२२ भाद्र २०८१, शनिबार

नेकपा कालिकोटद्धारा सुर्खेत टाकुरीमा भएको जिप दुर्घटनाप्रति गहिरो दुख व्यक्त

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले सुर्खेतको रातानाङ्गला नजिकै टाकुरी मोडमा जिप दुर्घटना भई ४ जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गरेको छ ।

नेकपा कालिकोटका जिल्ला सेक्रेटरी बलवान सीले विहिवार एक प्रेश विज्ञिप्त जारी गर्दै जिप दुर्घटनामा भएको मानवीय क्षेतिप्रति जिल्ला पार्टी दुखि तथा स्तब्ध भएको उल्लेख गरेका हुन ।

नेकपाले जारी विज्ञप्तिमार्फत दुर्घटनामा मृत्यु भएका शुभकालिका –३ भर्ताका बर्ष ४५ का तन्त बिक, उनका बर्ष २१ का छोरा बिरेन्द्र बिक, बर्ष २७ का नमराज बिक र दैलेखको भैरवी गाउँपालिका– ४ घरभएका वर्ष ३४ का महेन्द्र शाहीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

नेकपाले दुर्घटनामा घाइते भएका जिप चालक कालीकोट खाँडाचक्र–९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका–३ भर्ताका ३८ वर्षीय नरी कामीको शिघ्र स्वास्थ्य लाभको काम गरेको छ । जारी विज्ञप्तिमा मृतकका घरपरिवारप्रति गहिरो समवेदना व्यक्ति गर्दै नेकपाले दुर्घटनाका पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग पनि गरेको छ ।

विहिवार विहान २ बजेतिर भे १ च २५६० नम्बरको जिप सुर्खेतबाट कालिकोट जानेक्रममा दुर्घटनामा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।