२२ भाद्र २०८१, शनिबार

क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय सम्मेलन: महासंघको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत हुँदै

0

चितवन– नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनको बन्दसत्रमा महासंघको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत भैरहेको छ।
केहिबेर अघि पुर्ण सीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा महासंघका निवर्तमान संयोजक श्याम सीद्वारा नेपालको वर्तमान राजनितिक अबस्था, विश्वमा भएका मजदुरहरुको अबस्था,नेपाली श्रमिक मजदुरहरुको अवस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति ट्रेड युनियन अधिकार, विज्ञान प्रविधिको विकासले नेपाल लगाएत विश्व श्रमिक मजदुरहरुलाई पारेको प्रभाव लगाएतका बिषय समेटेर तयार पारिएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत भैरहेको हो ।
नेकपाका स्थायी समिति सदस्य विषम सीको प्रमुख आतिथ्यता तथा स्थायी समिति सदस्य शिलु सी, भृकुटी सी, जिवन्त सी, लगाएकता केन्द्रीय सदस्यहरुको आतिथ्यताबाट सुरु भएको बन्दसत्र बिहीबार साँझसम्म चल्ने आयोजकले जनाएको छ ।
बन्दसत्रको सुरुवातमै बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्षले पुरानो समिती भङ्ग भएको घोषणा भैसकेको छ।फ्याक्सन इन्चार्ज शिलु सीका अनुसार प्रतिवेदन प्रस्तुत सकिए लगतै प्रस्तुत प्रतिवेदनमाथी समुहगत छलफल गरि छलफलको निस्कर्ष अनि प्रतिनिधि प्रवेक्षकहरुको सुझावलाई समेटेर प्रतिवेदन पारित गरि सत्रको अर्को चरणमा प्रवेश गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।