२२ भाद्र २०८१, शनिबार

नेपाललाई टाट पल्टाउने माडेहरु हुन् : अनिल सी

0

चितवन– नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले नेपाललाई टाट पल्टाउने माडेहरु भएको बताएका छन् ।
मङ्गलबार चितवनको नारायणगढस्थित उद्योग वाणिज्य संघको प्राङ्गणमामा जारी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महसंघको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
सम्मेलनलाई शुभकामना दिदै नेता अनिल सीले नेपालको पुजी पलायन गराउनेहरुमा माडेहरुको भूमिका रहेको बताए ।
उनले भने,” नेपालको समग्र पुजी माडेहरुको मुठ्ठीमा रहेको छ, नेपालका १० धनाड्य मध्य नौ जना माडेहरु छन्, जसले दलाल पुजीको नेतृत्व गरिरहेका छन् ।”
यो देशको पुजी माडवारीहरुको कब्जामा गएको कुरा सत्य हो तर माडेहरुको त्यो हैसिएत बनाइदिने र देश कङ्गाल बनाउने मूल जड नेपाली काङ्ग्रेस रहेको बताए ।
उनले भने,”जब जब नेपाली काङ्ग्रेस सत्तामा गयो त्यहाँबाट निजिकरणको सुरुवात भयो निजीकरणका नाममा देशका सम्पूर्ण उद्योग कलकारखाना दलालहरुको हातमा सुम्पिदियो र जुन कारखानाबाट हजारौ मजदुरहरुले आफ्नो रोजिरोटी चलाइरहेका थिए तर पछि दलाल पुजिपतिहरुको हातमा कारखाना गएपछि हजारौं नेपाली मजदुरहरुको रोजिरोटी खोसियो ।”
दलाल पुजीपतिको चरित्रबारे उदाहरणको रुपमा विनोद चौधरीको उदाहरण दिदै उनले नेपालमा व्यापारको नाममा उद्योग खोलेर नेपाली पुजी लिएर अर्बौं डलरमा माल्दिप्सको टापु किन्न पैसा पुग्ने तर नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ५०० डलर साट्न सास्ती भएको तर्क पेश गरे ।
नेपालमा उत्पादकत्व वृद्धि गर्न र सम्पूर्ण मजदुरहरुको अधिकार सुनिश्चित गर्न दलाल पुजीपतिसङ्ग लड्नुपर्ने बताउदै बजारको विभेदीकरण गरेर अघि बढेमात्र सम्भव हुने दाबी गरे ।
नेपालमा आफुलाई मजदुरहरुको नेतृत्व ठान्ने शालिकराम जम्मर कट्टेलले मजदुरहरुमाथि अन्याय गरेको आरोप समेत लगाए ।
सम्मेलनको उद्घाटन सत्रको अध्यक्षता अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक श्याम सीले गरेका थिए । विभिन्न पार्टीका मजदुर संगठनका नेता तथा प्रतिनिधीहरुले शुभकामना व्यक्त गरेका थिए।
नेकपाका स्थायी समिति सदस्य विषम सीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको सम्मेलन ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।