२३ भाद्र २०८१, आईतवार

कर्णाली– बाँके नेपालगन्ज समाजवादी सम्पर्क मञ्चको प्रथम भेला सम्पन्न,संयोजकमा विराट सी

0

बाँके । कर्णाली– बाँके नेपालगन्ज समाजवादी सम्पर्क मञ्च गठन भएको छ । बाँकेको कोहलपुरमा सोमवार आयोजना गरिएको प्रथम भेलाले कर्णाली– बाँके नेपालगन्ज समाजवादी सम्पर्क मञ्च गठन गरेको हो ।

भेलाले कर्ण सी (विराट)को संयोजकत्वमा २१ सदस्सीय कर्णाली– बाँके नेपालगन्ज समाजवादी सम्पर्क मञ्च गठन गरेको छ ।

भेलाले अन्य सदस्यको रुपमा प्रभाजित सी, सभ्यता सी,रोशन सी,एलान सी,मदन थापा, रामबहादुर वुढा सुमन आर्चाय,देव वहादुर डिसी,खेम वहादुर डिसी,जयलाल सी,ज्योति सुनार,सन्तोस कुमार उपाध्याय,झरना सी,आक्रमण सी, दिनेश शाही लगायतलाई चयन गरेको छ ।

कर्णालीका विकटवस्तीका अधिकाँस जनताहरु बाँकेको नेपालगन्ज कोहलपुर मौषम अनुसार बस्ने भएकाले उनीहरुलाई संगठिन गर्न र समाजवादी क्रान्तिमा गोलबन्द गर्न मञ्च गठन गरिएको संयोजक कर्ण सीले बताएका छन ।

भेलामा नेकपाका पिविएम आधार सीले हाम्रो कर्णालीलाई समाजवादी कर्णालीमा रुपान्तरण गरौं,समाजवादी नमुना कर्णालीका लागि सहर्ष सहकार्य गरौं भन्ने मुल नाराको प्रस्ताव पेश गरेका छन ।

कर्णाली प्रदेशका नेताहरुको सहभागीता र बाँकेमा वस्ने जनताहरुको उपस्थितिमा सफलतापूर्वक भेला सम्पन्न भएको हो । भेलाले आबधिक साम्राज्यवादी मिशन ८४ लाई परास्त गरी समाजवादका लागि मिशन ८४ को तयारीमा जुट्ने निर्णय गरेको छ ।

भेलाले दलाल सत्ताको बिकल्प नेपाली बिशेषताको समाजवाद भएको निश्कर्ष निकाल्दै सबैलाई लामबद्ध हुन अपिल गरेको छ । भेलाको उद्घाटन नेकपाका स्थायी समिति सदस्य कर्णजित सीले गरेका थिए । उनले उद्घाटनमा भूगोल र जनता दुवैलाई जोडेर मात्र समाजवाद स्थापना हुने दाबी गरे ।


भेलाले पास गरेको अवधारण पत्र यसप्रकार छ ।

हाम्रो कर्णालीलाई समाजवादी कर्णालीमा रुपान्तरण गरौं !
समाजवादी नमुना कर्णालीका लागि सहर्ष सहकार्य गरौं !!

बिश्व राजनीति तिब्रगतिमा ध्रुबिकृत र बिस्फोटक अबस्थामा गुज्रीरहेको छ । तेश्रो बिश्वयुद्धको संकेत देखा परिरहेको छ । बिश्व राजनीतिक ध्रुबिकरणको दवाव नेपालमा पनि परिरहेको छ । दलाल पुँनीवादी सत्ताका प्रमुख अंगहरु न्यायपालिका , कार्यपालिका , ब्यबस्थापिका जनबिरोधी गतिबिधीमा नाङ्गो रुपमा उत्रीएका छन । भ्रष्टाचार , तस्करी, घुसखोरीको परिणाम अशान्ति ब्यापक रुपमा देखिन्छ । बैदेशिक हस्तक्षेपका कारण दलाल पुंजीवादी राज्यसत्ताले लोकतान्त्रीक गणतन्त्रलाई तिब्र दलालीकरणको दिशातिर मोडिरहेको छ । युवाहरु दिनानुदिन बिदेश उडिरहेका छन । लोकतान्त्रीक गणतान्त्रीक सरकार बैदेसिक हस्तक्षेप रोक्ने सामर्थ्य देखाउन सक्ने अबस्थामा छैन । पैसाको प्रलोभनमा किनिएका नेपाली दलाल मार्फत अमेरिकी घुसपैठ कमजोर कडीमा ब्यापक र गंभिर भैरहेको छ । एमसिसि , एसपिपि , आईपिएस यसका ज्वलन्त उदाहरण हुन । नेपालका कम्युनिस्ट – समाजवादीहरुलाई सिध्याउने उसको रणनीति छर्लङ्गै छ । साथै नेपालका प्राकृतिक सम्पदाहरुमा आफ्नो प्रभुत्व कायम गर्ने र नेपाललाई युक्रेनमा बदल्ने उसको रणनीतिले नेपाली राष्ट्रीयता अपहरित भैरहेको छ । बित्तिय पुँजीको बिस्तारका कारण लघुबित्त र एनजिओ ,आईएनजीओ जस्ता दलाल संघ, संस्थाहरु मार्फत नेपालीहरुलाई उठिवास लगाउन खोज्दा पीडितहरु जीवनमरणको संघर्षमा उत्रीरहेका छन । संसदवादी दलहरुको काम नै एकापसमा झगडिनु र एकले अर्काको भण्डाफोरमै पाँच वर्ष बिताउनु हो जस्तो अबस्थामा छन । बिकास निर्माणका कामहरु लथालिङ्ग अबस्थामा छन । बिकासको गति अत्यन्तै धिमा देखिन्छ । नेपालीहरुलाई राजनीतिक अस्थिरता मन परिरहेको छैन ।
यसर्थ ,माओवादी एकता आजको आबश्यक्ता बनिरहेको छ । कम्युनिस्टहरुको सहकार्य , मोर्चाबन्दी ध्रुबिकरण र कम्युनिस्ट आन्दोलनको पुनर्गठन अबको बिकल्प बनिरहेको छ । भूमण्डलीकृत पुँजीवाद – साम्राज्यवादको हस्तक्षेप र घुसपैठ रोक्न र दलालपुँजीवादी राज्यसत्तालाई समाजवादमा रुपान्तरण गर्न सम्पूर्ण बमपंथी शक्तिहरु बिच मित्रताको खाँचो खट्किरहेको छ । साथै चार मित्र शक्तिहरु – कम्युनिस्ट शक्ति , समाजवादी शक्ति , लोकतन्त्रीक गणतन्त्रवादी शक्ति र देशभक्त शक्ति एकजुट हुन जरुरी छ । त्यस्तै चार वर्गहरु – किसान , मजदुर , मध्यमवर्ग र राष्ट्रीय पुँजीपति वर्ग साथै छ वट जनसमुदायकरु – आर्य – खस , जनजाति , मधेसी , मुस्लिम , श्रमिक समुदाय र महिला एकजुट भएर मोर्चा कसेमा बैदेशिक हस्तक्षेपको प्रभाव निस्तेज हुनुको साथै नेपालीहरुको राज नेपाली बिशेषताको समाजवादमा हुने संभावना प्रबल छ ।तेश्रो बिश्वयुद्धमय अन्तरबिरोधको बिकल्प बिश्व शान्ति र नेपाली समाजवादको जन्म अबस्य हुनेछ ।
यसप्रकारको अशान्त अर्थ – राजनीतिक परिदृश्यले हामी कर्णालीवासीहरुको काँधमा बिशेष जिम्मेवारी सुम्पिएको छ कि हाम्रो कर्णालीलाई समाजवादी कर्णालीमा रुपान्तरण गर्ने । यसर्थ , समाजवादी नमुना कर्णाली निर्माण अभियानमा हामी कर्णाली – बाँके , नेपालगन्ज आवासी प्रीयजनहरुसंग समाजवादी सम्पर्क मंच नामक सितल चौतारीमा सहृदयी फराकिलो – गहकिलो – अग्रगामी सम्बन्ध र सहकार्य गर्न चाहन्छौं । किनभने , शीरमा जलटावरसरी हिमाल , छातिमा कन्चन कर्णाली , संजिवनी जडिबुटी र अक्सिजनयुक्त जंगल , आँतमा खनिज ,फाँटमा अन्नबाली हाम्रा समृद्धि र उन्नत जीवनका आधारहरु हुन । भौतिकवादी दृष्टिकोण – बैज्ञानिक विचार – समाजवादी – राजनीतिमा सुस्पष्ट भएकै कारण कर्णाली प्रदेशको जनजीवनले बलिदानका गौरवगाथाहरु इतिहासमा सगर्व दर्ज गरिसकेको छ । बहु भाषा , बहु संस्कृति , बहु जाति सहितको बहुल समाजभित्र नेपाली बिशेषताको एक अंग कर्णालीको मौलिकता , पहिचान र सामर्थ्य अन्तर्निहित छ । कर्णाली केन्द्रीकरण , समाजवादी सामुहिक नेत्रीत्व र सचेत पहलकदमीको जनसंघर्षशील अग्रगतिले कर्णाली परिवारको माग गरिरहेको छ । यसर्थ , सम्पर्क सम्बन्ध र सहकार्यको वातावरण निरन्तर निर्माण गरौं । पौरख पोख्ने ईच्छा शक्ति , आत्मनिर्भर अर्थ उत्पादन सम्बन्ध सहितको समृद्ध कर्णालीको अग्रभागिय स्वस्थ प्रतिस्पर्धायुक्त सहभागिता बिनाको समाजवादी सुन्दर नेपाल कल्पना गर्न सकिदैन । आबधिक साम्राज्यवादी मिशन ८४ लाई परास्त गर्न समाजवादका लागि मिशन ८४ को आजैदेखि तयारीमा जुटौं । दलाल सत्ताको बिकल्प नेपाली बिशेषताको समाजवादमा लामबद्ध होऔं !
                                                                                                                                                 प्रस्तोता
                                                                                                                                             आधार सी
                                                                                                                                  पिबिएम तथा संयोजक
                                                                                                                                  नेपाल कम्युनिस्ट पार्टी
                                                                                                                                    समाजवादी सम्पर्क मंच
                                                                                                                                           कर्णाली प्रदेश
मिति ः– २०८१÷२÷१४
बाँके – नेपालगन्ज ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।