३१ भाद्र २०८१, सोमबार

अपडेटः सुर्खेत जिप दुर्घटनाका मृतक ४ जनाकै सनाखत

0

सुर्खेत ।  सुर्खेतको रातानाङ्गला नजिकै टाकुरी मोडमा जिप दुर्घटना परि मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा कालिकोट शुभकालिका –३ भर्ताका बर्ष ४५ का तन्त बिक, उनका बर्ष २१ का छोरा बिरेन्द्र बिक, बर्ष २७ का नमराज बिक रहेका छन् । त्यस्तै दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका– ४ घरभएका वर्ष ३४ का महेन्द्र शाही पनि रहेको प्रहरीले जनाएको छ ।

आज विहान २ बजेतिर भे १ च २५६० नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सुर्खेतबाट कालिकोट जानको लागि छुटेको थियो ।
दुर्घटनामा घाइते भएका जिप चालक कालीकोट खाँडाचक्र–९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका–३ भर्ताका ३८ वर्षीय नरी कामीको प्रादेशिक अस्पतालमा सुर्खेतमा उपचार भइरहेको छ ।

८ जना अनुमान गरिएपनि ६ जना सवार जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।