११ बैशाख २०८१, मंगलवार

युवा संगठन नेपाल, सिन्धुपाल्चोकको दाेस्राे जिल्ला भेला सम्पन्न

0

युवा संगठन नेपाल, सिन्धुपाल्चोकको दाेस्राे जिल्ला भेला सुकुटे बजारमा सम्पन्न भएको छ ।

उक्त भेलाबाट कुमार श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
युवा संगठन नेपाल सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा कुमार श्रेष्ठ, उपाध्यक्षमा युवराज लामा, सचिवमा नारायण कार्की, सहसचिवमा राजकुमार दंगाल र काेषाध्यक्षमा रविन तामाङसहित अन्य सदस्य रहेका छन् । 
उक्त कार्यक्रममा बाेल्दै नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकका जिल्ला सचिव युगीनले युवाहरुको क्रान्ति र समाज रुपान्तरणमा महत्त्वपूर्ण भूमिका हुने भएकाेले युवा वर्गले सचेतापूर्वक क्रान्तिमा नेतृत्वदायी भूमिका खेल्दै समाजमा हुने हरेक अन्याय, अत्याचार, बेतिथि र भ्रष्टाचारकाे विरुद्ध आवाज उठाउँदै लड्नु पर्ने बताए । एकीकृत जनक्रान्तिमा युवाहरुकाे भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनलेे त्यसलाई पार्टी र संगठनको विधि रहेर पूरा गर्नु पर्ने बताए ।
साेही कार्यक्रममा विशेष कमिटी सदस्य किरण घिमिरेले बाेल्दै क्रान्ति युवा वर्गकाे भूमिका, महत्त्व र आवश्यकताकाे बारेमा प्रशिक्षणात्मक मतव्य राखेका थिए ।

कार्यक्रमकाे अध्यक्षता युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमन गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य जितेन र शुभकाना मन्तव्य जिल्ला सदस्य कम्युटरले दिएका थिए । कार्यक्रमकाे सञ्चालन कुमारले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।