेरि उठाउँथे । फूटबल झैं कहिले यता र कहिले उता पारिरहन्थे । बिच–बिचमा फकाउने पनि गर्थे । ‘विदेश पठाइदिने, रिहा गरिदिने, पैसा दिने’ जस्ता कुराले फकाउने कोशिस पनि गरिरहन्थे । मबाट केही कुरा नखुलेपछि र अन्य कमाण्डहरूलाई गिरफ्तार गर्न सकिन्न भन्ने भएपछि तिनीहरू दानवीय चरित्र प्रदर्शन गर्दै चिथोर्न आउँथे । यातानपछि बेहोस भएछु भन्ने कुरा पुनः आँखा खुलेपछि थाहा हुन्थ्यो । जब म होसमा आउँथें, गिद्धले सिनो कुरेझैं कुरेर बस्ने सिपाहीहरूले थाहा पाउँथे र खबर गर्थे । ‘साप जाग्यो’ भनेको सुन्थें । त्यसबेला मनमा भने ‘यातना झेल्नु नपर्ने वा यातना थाहा नहुने शीतनिद्राजस्तो भइरहे हुन्थ्यो’ जस्तो लाग्दथ्यो ।
म ब्यूँतेको खबर हुनासाथ यातना दिने मान्छे आयो र भन्यो, “यसले पानी खान खोजेको छ, केटा हो यसको हात फुकाओ त ।” त्यसपछि दुई जना जल्लादहरू आउँछन् । दुई हात दुई–दुई जनाले दह्रोसँग समात्छन् । त्यसैगरी गोडा अर्का दुई–दुई जनाले समात्दछन् । हाँस्दै मुख र नाकमा एकैचोटी पानी खन्याउँछन् । “अब भन बाबु भन; नत्र बाहिर लगेर खाल्टामा हालिदिन्छु’ फकाउने र तर्साउने दुवै अस्त्र प्रयोग गरी नै रहन्छन् तिनीहरूले । सहजै सहन नसकिने यातना, बाँचिन्न भन्ने आँकलन र अपमानबोधको ज्वालामा जलिरहेको कारण मैले “तेरो हिम्मत छ भने गोली ठोक, म माओवादी नै हूँ” भनिदिएँ । यसो भनिसकेपछि उनीहरू खुशी हुन्छन् किनकि मलाई माओवादी प्रमाणित गर्नु उनीहरूको सफलता हुन्थ्यो ।
अर्को दिन मलाई बजार घुमाउन लगे । ‘तेरा साथीहरूलाई फोन गर’ भन्न लागे । मैले त्यहीं केही समय बिताएँ । फोन गरेर अभिषेक र आफू गिरफ्तार भएको खबर गरें त्यसपछि मन ढुक्क भयो । आफूहरू गिरफ्तार भएको खबर पार्टीलाई दिएपछि दुश्मनसँगको चुनौतिसँग खेल्न मनोबल बढेर आयो । मारेछन् भने पनि परिवार र पार्टीसमक्ष खबर त पुग्यो भन्ने सन्तोष भयोे ।
जब–जब कडा यातना दिन्थे, ‘मार’ भन्थें । ‘सजिलै मर्न कहाँ पाउँछस् ! तँलाई त यातना दिइदिई मार्ने हो’ भन्थे । गिरफ्तार गरेको पर्सिपल्ट अर्थात् ९ गते विहानै मध्यपश्चिम डिभिजन कार्यालय, फूलबारी ब्यारेक, पोखरा लगे । त्यहाँ पु¥याएपछि म्यादी अभिषेकसँग भेट भयो । तर बोल्न पाइएन, देखादेखमात्र भयो । १–२ घण्टापछि जिल्ला प्रहरीको गस्ती भ्यान आएर हामीलाई त्यसैमा राखेर नाटकीय पाराले स्वास्थ्य जाँच गराएर पुनरावेदन अदालत पु¥याइयो । आफ्नो नाम, ठेगाना, राजनीति सबै खुलाएर न्यायाधीससँग कुराकानी भयो । त्यसपछि ३० दिने पक्राउ पूर्जी थमाएर जिप्रका हिरासत लगे । अदालतमा अभिषेक र म बोल्न पाएकाले अझ दृढ भएर उभिने प्रण ग¥यौं । “अन्यायको विरुद्ध न्यायपूर्ण लडाइँ लडेका छौं । हाम्रो आफ्नो भन्नु केही छैन । तपाईको कानुनले जे गर्ने हो गर्नुस्” पूर्व सल्लाह अनुसार भनियो । हाम्रो बयान सकिएपछि फेरि उही साधनमा फूलबारी ब्यारेक लगे । त्यही अपराधी ब्यारेकमा, जहाँका जल्लादहरूले जनकलाकार चुनु गुरुङको हत्या गरेका थिए ।
अदालत लगेको दिन अखबारहरूमा हाम्रो नाम र जिम्मेवारीको विषयमा समाचार प्रकाशित भएको हुनाले उनीहरूलाई अनुसन्धान गर्न सजिलो भयो । हामीले नभनेका कैयौं विषय पनि बाहिरिएका थिए । जसको कारण यातना बढाएर लगे । सहयोद्धा अभिषेक अर्को कोठामा भएको कारण कस्तो यातना दिएको छ ? के के सोधिरहेको छ ?? थाहा थिएन । दिनहरू बित्दै गएका थिए । १३ गते मानव अधिकारवादीहरू आए । त्यसदिन विहानैदेखि मेरो हत्कडी र मास्क खोलेर राख्नुको कारण थाहा भयो । अर्को कोठामा खाट पनि ल्याएर राखेका थिए । सायद मानव अधिकारकर्मीहरूलाई देखाउन होला । मानव अधिकारकर्मीहरूले मेरो परिचय र ठेगाना मागे । ‘सान्त्वना’ दिने प्रयत्न गरे । यद्यपि उनीहरूले हामी सरकारका अङ्ग हौं भन्दै थिए । मानव अधिकारकर्मीहरू गए । त्यसपछि कडा पहरासाथ एकजनालाई ५ जना जवानसहितको घेरामा राखेर हत्कडी र मुख–आँखा थुनेर अँध्यारो कोठामा लगे ।
हरेक १५ मिनेटमा जाँच गर्थे । हामी बसेको कोठाको ढोकामा ३ जनाले र झ्यालमा २ जनाले पहरा दिन्थे । ढोकामा प्वाल पारेर भित्रको गतिविधि हेर्ने गरिएको थियो । झ्यालबाहिर सिसा, त्यसपछि पर्दा र फलामे जाली (ग्रिल) थियो । बाहिर कतै नदेखिने कोठाभित्र राखेर पनि आँखामा पट्टी बाँधेकै हुन्थे । दुश्मनको पहराभित्र मन दह्रो पार्ने सहारा केवल माओवाद र विचार हुन्थ्यो । बेलाबेलामा संसारलाई चकित पार्ने गोरखा जेलका महिलाको जेलब्रेक र गजुरी जेलब्रेक सम्झेर मन रोमाञ्चित हुन्थ्यो ।
त्यो कुन दिन हो थाहा छैन; पिसाब फेर्न ढोका ढकढक्याएँ । केहीबेरमा ३ जना आए । सधैं जसरी एकजनाले समात्यो । २ जनाले बन्दुक सोझ्याउँदै चर्पीसम्म पु¥याए । आँखाको पट्टी खोलिदिएको कारण चर्पीबाट बाहिरको भूगोल अध्ययन गरें । कोठामा फर्केपछि हिरासत तोड्ने सोच मनमा आयो । गिरफ्तार भएको बाह्रौं दिन भएको थियो । त्यसदिन ‘कि घेरा तोडेर खुला आकाशमा जान्छु कि त दुश्मनको गोली खाएर मर्छु’ भन्ने प्रण गरें ।
शाही सेनाको घेरा तोड्न सहज थिएन । ५ जना पहरेको आँखा छलेर २ किमी टाढासम्म फैलिएको ब्यारेकको चौघेरा पार गर्ने कार्य असामान्य थियो । बाहिरी घेरामा पनि सधैं सैनिक जवानको पहरा हुन्थ्यो । तिनीहरूलाई छल्ने कार्य पनि उत्तिकै जटिल काम हुन्थ्यो । पहिलो काम त ढोकाबाट बाहिर निस्कन नै कठिन थियो । फलामे बार, ५–५ जनाको पहरा …. हतास पार्ने गर्दथ्यो । रातको समय नै उचित सम्झें । झ्यालको फलामे बार बङ्ग्याउने साधन थिएन । हत्कडी लगाएको हातबाहेक अर्थोक केही थिएन । तर दुश्मनले थाहै नपाउने गरी हत्कडी खोल्न जानेको थिएँ । त्यसले थोरै अनुकूलता हुन्थ्यो । तर हातैले रड बङ्ग्याउन सजिलो थिएन । ‘आफ्नो सामुन्नेका सबै वस्तुलाई युद्ध सामग्री बनाउन सकिन्छ’ भन्ने कुरा सम्झें । खाटका खुट्टालाई औजारको रुपमा प्रयोग गर्न सकिन्छ कि भन्ने सोच्न थालें । तीन दिनपछि राती–राती झ्यालको रड बङ्ग्याउन शुरु गरें । करिब ७ दिनपछि टाउको छिर्ने भयो । त्यतिञ्जेल बाङ्गो पारेको झ्यालमा ज्याकेट झुण्ड्याउँथें । अन्यथा झ्याल बाङ्गिएको देखेर शङ्का गर्न सक्दथे । दिनभरी जेलब्रेकको योजना, तर्कना गरेर बित्थ्यो । रात परेपछि दैनिकी शुरु हुन्थ्यो । योजनाको आठौं दिन घेरा तोड्ने सोचमा थिएँ । तर पहरा अत्यन्त कडा भएकोले सकिएन । अब योजना कार्यान्वयन गर्न निर्धारित ४ दिनमात्र थियो ।
९औं दिन बेलुकादेखि मुुसलधारे वर्षा भयो । जसको कारण विद्युतको ट्रान्सफर्मर जलेकोले अन्धकार छाएको थियो । राती १२ बजेसम्म मौका कुरेर बसें । १ बजेतिर झ्यालमा पहरा नभएको अनुमान गरें । त्यही मौकामा झ्यालबाट बाहिर निस्कें । कोठाको पहरेलाई छलेर बाहिर निस्के पनि घुमुवा पहरेदार टोलीसँग झण्डै जम्काभेट भएको । अँध्यारोको कारण नजिकै भए पनि देखेनन्; लुक्न भ्याएँ । ५–७ मिनेट भूगोलको अध्ययन गरें । ब्यारेकको भूगोल, अँध्यारो झरीको रात, अध्ययन के गर्नु र ! अनुमान गरें । बिजुली चम्किँदाको उज्यालोमा टेलिफोन कम्पनीको टावर देखिन्थ्यो । त्यो कारण कुन दिशा कता पर्छ अनुमान गर्न सकिन्थ्यो । पोखरामा नै काम गरेको कारण त्यो अनुकूलता थियो । त्यसकारण मुग्लिङ–पोखरा सडक खण्डतिर जानको लागि टेलिकमको टावरतिर लागें ।
दुई दिशामा सेती नदी थिइन् । अर्को दुईतिर काँडेतार थियो । पश्चिम पृतना कार्यालय २ किमी लामो आकारमा थियो । करिब ११ हजार जवान तैनाथ पृतना कार्यालयको बाहिरी घेरा तोड्न उत्तिकै कठिन थियो । अन्ततः अर्को अनुकूलता प्राप्त भयो । काँडेतार शुरु हुने पर्खालमा चढेर बाहिर निस्कने सोंच बनाएँ । त्यहाँबाट बाहिर निस्केर २–४ पाइला सार्दा–नसार्दै दुश्मनको साङ्केतिक शब्द (एबककधयचम) बोलेको सुनें । त्यहाँबाट हाम्फालेर तीनवटा गोलाकार तारबार (रोलिङ तार, काँढेतार र विद्युत प्रवाह भएको तार) त पार गरेको थिएँ । अझैसम्म दुईवटा घेरा बाँकी नै थिए । दुश्मनले अन्धाधुन्द गोली चलायो । तर संयोगले एउटै गोली पनि लागेको थिएन । दुश्मनले बजारबाट कैयौं घरमा पनि गोली दाग्यो । म घरको आड लिएर दुईटा घरदेखि अगाडिको सडकमा निस्कें । सडकमा पुग्दासम्म दुश्मनको ‘फायर’ पनि रोकिइसकेको थियो ।
मुसलधारे पानी थामिएको थिएन । त्यो अवस्थाको फाइदा लिएर अनुमान गरेको बासमा पुगें । यति काम २० मिनेटमा भएको हुँदो हो । घरकाले मलाई चिन्दथे । त्यो रात त्यही घरमा बिताएँ । घरका मान्छेले बताएअनुसार त्यो भदौ २४को दिन रहेछ । घरको भित्ते घडीमा २ बज्दै रहेछ ।
भोलिपल्ट विहानै बास फेरें । ठूलो घरको छतमा बसेर दुश्मनको गतिविधि नियालें । दुश्मनले मेरो ठूलो तस्बिर टाँस्ने, त्यो देखाएर खोज्ने गर्दै रहेछ । म चाँडोभन्दा चाँडो पार्टी सम्पर्कमा पुग्न चाहन्थें । तर जति कोशिस गर्दा पनि सम्पर्क पाउन सकिन । साथीहरू कामले पोखरा बाहिर गएका रहेछन् ।
स्थानीय शुभचिन्तकको सहयोगमा बजार बाहिर पार्टी सम्पर्कमा गएर बसें । २६ गते साथीहरूसँग भेट भयो । त्यसपछि १७ दिनपश्चात् मैले पार्टीको काम शुरु गर्न थालें । तर सहयोद्धा कमरेड अभिषेकको केही पत्तो थिएन । त्यो नै मेरो सबैभन्दा पीडादायी विषय बनेको थियो ।
कात्तिक, २०६५
स्राेत: जनपत्रिका मासिक दशाैँ अङ्क