३ आश्विन २०८१, बिहीबार

सुर्खेतको रातानाङ्गला नजिकै जिप दुर्घटना, ४ जनाको मृत्यु

0

सुर्खेत । सुर्खेतको रातानाङ्गला नजिकै आज बिहान जिप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले पुष्टि गरेको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत रातानाङ्गला नजिकै विहान २ बजे दुर्घटना भएको हो ।
प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । घटना ढिलो गरी मात्रै थाह भएकाले समयमै उद्धार कार्य हुनसकेन । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ ।

जिपमा ८ जना यात्रु सवार रहेको अनुमान गरिएको छ । प्रहरीले मृतकका शवहरु खोजिगरी सडकमा ल्याउने काम गरिरहेको बताएको छ । मृतकको सनाखत भएको छैन ।

घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको छ । घाइतेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका–३ का अन्दाजी २८÷२९ वर्षका नरी कामी र खाडाचक्र नगरपालिका–९ पाखाका नरेन्द्र विष्ट छन् ।
उनीहरूको विरेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको सुर्खेतका डिएसपी विरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।