२३ भाद्र २०८१, आईतवार

नेपालमा बदनाम नभएको एकमात्र पार्टी नेकपा हो : प्रदिप सी

0

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य प्रदिप सीले नेपालमा बदनाम नभएको एकमात्र पार्टी नेकपा भएको ठोकुवा गरेका छन् ।
शनिबार तुलसीपुर ४ लामिदमारमा पार्टीको ४ नं. वडा कमिटीको बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता प्रदिपले उक्त कुरा बताएका हुन् ।

नेकपा दाङ क्षेत्र नं. ३ इन्चार्जसमेत रहेका प्रदिपले भने– ‘नेपालमा बदनाम नभएको पार्टी हाम्रो हो । हाम्रो पार्टीका बारेमा कसैले केही आरोप लगाउन सक्छ ? त्यो कसैले सक्दैन । नेपालमा ठुला पुराना भनिएका र नयाँ आएका जोगीहरुका कथाव्यथा उस्तै छन् । सबै दल र तिनका नेताकार्यकर्ता चुर्लुम्म भ्रष्टाचारमा डुबेका छन् । कुनै पार्टी, कोहि मान्छे चोखो छैन्, सबै कुनै न कुनै काण्डमा मुछिएका छन् । नयाँ भनिएका रविहरु झन् बेस्सरी गन्हाएका छन् । त्यसैले यी पार्टी र यो व्यवस्थाबाट समृद्धि र सुशासन सम्भव छैन ।’

हाम्रो पार्टी आफ्नै श्रममा बाँचेको छ, उनले भने,‘ हाम्रो पार्टीको नीति आत्मनिर्भर उत्पादन प्रणालीको हो ।महासचिवदेखि तल्लो तहका नेताकार्यकर्तासम्म हामी उत्पादनमा जोडिएका छौँ । हामी आफ्नै पौरखमा र पसिनामा बाँचेका छौँ , पार्टी पनि सञ्चालन गरेका छौँ ।जब नेता श्रममा जोडिदैन ऊ परनिर्भर बन्छ अनि भ्रष्टाचारको सुरुवात त्यहीँबाट हुन्छ । आफू आत्मनिर्भर नहुने हो भने विदेशीको गुलामी गर्नुपर्ने हुन्छ वा भ्रष्टाचार त्यो हामी गर्न चाहदैनौँ । हामी पार्टीका नेताकार्यकर्ता मात्रै होइन जनतालाई पनि संगसंगै यो अभियानमा हिडाएका छौँ । राजनीतिक क्रान्तिसंगै आर्थिक क्रान्तिलाई अगाडि बढाएका छौँ । हाम्रो त अपिल छ नेपालका सबै पार्टीहरु उत्पादनमा सहभागी बनुन् र यो देशलाई आत्मनिर्भर बनाउने अभियानमा लागुन् ।’

हामी हाम्रै तरिकाले लडिरहेका छौँ , उनले फेरि भने– ‘ यहाँका प्रतिक्रियावादी र विदेशी साम्राज्यवादीहरुले कम्युनिस्ट जनता, कार्यकर्तालाई निराश बनाउन हाम्रा विरुद्ध अनेकौं प्रचारबाजी गरेका छन्, त्यो कुरा सत्य होइन । अमेरिकी साम्राज्यवाद नेपालमा कम्युनिस्टहरुको रातो झण्डालाई समाप्त पार्ने योजनासहित आएको छ त्यसका विरुद्धमा हामी हाम्रै तरिकाले लडिरहेका छौँ । दुश्मनलाई झन् सजिलो बनाइदिने गरि सोच्नु हुँदैन, उसको योजनालाई विफल बनाइदिनुपर्छ । अब नेपालका कम्युनिस्ट, वामपन्थी, देशभक्त, सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरु एकजुट हुने बेला आएको छ । मुलुकमा दुईवटा खतरा बढिरहेका छन्, एउटा प्रतिगमनको खतरा छ भने अर्कोतिर अमेरिकाले एमसिसीमार्फत नेपाललाई युक्रेन बनाउने रणनीति अख्तियार गरेको छ । अब कम्युनिस्टहरु साम्राज्यवादका विरुद्ध संयुक्त मोर्चाबन्दी गरेर लड्नुपर्छ । जनमतबाट होस् या विद्रोहबाट किन नहोस् साम्राज्यवादी योजना सफल हुन दिनुहुँदैन ।’

नेता प्रदिप सीले नेकपाले ०८४ को निर्वाचनलाई संघर्षको मोर्चा बनाएर समाजवादी अभियानको रुपमा प्रयोग गर्ने समेत बताए ।

उनले भने,– ‘हामीलाई जनमत विरोधीको आरोप लगाइन्छ तर हामी जनतम विरोधी होइन । नेकपा जनमत विरोधी वा निर्वाचन विरोधी पार्टी होइन । हामी अहिलेको राज्यव्यवस्थाको अन्त्य चाहन्छौँ र यसलाई समाजवादमा रुपान्तरण गर्न चाहन्छौँ । हामीले राज्यलाई विकल्प दिएका छौँ जनतमसंग्रहको विकल्प , संविधान संशाेधनको विकल्प वा बिद्रोहको बाटो जेबाट भएपनि हामी तयार छौँ तर यो अहिलेको संसदीय व्यवस्थाले जनताको अधिकारको प्रतिनिधित्व गर्न सकेन, शान्ति, समृद्धि र स्वाधीनताको रक्षा गर्न सकेन । जनतमसंग्रह भनेको जनतम लिने कुरा हो त्यसमा हामी तयार छौँ तर राज्य भागिरहेको छ । डर हामीमा होइन समाजवादी एजेन्डामा अहिलेको दलाल राज्यको पराजय निस्चित हुन्छ भनेर उनिहरु भागेका हुन् । हामी ०८४ को निर्वाचन पनि प्रयोग गर्छौं । कम्युनिस्ट जनमतका विरुद्ध साम्राज्यवादको रणनीति कुनैपनि हालतमा सफल हुन दिदैनौँ । कम्युनिस्ट जनमतलाई जोगाउन , साम्राज्यवादी रणनीतिलाई रोक्न संघर्षको मोर्चा बनाएर समाजवादी अभियानका रुपमा निर्वाचन प्रयोग गर्ने निर्णय गरेका छौँ। जनताले एकपटक हाम्रो नेतृत्व र पार्टीलाई भरपुर विश्वास गर्नेछन् ।’

यस्तै बैठकमा प्रशिक्षण मन्तव्य राख्दै पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले पार्टीको ६ महिने आवधिक योजनालाई सफल पार्न नेताकार्यकर्तालाई निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।