३ आश्विन २०८१, बिहीबार

नेपाली विशेषताको समाजवाद प्राप्त गर्न भूगोल र जनता दुबै जोड्नु पर्छः कर्णजित सी

0

बाँके । नेकपाका स्थायी समिति सदस्य कर्णजित सीले नेपाली विशेषताको समाजवाद प्राप्त गर्न भूगोल र जनता दुबैलाई जोडनुपर्ने बताएका छन ।

बाँकेको कोहलपुरमा सोमवार ‘कर्णाली बाँके नेपालगन्ज समाजवादी सम्पर्क मञ्च’को प्रथम भेलाको उद्घाटन गर्दै नेकपाका स्थायी समिति सदस्य कर्णजित सीले समाजवादका लागि भूगोल र जनतालाई जोडनुपर्ने बताएका हुन । उनले नेपाली विशेषताको समाजवाद विना नेपालको राजनीतिमा स्थायित्व नहुने पनि ठोकुवा गरे । उनले हाम्रो कर्णाली,समाजवादी कर्णाली बनाउन पनि मञ्च आवश्यक भएको बताए ।

नेता कर्णजितले भने ‘ कर्णालीका जनता छरिएर रहेका छन, भूगोल ठुलो भएपनि कर्णालीका जनता बाँकेमा बस्ने गरिरहेकाले उनीहरुलाई संगठित गर्दैछौ । यो समाजवादी क्रान्तिका लागि हो । नेपालको अग्रगामी निकास समाजवाद हो, नेपाली विशेषताको समाजवाद नेपालमा आवश्यक छ, यो प्राप्त गर्न सवै मान्छेहरु संगठित हुन आवश्यक छ ।’

उनले भूगोल र जनता बिचको सम्वन्ध जोड्न मञ्चको गठन गरिएको दाबी गरे । जनता र भूगोल विर्सिन नहुने बताउदै कर्णालीका जनता तराईमा भएकाले उनीहरुलाई संगठित गर्न मञ्च गठन गरिएको ठोकुवा गरे । उनले कर्णालीका लाल योद्धाहरुलाई जोडन पार्टी सबै ठाउँमा पुग्ने जिकिर गर्दै समाजवाद र क्रान्ति चाहने हो भने सोच फराकीलो बनाउनु पर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता कर्णजितले कर्णाली बाँके नेपालगन्ज समाजवादी सम्पर्क मञ्चले समाजवादको आधार तयार पार्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेकपाका पिविएम आधार सीेले कर्णाली बाँके नेपालगन्ज समाजवादी सम्पर्क मञ्चले नेपालको अग्रगामी राजनीतिक निकास दिनेमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले समाजवादी क्रान्तिको आधार तयार गर्न यो मञ्च जन्मिएको पनि बताए ।

कर्णाली बाँके नेपालगन्ज समाजवादी सम्पर्क मञ्चको प्रथम भेलाले कर्ण भण्डारी (विराट सी) को नेतृत्वमा २१ सदस्यसीय कर्णाली बाँके नेपालगन्ज समाजवादी सम्पर्क मञ्च गठन गरेको छ ।

मञ्चका अन्य सदस्यहरुमा प्रभाजित सी, सभ्यता सी,रोशन सी,एलान सी,मदन थापा, रामबहादुर वुढा सुमन आर्चाय,देव वहादुर डिसी,खेम वहादुर डिसी,जयलाल सी,ज्योति सुनार,सन्तोस कुमार उपाध्याय,झरना सी,आक्रमण सी, दिनेश शाही लगायतका सदस्यहरु रहेका छन ।

भेलाका संयोजक विराट सीले भूगोल र भावनालाई जोड्न समाजवादी सम्पर्क मञ्चको गठन गरिएको बताए । भेलामा नेकपाका पोलिट व्यूरो सदस्य रक्तिम सी, नेकपाका केन्द्रीय सदस्यहरु प्रभाजित सी,कलम सी,नारायण सी, अनिल सी लगायतका नेताहरुको सहभागीता रहेको थियो । मञ्चले कर्णालीका जनतालाई संगठित गर्ने र समाजवादी क्रान्तिमा गोलबन्द गर्ने देखि सामाजिक समस्याहरु पनि समाधान गर्ने लक्ष्य र उद्देश्य लिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।