११ श्रावण २०८१, शनिबार

युवा संगठन नेपालद्वारा अनाथ आश्रममा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

0

झापा – विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपालले झापाको दमकस्थित एक अनाथ तथा बाल बृद्धाश्रममा शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको छ । आइतबार दमक नगरपालिका ९ झापामा अवस्थिति अनाथ तथा बाल बृद्धाश्रममा पुगेर संगठनका अध्यक्ष दिनेश सीको नेतृत्वमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

बालबालिकासँग युवा संगठन नेपाल नारा बनाएर युवा संगठन नेपाल अहिले अनाथ बालबालिका तथा बृद्धबृद्धाहरुको संरक्षकको रुपमा उभिएर अघि बढिरहेको युवा संगठनका केन्द्रिय अध्यक्ष दिनेश सीले बताए । देश सबै हिसाबले संकटग्रस्त अवस्थामा गुज्रिएको र अब देशको नेतृत्व युवाहरुले गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।

सरकारले नगरेको काम पनि अब युवाहरुले गर्नुपर्ने अवस्था आएकोले सबै मिलेर अघि बढ्नुपर्ने र त्यसको लागि युवाहरुको आकर्षण रहेको बताए । मानव समाजमा मानवीयता हराउँदै गएकोले अब समाजवादी ब्यवस्थाले मात्रै यसको समाधान गर्न सक्ने र त्यसैले युवा संगठनले केन्द्रीय कार्यक्रम नै बनाएर अघि बढेकोसमेत उनले बताए ।

उक्त कार्यक्रममा झापा जिल्ला पार्टीका सचिव संजय सी, युवा संगठनका केन्द्रीय महासचिव सुवास, संगठनका कार्यालय सचिव नवराज, जिल्ला इन्चार्ज मणि सी, मुकेश सी लगायत पार्टीका दमक नगर इन्चार्ज राम सी र अर्जुन सिको पनि उपस्थिति रहेको थियो। अनाथा तथा बाल बृद्धाश्रमका संचालक समिति अध्यक्ष मन्दिरा चिमाेरिया पौडेलले युवा संगठनको यो सराहनीय कामको प्रसंसा गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।