७ बैशाख २०८१, शुक्रबार

नेकपाका प्रवक्ता प्रकाण्ड सी र पूर्वप्रधानमन्त्री नेपालबिच भेटवार्ता

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधब कुमार नेपालबीच आज भेटवार्ता भएको छ । नेकपा (एकीकृत समाजवादी)को केन्दीय कार्यालय आलोक नगरमा भएको उक्त भेटवार्तामा नक्कली भुटानी शरणार्थी प्रकरणका बिषयमा गम्भीर छलफल भएको बताइएको छ। उक्त भेटवार्तामा नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर अपराध भएको ,यो राष्ट्रघाती , जनघाती र ठगि जस्तो आपराधिक कार्य भएकोले यसको तथ्यपरक ढंगले छानविन गरि दोषीलाई निर्ममतापुर्वक कारवाही गर्नु पर्ने बिषयमा कुराकानी भएको बताइएको छ।

भेटवार्ताको क्रममा नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजनीतिकरण गरेर बदलाभावको मनोबृतिले काम गर्न नहुने बिषयमा छलफल हुनुका साथै यो बिषयलाई लिएर बिदेशी शक्ति आकर्षित हुने र हस्तक्षेप बढ्न सक्ने तर्फ चनाखो हुँदै यसको निरुपण गर्ने सवालमा राष्ट्रिय आत्मसमर्पण गर्ने खतराप्रति समेत सरकार , आम राजनीतिक दल , नेता र जनता सचेत हुनुपर्ने बिषयमा  छलफल भएको बताइएको छ।

उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष  नेपाल नक्कली भुटानी शरणार्थी प्रकरणले यो व्यवस्थामा आएको संकटलाई उत्कर्षमा पुर्याएको बिश्लेषण गर्दै संसदीय व्यवस्थाको अन्त्य गरेर बैज्ञानिक समाजवाद स्थापना गर्नु नै वर्तमान संकटको सहि निकास हुनेमा दुवै नेता सहमत भएको बताइएको छ।

त्यस्तै छलफलको क्रममा वर्तमान राजनीतिक संकट समाधानको पहलकदमी कम्युनिस्टहरुले लिन जरुरी भएको निष्कर्ष निकाल्दै यसको लागि तत्काल समाजवादी मोर्चा बनाएर अघि बढ्ने सहमति समेत भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।