२३ भाद्र २०८१, आईतवार

प्रवक्ता प्रकाण्ड र नेकपा (एस)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको छ । भेटमा जटिल बन्दै गईरहेको राष्ट्रिय राजनीति र त्यसको समाधानका बारेमा छलफल भएको बताइएको छ ।
देशको राष्ट्रिय राजनीति, पछिल्लो समय बढ्दै गएको साम्राज्यवादी हस्तक्षेप, भ्रष्टाचार, कमिशनको खेल र त्यसले अर्थतन्त्रमा पैदा गरेको संकट र जनताको पीडादायी जीवनको बारेमा गम्भीर छलफल हुनुको साथै ति समस्या समाधानको लागि नयाँ र अग्रगामी पहल गर्नु पर्ने जिम्मेवारी दुई पार्टीको काँधमा आएको बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
साथै भेटमा समाजवादी मोर्चाका बारेमा समेत छलफल भएको थियोे भने एकीकृत समाजवादीको महाधिवेशनको शुभकामना समेत प्रवक्ता प्रकाण्डले दिनुभएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।