३१ भाद्र २०८१, सोमबार

रेशम चौधरीको पार्टीका जिल्ला अध्यक्ष र माओवादी केन्द्रका वडा सचिव नेकपामा समाहित

0

दाङ । दाङमा विभिन्न पार्टीका दुई नेता विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
शनिबार नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले विभिन्न फरक पार्टीका दुई नेता पार्टीमा समाहित भएको बताएका छन् ।

पार्टीमा समाहित हुनेमा रेशम चौधरीले नेतृत्व गरिरहेको नागरिक उन्मुक्ति पार्टीका दाङ जिल्ला अध्यक्ष पुराना कम्युनिस्ट नेता राम प्रसाद चौधरी र नेकपा (माओवादी) केन्द्र घोराही -८ का वडा सचिव सेनापती चौधरी नेकपामा समाहित भएको जानकारी दिएका हुन् ।

घोराही – ८ बुधौराका पुराना कम्युनिस्ट नेता राम प्रसाद चौधरी माओवादी आन्दोलनमा पैदा भएको विचलनका विरुद्ध आक्रोशित भएर पार्टी छोडेपछि, रेशम चौधरीले नेतृत्व गरिरहेको पार्टी नागरिक उन्मुक्ति पार्टीको दाङ जिल्ला अध्यक्षको जिम्मेवारीमा रहनु भएका गत निर्वाचनमा उक्त पार्टीको लुम्बिनी प्रदेश सभाको उम्मेदवार समेत बन्नुभएका चौधरीसँग गहिरो छलफल भएको र उहाँले नेपाल कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय गरेपछि हार्दिकतापूर्वक स्वागत गरिएको नेता सविनले जानकारी गराएका छन् ।

नेता सविनले जनतामा व्याप्त नैराश्यता, आक्रोश र अस्थिरतालाई समाजवादी सपना, व्यवहार र आदर्श आचरणले मात्र विश्वास र स्थिरता कायम गर्दै जाने विश्वास समेत व्यक्त गरेका छन् ।

कम्युनिस्ट आन्दोलन र माओवादी आन्दोलनको एकता/ पुनर्गठनको लागि सबैले सकेको योगदान गर्न उनले अपिल समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।