२३ भाद्र २०८१, आईतवार

बेपत्ता योद्धा सार्वजनिक गर्न सकेनौँ, क्षमा चाहन्छौँ : हितराज पाण्डे

0

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका नेता तथा संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले माओवादी बेला –बेला सरकारमा गएर पनि जनयुद्धका बेपत्ता योद्धाहरु सार्वजनिक गर्न नसेकोप्रति क्षमा याचना गरेका छन् ।
काठमाडौको प्रज्ञा भवनमा बेपत्ता परिवार समाज र विपिन भण्डारी फाउण्डेसनले आयोजना गरेको ‘बेपत्ता नागरिक सार्वजनिककरण र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै प्रमुख सचेतक पाण्डेले बेपत्ता योद्धाहरुको सार्वजनिक गर्न नसकेकोमा क्षमा याचना गरेका हुन् ।
उनले जनयुद्धका सहिदहरुको नामहरु राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिद घोषणा गर्न सफल भएपनि बेपत्ता योद्धाहरु सार्वजनिक गर्न नसकिएको स्वीकार गरे । उनले माओवादीले मात्र एक्लै चाहेर पनि शान्ति प्रक्रियाका कामहरु गर्न नसकेको र टिआरसी विद्येयक अट्किएर बसेको जानकारी दिए ।
उनले भने ‘निरासा हुनु हुदैन,हामी लडिरहेका छौ, टिआरसी विद्येयक पास गरेर शान्ति प्रक्रियाका कामहरु पुरा गर्छौ,वेपत्ता योद्धाहरुको अवस्था पनि सार्वजनिक गर्छौ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।