३१ भाद्र २०८१, सोमबार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय सम्मेलनकाे तयारी पूरा

0

चितवन: अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सम्मेलन आयोजक समिति संयोजक श्याम सीले बताएका छन् ।
आइतबार साँझ चितवनको चौबीस कोटीमा आयोजित बाइक र्याली पछिको कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जेठ १५ गते चितवनको नारायनगढमा हुने महासंघको आठौं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरिएको बाइक र्याली चौबीस कोटी, पुलचोक, पोखरा बसपार्क, आँपटारी, भरतपुर बसपार्क हुँदै पुन चौबीस कोटीमा पुगेर कोण सभामा परिणत भएको थियो ।
मइ दिवसका दिन बैशाख १९ गते हुने भनिएतापनि आन्तरिक तयारी नपुगेको र समय अभावका कारण पार्टी केन्द्रको पाँचौ पूर्ण बैठकले एक महिना पछाडि सारेको थियो । अहिले उक्त तयारी पूरा भएको संयोजक श्यामले जनाएका छन् । महासंघको राष्ट्रिय सम्मेलन हुनुअघि जिल्ला महासंघ र पेशागत संघका भेला र सम्मेलन हुनुपर्ने हुन्छ । साेही अनुसार हाल अहिले अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघभित्र ११ ओटा पेशागत संघ आबद्ध छन् तत्काल चार ओटा पेसागत संघका राष्ट्रिय भेला सम्पन्न भएका छन् भने मजदुर बाहुल्यता भएका जिल्लाहरुमा पनि जिल्ला महासंघका भेला तथा सम्मेलन सम्पन्न भएका छन् । सम्मेलन तथा भेला भएका जिल्लाहरु कन्चनपुर, कैलाली, बर्दिया, दाङ, रोल्पा, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन, मकवानपुर, म्याग्दी, पर्वत, काठमाडौँ, ललितपुर, कास्की काभ्रे, स्याङ्जा, नवलपुर, बारा, पर्सा, रौतहट, झापा, इलाम, रहेका छन् । इलाममा चिया बगान मजदुरको इकाई सम्मेलन भएको बताइएको छ ।
महासंघको राष्ट्रिय सम्मेलन चितवन जिल्ला भरतपुर महानगरपालिकाको नारायणगढस्थित उद्योग वाणिज्य संघको परिसरमा हुने पनि जानकारी गराइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।