
महेन्द्रनगर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कञ्चनपुर जिल्ला समितिले सी जातिको कानूनी मान्यताको माग राख्दै हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । मंगलबार जिल्लाको महेन्द्रनगर बजारमा संगठनले हस्ताक्षर संकलन अभियान सुरु सुरु गरेको हो ।
उक्त हस्ताक्षर अभियान जेठ १५ देखि १८ सम्म चल्ने युवा संगठन नेपाल केन्द्रीय सदस्य जया सीले बताएका छन् ।
युवा संगठन नेपाल केन्द्रीय समितिको निर्णय अनुसार देशैभरी युवाहरुले सी जातिको कानूनी मान्यताको लागि हस्ताक्षर संकलन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्