२२ भाद्र २०८१, शनिबार

कर्णाली-काठमाडौं समाजवादी सम्पर्क मञ्चको प्रथम पुर्ण बैठक सम्पन्न

0


नेपाल कम्युनिस्ट पार्टी अन्तर्गत कर्णाली समाजवादी सम्पर्क मञ्चको प्रथम पुर्ण बैठक केन्द्रिय कार्यलय काठमाडौं बुद्धनगरमा सम्पन्न भएको छ । महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले सम्पर्क मञ्चलाई व्यवस्थित र प्रभावकारी बनाउने निर्देशन दिएका छन् । बैठकले ६ महिने पार्टीको आन्तरिक संगठन शुद्धीकरण तथा जनसम्बन्ध विस्तार अभियान प्रभावकारी बनाउने निर्णय गरेको छ । साथै राष्ट्रिय स्वाधीनता ,जनताका जनजीविका लगायतका विषयमा जनसंघर्ष सञ्चालन गर्ने साथै साम्राज्यवाद विरोधी पार्टी,शक्तिहरु संग सहकार्य र मोर्चाबन्दी गर्ने
साथै माओवादी धारहरु विचमा धुर्विकरण गर्ने,कम्युनिस्ट ध्रुवीकरणलाई व्यापक बनाउन भुमिका खेल्ने बैठक निर्णय गरेको छ । बैठक को अध्यक्षता कर्णाली – काठमाडौ समाजवादी सम्पर्क मञ्चका इन्चार्ज सुसिल सी ले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।