२३ भाद्र २०८१, आईतवार

सत्ताको भर्याङ्ग टिआरसी विधेयक बनाउनु हुँदैन : प्रकाश ज्वाला

0

काठमाडौं । नेकपा एकीकृत (समाजवादी) पार्टीका नेता प्रकाश ज्वालाले शान्ति प्रक्रियाका बाँकी कामहरु पुरा गर्न बनेको विचाराधिन टिआरसी विधेयक सत्ताको भर्याङ्ग बनाउन नहुने बताएका छन् ।
काठमाडौको प्रज्ञा भवनमा बेपत्ता परिवार समाज र विपिन भण्डारी फाउण्डेसनले आयोजना गरेको ‘बेपत्ता नागरिक सार्वजनिककरण र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै उनले टिआरसी विधेयकलाई सत्ताको भर्याङ्ग बनाउन नहुने बताएका हुन् ।
उनले भने ‘सत्तामा हुदा विधेयक पारित गर्छौ, गर्नु पर्छ भन्ने तर सत्ता बाहिर आउदा पारित गर्नमा असहयोग गर्ने काम भयो । यो सत्ताको भर्याङ्ग बनाउन हुँदैन ।’
उनले जनयुद्धको बेला बेपत्ता भएका सबै योद्धाहरुको यथाशिघ्र सार्वजनिक गर्न माग गरे । शान्ति सम्झौतामा हस्ताक्षर गरेको ६० दिन भित्र बेपत्ता योद्धाहरुको सार्वजनिक गर्ने सहमति भएपनि शान्ति सम्झौता भएको १८ बर्ष सम्म पूरा नहुनु दुखत भएको बताए ।
उनले बेपत्ताहरुको स्थिति सार्वजनिक गर्न परिवारजनहरुले आन्दोलन गर्नु पर्ने पनि बताए । बेपत्ता योद्धा विपिन भण्डारीसंग काठमाडौं बस्दा संगै बसेको स्मरण गर्दै विपिन निकै राष्ट्रप्रति माया र सम्भावना भएको व्यक्ति भएको टिप्पणी गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।