१० कार्तिक २०८१, शनिबार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको बन्दसत्र सुरु

0

चितवन– नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनको बन्दसत्र सुरु भएको छ ।
बुधबार चितवनको नारायणगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा आठौं राष्ट्रिय सम्मेलनको बन्दसत्र सुरु भएको हो ।
मङ्गलबार सोही स्थानमा नेकपाका स्थायी समिति सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज विषम सीको प्रमुख आतिथ्यता तथा स्थायी समिति सदस्य अनिल सी, स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज शिलु सीको विशेष उपस्थितिमा उद्घाटन गरिएको सम्मेलनको बन्दसत्रमा आज (बुधबार) देशैभरका २ सय भन्दाबढी महासंघ निकट प्रतिनिधि प्रयवेक्षकहरुको सहभागितामा रहेको महासंघका राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक श्याम सीले बताएका हुन् ।
अध्यक्ष मण्डलका अध्यक्ष पुर्ण सीको अध्यक्षतामा सुरु भएको वन्दसत्रको संचालन अध्यक्ष आफैले गरिरहेका छन् । मण्डलका सदस्यहरुमा देवि सी, रामचन्द्र सी, धर्म सी लगाएत रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।