१३ बैशाख २०८१, बिहीबार

संयुक्त माेर्चाको प्रदेश १ स्तरीय विरोध सभा विराटनगरमा सम्पन्न

0

उदयपुर: नेपाल कम्युनिस्ट पार्टीसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा लगायत चार कम्युनिस्ट पार्टीहरुले पूर्वको विराटनगरमा प्रदेश स्तरीय संयुक्त रूपमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम मोरङको हनुमान मन्दिरबाट विभिन्न नाराहरु लगाउदै एमसीसी र एसपीपी, नागरिक विधेयक खारेज गर, मूल्यबृद्धि नियन्त्रण गर, पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता गर, विप्लव लगायत नेतालाई जारी गरेको पक्राउ पुर्जी फिर्ता गर जस्ता नाराहरु लगाउदै बजार परिक्रमा गरि ट्राफिक चौकमा गएर कोण सभामा परिणत भएको थियो ।

उक्त विरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला सेक्रेटरी देब गुरुङ्गले नेताहरुले राष्ट्रघाती एमसीसी र एसपीपी सम्झौताले नेपालको राष्ट्रिय स्वाधीनतामा गम्भीर रूपमा संकट निम्ताउने काम गरेको बताएका थिए ।

उनीहरुले विदेशीले दिएको सहयोगको लोभमा राष्ट्रलाई कसैको उपनिवेश बनाउने हर्कत स्वाभिमानी नेपाली जनतालाई स्विकार्य नहुने बताउदै जस्तो सुकै चुनौती आएपनि आफुहरु पछाडि नहट्ने र एमसीसी एसपीपी सम्झौता कुनै हालतमा कार्यन्वाय गर्न नदिने बताउदै उनले नेपाल सरकारले नेपाल कम्युनिस्ट पार्टीसंग भएको तीन बुँदे बार्तालाई कार्यन्वयन गर्नुको साटो उल्टै नेताहरुलाई पक्राउ पुर्जि जिल्ला अदालत ललितपुरले जारी गरेको कुरालाई आपत्ति जनाउदै उनले नेपाल सरकारलाई तीन बुँदे वार्ता कार्यान्वयन गरि नेताको नाममा जारी गरिएको पक्राउ पुर्जि फिर्ता गर्न आग्रह गर्दै यदि राज्यले हाम्रो कुरालाई बेवास्ता गर्छ भने आफुहरु जस्तोसुकै चुनौती आएपनि पछि नहट्ने र राज्यलाई इटको जवाफ पत्थरले दिने चेतावनी समेत दिएको थिए ।

कार्यक्रममा वैज्ञानिक समाजवादीबाट लक्ष्मण न्यौपानेले बोल्दै सरकार जनताप्रति उत्तरदायी नबनेको कारण आज देशमा महङ्गी, कालो बजारी, भ्रष्टाचार बढ्दै गएको कुरा बताएका थिए भने कार्यक्रमको संचालन मोरङ जिल्ला कमिटी सदस्य कुमार खतिवडाले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।