३१ भाद्र २०८१, सोमबार

युवा सङ्गठन नवलपूरद्वारा बन्द रहेका उधोग सन्चालन माग गर्दै बिरोध प्रदर्शन

0

नेपाल कम्युनिष्ट पार्टी को युवा सङ्गठन युवा सङ्गठन नेपाल नवलपूरले बेरोजगार युवालाइ रोजगार माग गर्दै प्रदर्शन गरेको छ ।


युवा सङ्गठन गण्डकी प्रदेशको निर्णय बमोजिम सोमबार आयोजित बिरोध सभामा बोल्दै युवा सङ्गठन का केन्द्रीय सदस्य एव नवलपूर जिल्ला इन्चार्ज अर्पण सी ले दलाल सम्सदीय ब्यवस्थाले निकास नदिने र नेपाली बिशेषताको समाजवादको लागी सबै राजनितिक दल एक ठाउँ आउनुपर्ने बताए ।

उनले देशमा रोजगारीको अवस्था दयनीय रहेको बताउदै राज्यले युवा पलायन रोक्न गम्भीर बन्नुपर्ने बताए । उनले गाउगाउमा आएको सिंहदरबार ले करको बोझमात्रै थपेको तर युवालाई सीपमूलक तालिम र अवसरभने नदिएको आरोप लगाए, उनले देशमा बन्द रहेका ठूला राष्ट्रीय उधोगहरु तत्काल सन्चालन गर्नुपर्नेमा जोड दिए ।

बेरोजगार युवालाई रोजगारको ग्यारेन्टी गर, बन्द रहेका राष्ट्रीय उधोग सन्चालन गर भन्ने नारासहितको ब्यानरसहित जिल्लाको कावासोती नगरपालिका स्थित फलफूल चोकबाट सुरु भएको र्याली सभापति चोकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रम अर्जुन सीले सन्चालन गरेका थिए ।


 

युवा सङ्गठन ले गरेको बिरोधसभामा स्थानीय मानिसहरुको समेत उलेख्य उपस्थिती रहेको र धेरैले आन्दोलनप्रती एक्यबद्दता जनाएको पार्टी जिल्ला सेक्रेटरी सुमन सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।