परिस्थिति निकै पेचिलो बन्दै थियो । नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक नवौं महाधिवेशन भब्य एबंम सानदार रुपमा केही महत्वपूर्ण संश्लेषण सहित सम्पन्न भएर हामी कार्यक्षेत्र फर्किएका थियौ । महाधिबेशनले पारित गरेका नयाँ संश्लेषण नीति तथा कार्यकमलाई योजनामा ब्यक्त गर्न हेडक्वाटरलाई केही समय गृहकार्यको समय चाहिन्थ्यो होला । त्यो अबधिमा हामी जिल्लामा फर्कियौ र केही समय पछि केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा सहभागी हुने अवसर पाईयो । दोस्रो पूर्ण बैठकको सम्पर्क पाउना साथ सहयोद्धाहरु बिच अनौपचारिक छलफल हुन्थ्यो कार्यक्षेत्रको बिषयमा । तर फेरि निश्कर्ष भने पार्टीले पठाएको जुनसुकै ठाँउमा जान तयार हुनै पर्छ भन्ने नै हुन्थ्यो ।
जब हामी शिवगढी पुग्यौ तब बैठक प्रारम्भ भयो । बैठकमा महासचिव द्धारा प्रस्तुत राजनीतिक दस्तावेज व्यापक समूहगत छलफल पछि पास भयो । बैठक आगामी योजनामा प्रबेश गर्यो । त्यसको महत्वपूर्ण पक्ष भनेको संगठनको थियो । संगठनमा पनि सिङ्गो केन्द्रीय सदस्यको कार्यबिभाजन थियो । महासचिव र पार्टी प्रबक्ताले १२७ जना केन्द्रीय सदस्यसंग वान टु वान छलफल गरेर राय बुझेर कार्यक्षेत्र निर्धारण गर्ने सोच राखेको रैछ । मेरो पालो आयो र म नेतृत्व सामु गए । पार्टीले बुझ्यो ३÷४ जिल्लाको विकल्प थियो । मैले एक चोटी सहरिया जिल्लाको अनुभव लिन पाए हुन्थ्यो भन्ने धारणा राखे । अनि बैठकमा महासचिव कमरेडले समग्र केन्द्रीय सदस्यको जिम्मेवारी सुुनाउने सवालमा रणदिप बाँके जिल्ला ईन्चार्ज भनेर कानले सुन्न पाए । मेरो मनमा निकै अनेकौ तरङ्गहरु तरङ्गित हुन थाले । म सक्छु कि सक्दिन कसरी जिम्मेवारी पूरा गर्ने ? आदि बिषयमा अनेकौ खुल्दुलीहरु चलिरहे । त्यसपछि ब्युरो ईन्चार्जको जिम्मेवारी तोकियो । चार जिल्ला ( बाँके,बर्दिया,जाजरकोट र डोल्पा) को दक्षिण कर्णाली ब्युरो बन्यो । हाम्रो ब्युरोमा नयाँ ब्युरो ईन्चार्ज संगम पर्नु भयो । सबै नयाँ –नयाँ हुदाको चुनौतीको बिषय त्यत्तिकै थियो । तर पनि नयाँ ब्युरो ईन्चार्जले ब्युरोमा कार्यरत सीसीएमसंग ब्युरो बैठकको लागि परामर्ष लिनु भयो र बैठकको मिति स्थान तय गरी हेडक्वाटरसंग भेटघाट गरि फिल्ड तिर लाग्यौ ।
कपिलवस्तुबाट करिव ४ घण्टा हिडेर बाँके पुगियो । ४ दिनको तयारी पछि २०७९ माघ ५ गतेको ब्युरोको प्रथम बैठकमा जुटेऔं । ९ औं महाधिबेशन देखि अर्को १० औ महाधिबेशन सम्मको ५ बर्षलाई १० वटा आबधिक योजनामा बिभाजन गरेको थियो । हामी पहिलो आबधिक योजनाको प्रथम बैठकमा जुटेका थियौ । जिल्लामा पुगेपछि जिल्ला सेक्रेटरी क कल्पना सहित डिसिएम कमरेडहरुले कोहलपुर खाजाघरमा स्वागतको तयारी गरेको रहेछ । बिशेषगरीः नयाँ जिम्मेवारी सहित ब्युरो ईन्चार्ज क संगमको स्वागतमा सहभागी भईयो । स्वागत पछि परिचय र बैठकको बारे स्थान टुङ्गो लगाएर छुटियौ । देशै भरीको पहिला बसेको ब्युरो बैठकले जिल्ला बैठकको लागि बाँकेको लगत्तै ७ गते नै गर्ने निर्णय गर्यो । ब्युरो ईन्चार्जको प्रमुख आतिथ्यतामा बैठकमा सहभागी भयौ । केही पहिलाका केही थप गरेर ११ जना कमरेडहरु सहभागी हुनुहुन्यो । क डिल्लीलाई जेलबाट भर्खरै छोडेको थियो । उहाँ पनि सहभागी हुनुभयो र स्वागत पनि गरियो । अपरिपक्क जस्तो देखिने म झट्ट हेदा अपत्यारिलो लाग्दो देखिने भएपनि कालिकोटमा ७९ जनाको जिल्ला कमिटीको नेतृत्व गरेर गएको थिए । त्यहाँ बैठकमा भिन्नै अनुभूति भैरहन्थ्यो । तर पनि बैठक सानदार रुपमा सम्पन्न भयो । मैले कालिकोट जिल्लाको ३ महिनाको बरबुझारत गर्न बाँकी थियो । लगत्तै ब्युरो ईन्चार्जसंग परामर्ष गरेर मध्यकर्णाली व्युरोको प्रथम बैठक दैलेखमा थियो त्यहाँ पुगे । बैठकमा ब्युरो ईन्चार्ज क बिबेक, क बिराट , जिल्ला ईन्चार्ज क बलवान् र सेक्रेटरी क शाहासीसंग बसेर ३ महिनाको कारोबारको बरबुझारत गरेर क बिराट र म कालिकोट लाग्यौ । केहीदिनको बसाई पछि म बाँके फर्किए । लगत्तै जनयुद्ध दिवस फागुन १ गते आउदै थियो । तयारीमा लागियो कमरेडहरुसंगको सहकार्यको कमीले तयारी सोचे जस्तो नभएपनि फागुन १ गतेलाई व्यापक र्याली सहित १५० जतिको जनसहभागितामा खुल्ला सभा गरेर शुभकामना आदान प्रदान गरियो । साँझ दिपावलीमा पनि भब्य रुपमा सहभागी भयौ । जो पार्टी पुनर्गठनको कार्यकाल भरीको पहिलो र भब्य हो भन्ने प्रतिक्रिया थियो । अन्य रचनात्मक कार्य गर्न सम्भव पनि थिएन । त्यसपछि सहिद सप्ताह कार्यक्रममा सहभागी भयौ । बाँके जिल्लाको २ ठाँउमा सहिदपरिवारलाई सम्मान गर्ने निधो भयो । फागुन १८ गते कोहालपुर र २१ गते राप्तीसोनारीको फत्तेपुर सहिद भवनमा २ वटै ठाँउमा ६३ जना सहिद परिवारलाई काँसोको कचौरा र सम्मान पत्र दिएर सम्मान गरियो । सहिदपरिवारको भाव उज्यालो देखिन्थ्यो पार्टी छ भन्ने अनुभूति भयो भन्ने खालको प्रतिक्रिया पाईयो ।
त्यसपछि हामी संघर्षका कार्यक्रममा लाग्यौ । राष्ट्रघाती एमसीसी, मिटर ब्याजी र चर्को बैकिङ्ग ब्याजदर बिरुद्ध केन्द्रीय संघर्षको कार्यक्रम ब्युरो भरी बाँकेले सानदार रुपमा सम्पन्न गर्यो । जब सहकार्य बढ्दै गयो तब कमरेडहरुले एक अर्कालाई नजिकबाट चिन्ने र योजना वा जिम्मेवारी दिने सवालमा सजिलोपन हुँदै गयो । बाँके बसेर पहिलो दोस्रो आबधिक योजना भरी १५ महिनामा १८ दिन मात्र मेरो हाजिरी छैन । बाँकी सबै समय बाँके मै बित्यो र निरन्तर बित्यो । त्यसपछि जनतासंग सम्बन्ध बिस्तार अभियान तय गरिएको थियो । उक्त अभियान उद्घाटन बाँकेको खजुरामा गर्ने निर्णय भए बमोजिम खुल्ला कार्यक्रम गरेर अभियान उद्घाटन गरियो । उद्घाटनमा सम्पूर्ण जिल्लाकमिटी पुगे पनि निरन्तरता दिने सवालमा नसकिएको तितो यथार्तलाई मनमा भारी बनाएर बोक्दै करिव बर्षे उत्पादन बालीको तयारीमा केही दिन बित्यो । लगत्तै पार्टी एकताको विशेष बैठक हेडक्वाटरले आयोजना गर्यो र हामी कपिलबस्तु तिर लाग्यौ । जेठ महिनाको समय थियो । गर्मीले निकै सताईरहेको थियो । हामी कपिलबस्तु केन्द्रीय कार्यलयमा पुग्यौ । एकतामा सहभागी माओवादी समाजवादीका कमरेडहरु धेरै जसो पुरानै सहकर्मी अनुहार र केही फरक अनुहार पनि देखिए । एकता आफैमा हर्षको बिषय भएकाले निकै उत्साहको रौनक हल बाहिर देखिन्थ्यो । हल प्रबेश गरियो । केन्द्रीय सदस्यकमरेडहरुमा समायोजनको प्रस्ताव प्रस्तुत भयो । एकमतले गडगडाहट ताली बजाएर अनुमोदन भयो । केही नयाँ प्रस्ताव र निर्णय सहित बैठकमा गगनभेदी नारा घन्काएर बैठकको समापन गरि कार्यक्षेत्रमा लाग्यौ ।
लगत्तै जिल्लामा एकताको बैठक बस्यो । ३३ सदस्सीय जिल्लाकमिटी बन्यो । समानसहभागिताको जिल्लाकमिटी बनेपछि नयाँ उत्साहा पैदा भयो । ३ महिनासम्म पुरानै जिल्ला नेतृत्वमा रही ३ जना केन्द्रीय सदस्य र ६ जना केन्द्रीय प्रतिनिधि समिति सदस्यको टिम जिल्लामा रहेर काममा लाग्यौ । सोचेअनुसार नखट्ने समस्याको बिचबाट राजनीति बैचारिक कामहरु १ महिना लगियो । त्यसपछि उत्पादनका काममा जोडियौं । त्यसमध्य धानको बेर्ना राख्ने काममा कमरेड सेखर र म निकै दुख गरी लाग्यौ । क कल्पनाले ब्युरोको म्यानेज गर्नु भयो । बीउ हुर्किदै गयो । आकासबाट पानीको थोपा झर्ननै छोड्यो । बल्ल तल्ल श्रवण २४ गते मात्र ५ कठ्ठामा दुखका साथ धान रोपाई गरियो । ब्युरो ईन्चार्जको सहभागितामा भएको रोपाई विशेष स्मरणयोग्य छ । त्यसपछि कहिले गर्मी त कहिले झरीसंग लुकामारी गर्दै पहिलो आबाधिक योजना सकियो । झिनो संगठनात्मक उपलब्धी सहित महत्वपूर्ण राजनीतिक हस्तक्षेप र थोरै भएपनि उत्पादनको संस्कार पहिलो आबधिक योजनाका उपलब्धी हुन ।
चौथो केन्द्रीय समितिको बैठक बस्ने खबर प्रप्त भयो । हामी बैठकको लागि सम्पर्कतिर लाग्यो । जाँदै गर्दा जिल्लालाई गतिदिने बिषयमा हामी अरु कमरेडहरु बिच अनौपचारिक छलफल चलाउदै गयौ । जिल्लालाई २ वटा जिल्लामा विभाजन गर्नु पर्छ भन्ने भयो । पछि बैठकले पनि धेरै निर्णय मध्य बाँके बर्दिया र जाजरकोट लाई २÷२ जिल्लाको संरचनामा बदल्यो । त्यसरी नै नेतृत्व सेट गर्यौ र मेरो जिम्मा उत्तर बाँके जिल्लामा रहयो । रचनात्मक प्रतिस्पर्दा सहित राजनीतिक गतिबिधिले निकै तिब्रता पायो । देशैभरी नेतृत्वको दौडधुपको प्रभाव बाँकेमा पर्ने नै भयो । क महासचिव सम्मिलित ३ वटा राजनीतिक भेटघाट त कोहलपुरमै भए भने थुप्रै अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न भए । बाँके जिल्लामा पार्टी निकै स्थापित भयो । दर्जनौ पटक ब्युरो स्तरका पार्टी र जबसका बैठक प्रशिक्षणहरु कोहलपुर मै सम्पन्न भए । बैचारिक स्कुलिङ्ग कार्यक्रमहरु हप्तौ सम्म बाँकेमै संचालन गरियो । यसका अप्ठेराहरु त झेल्न सम्म झेलियो । तै पनि सहजै पार गरियो । यसको फाईदा कमै भएपनि बाँकेले राजनीतिक रुपमा लियो । समग्रमा दोस्रो आवधिक योजना पनि सानदाररुपमा सम्पन्न भयो । दुबै आबधिक योजनामा भएका उपलब्धीहरु र सिमाको बिषयमा उल्लेख गर्दा मलाई बाँके जिल्लामा म नयाँ भन्ने कुनै पनि भनुभूति भएन । बाहिरबाटै ईन्चार्ज भएर आउछन भन्ने साँगुरो घेरालाई सजिलै क्रस गरियो । बाँके जिल्लामा प्रायजसो कहि न कहिबाट झरेरै बसोबास गरेको जिल्ला हो । बर्सेनी ६ % जनसंख्या आयत हुन्छ भन्ने तथ्याङ्क लाई हेर्ने हो भने केही प्रतिशत थारु समुदाय बाहेक सबै आयतित बसोबासीहरुको जिल्ला हो । त्यसैले पनि म त्यही जिल्लाकै नागरिक भएर काम गरे र गर्नु पर्छ । बाँके यस्तो जिल्ला थियो २ दर्जन जुझारु क्रान्तिकारी कालिकोट युवाहरुले रगत बगाएको जिल्ला थियो । जनयुद्धकाल देखि थुपै्र कालिकोटे नेताहरुले बेला वेला नेतृत्व गरेको जिल्ला पनि थियो । कालिकोट र बाँकेको सम्वन्ध बर्गसंघर्ष र रगतसंग जोडिएको थियो । यसले पनि मलाई उर्जा दिएको थियो । तथापि मेरो १५ महिनाको अबधिमा धेरै अनुभवहरु गरे । कालिकोटबाट मात्रै बाँके जिल्लामा जनयुद्धको बेला सहिदहुने कमरेडहरुको सूची मसिनो गरेर केलाउन पाए । गर्भका साथ बाँकेको नेतृत्व गर्ने जागर पनि लाग्यो । बाँकेमा रगत बगाएका सहिदहरुको बिबरणलाई मैले यहाँ यसरी उल्लेख गर्नु सान्दार्भिक ठान्दछु ।
सहिदहरुको नाम ठेगाना मिति सहिद भएको स्थान
१) सुदर्शन माल्कोट २०६० /६/३ कुसुम
२) उमेश माल्कोट २०६०/६/३ कुसुम
३) क जगत÷ कुमलगाउ २०६०/४/१० बाके
४) क प्रबेश रुप्सा २०६२/२/२३ कुसुम
५) क सत्य मान्म २०६०/६/२३ कुसुम
६) क हिक्मत बिष्ट मान्म २०५९/१० /४ बाँके चिसापनी
७) क समर ( फुकोट) २०६२/११/२ चप्परगौडी बाँके
८) क पर्बत (फुकोट) २०५८/११/२० नेपालगन्ज सिमाना
९) क किश्वर (फुकोट) २०५९/११/१२ नेपालगंन्ज
१०) क बिषम (फुकोट) २०६०/६/२३ कुसुम
११) क रोचक (फुकोट) २०६०/६/२३ कुसुम
१२) क विशाल (पाँखा) २०५८/३/१९ कुसुम
१३) क मदन ( पाखा) २०६०/६/२३ कुसुम
१४) क झरना (छाप्रे) २०६० / ६/२३ कुसुम
१५) क यज्ञ (छाप्रे) २०६१/९/१२ कोहलपुर
१६) क जेम (छाप्रे) २०६१/८/१६ बैजापुर
१७) क अमर (जुबिथा) २०६२/१०/१० नेपालगंन्ज
१८) क भावना (सुकाटिया) २०६०/६/२३ कुसुम
१९) क दर्शन (चिल्खाया) २०६०/२/१४ बाँके
२०) क भिम (चिलखायाँ) २०६०/६/२३ कुसुम
२१) क उद्घाटन (चिलखायाँ) २०६२/१/४ राप्तीनदी
२२) क बिमल (ओदानाकु) २०६२/२/५ खैरीखोला
२३) क हर्के सार्की (पाखा) नेपालगन्ज
बेपत्तामा
१) क कुशुम (फुकोट) २०५९/७/९ नेपालगंन्जबाट
माथि उल्लेखित सहिदहरु मध्य जनयुद्धकालमा क समर बाँकेको डिसिएस हुनु हुन्थ्यो । उहाँ जस्ता लिडरहरु कालिकोटबाट गएर नेतृत्व गर्नु भएको थियो । कमरेड पर्वत,किशोर पनि बाँकको जिल्ला कमिटिमा थिए । जनयुद्धमा कालिकोटले ठुलो योगदान बाँकेमा गरेको छ । शान्ति प्रक्रिया पछि पनि बाँकेमा कालिकोटले नेतृत्व गरेको छ । नेकपा पुनर्गठन पछि क रणवीर (व्युरो इन्चार्ज) क समर जिल्ला इन्चार्ज ,क अडिक जिल्ला सेक्रेटरी र क रणदिप जिल्ला इन्चार्ज (आफै) गरेर ४ जनाले प्रत्यक्ष नेतृत्व गर्ने अवसर पाईएको जिल्ला हो । यसले बाँकेमा राम्रै प्रभाव छ । यी सबै कुरालाई केलाउदा बाँकेमा नयाँ जस्तो लागेन । आफूले लिएको जिम्मेवारी लाई पूरा गर्ने अठोट लिए । नत मेरो ब्यक्तिगत कुरा थियो, नत कुनै सर्त । मात्रै जिम्मेवारी पूरा कसरी गर्ने ? भन्ने चिन्ताका साथ लागियो । नेता खुसी पार्ने तर नीति लागु नगर्ने प्रबृतिसंग लडियो र सबैलाई एकढिक्का गरि कार्यकाल सुखद बिताईयो । तथापि केही तिता अनुभूतिहरु छन । जो मैले समस्याको रुपमा लिएको छु । जस्ले बढी नीति अनुशासनको कुरा गर्छ, उसैले त्यो कार्यान्वयन नगर्ने परम्पराको सामना गर्दै ईतिहासले सुम्पेको जिम्मेवारी पुरा गरियो ।
राजनीतिक रुपमामा बाँके जिल्लाको संङघर्षको आफ्नै ईतिहास छ । पंञ्चायतकालमा बाँके जिल्ला किनबेचका वस्तु जस्तो भयो । खुल्ला सीमाले अपराधीक गतिविधि बढने जिल्लाको रुपमा स्थापित भयो । अहिले पनि समस्या जारी छ । तर विद्रोही जनता भएको जिल्ला होे । सचेत नागरिकहरु बस्ने जिल्ला हो । विभिन्न ठाँउ र विभिन्न विचार बोकेर वसेका नागरिकको जिल्ला हो । यसलाई संगठित गर्नु सामान्य कुरा छैन । बहुदलपछि बाँके राष्ट्रिय राजनीतिको निर्णायक ठाँउमा उभियो । जनयुद्धकालमा पश्चिमको बर्गषंघर्षको मुटुको रुपमा उभियो । एकीकृत जनक्रान्तिमा पनि आफ्नो भूमिका पुरा गर्ने कोशिस गर्दैछ । जति ऐतिहासिक भूमिका खेलेको छ त्यति नकारात्मक घटनाक्रम पनि देखिनु स्वभाविक हो । दलाली, तस्करी र मिटरब्याजी भारतीय दबदबाहा देखि अबैध कारोबार ठगीधन्दा, गुटगत मनस्थिति भेगियता तथा क्षेत्रियता, संकिणता यस जिल्लाका समस्या हुन । यसलाई चिर्दै जानुपर्छ । यी सबै समस्याबाट मुक्त गर्न र समाजवादी क्रान्तिको भूमिका पुरा गर्न रुपान्तरणको विकल्प छैन । अहिले पनि समाजवादी क्रान्तिको निर्णायक केन्द्रको रुपमा बाँकेलाई स्थापित गर्न सकिनेमा कुनै दुईमत छैन ।