२१ बैशाख २०८१, शुक्रबार

बुटवलमा विप्लव नेतृत्वको नेकपा सहित चार दलको संयुक्त बिरोध प्रदर्शन

एमसीसी एसपीपी आदि माध्यमबाट अमेरिकी साम्राज्यबाद हाम्रो आँगनमै आईपुगेको भन्दै उनले सम्राज्यबाद संंगै त्यसका नेपाली दलालहरुलाई संगसंगै नेपाली जनताले लखेट्नुको बिकल्प छैन् – सरद वली

0

विनोद खनाल, बुटवल ।
एमसीसी एसपीपी चर्को महंगी र पक्राउ पुर्जीका बिरुद्ध चार दलीय संयुक्त मोर्चाले शनिबार बुटवलमा बिरोध प्रदर्शन गरेको छ ।

बुटवलको हस्पिटललाईनबाट नारा जुलुस सहित बजार परिक्रमा गरेर अमरपथमा पुगी कोणसभामा परिणत भएको सभामा नेकपाका केन्द्रीय सदस्य सरद वलीले नेकपाको देश र जनताका पक्षमा गरिएको संघर्षबाट अत्तालिएर गठबन्धन सरकारले नेकपा नेता बिरुद्ध पक्राउ पुर्जी जारी गरेर ३ वुँदे सम्झौताको उलङ्घन गरेको बताए ।

हामी द्वन्द्व चाहन्नौं राज्यले जबरजस्ति गर्छ भने मुलुक द्धन्द्धमा गए त्यसको जिम्मेबार शासकहरुनै हुने बताउँदै नेता वलीले एकीकृत जनक्रान्तिले दलाल संसदीय ब्यबस्था खारेज गरेर जनताको ब्यबस्था नल्याउँदासम्म निरन्तर संघर्ष गर्ने बताए ।

उनले गठबन्धनको नाममा पुरानै संसदबादमा फसेका प्रचण्डले जनयुद्ध र बलिदानपुर्ण ईतिहाँसमाथि गद्धारी गरेको समेत बताएका छन । एमसीसी एसपीपी आदि माध्यमबाट अमेरिकी साम्राज्यबाद हाम्रो आँगनमै आईपुगेको भन्दै उनले सम्राज्यबाद संंगै त्यसका नेपाली दलालहरुलाई संगसंगै नेपाली जनताले लखेट्नुको बिकल्प नरहेको बताए ।

बिरोध सभामा नेकपा माओबादी केन्द्र समाजबादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्यायले नेकपा संग गरेको ३ वुँदे सम्झौता बिपरित पक्राउ पुर्जि जारी गरेर सरकारले आफ्नो नैतिकता उदाङ्गो पारेको बताए ।

जनतन्त्र जनजिविका एवं राष्ट्रीय स्वाधीनताका पक्षमा चारदलीय मोर्चाले निरन्तर संघर्ष गरिरहने बताउँदै नेता उपाध्यायले बिस्तारबादका दलालहरुसंग समेत निर्मम संघर्ष गरेर जानुको बिकल्प नभएकोमा जोड दिए ।

कोणसभाको संचालन गर्दै नेकपाका युवा नेता बिरेन्द्र बिकले सरकारको पक्राउ पुर्जिले नेकपा नभाग्ने बरु सामना गरेर जाने बताए। कार्यक्रममा नेकपा लगायत मेर्चाका नेता कार्यकर्ता तथा जिल्लाका विभिन्न स्थानबाट सयौंको संख्यामा मानिसहरु उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।