३१ भाद्र २०८१, सोमबार

गठबन्धन सरकार ढल्दै ओली प्रधानमन्त्री बन्ने

0

प्रचण्ड–ओली गठबन्धन सरकार बनेकै दिनदेखि गठबन्धन भत्काउने प्रयास कांग्रेसले तिव्र पारेको थियो । पहिलो प्रयत्न स्वरूप उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाउने र दोस्रो पटक माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी कांग्रेसले मुभ गरेको बताइन्छ । त्यो प्रयास असफल मात्र भएन । उल्टेै उपेन्द्र यादवको पार्टी विभाजित भयो भने नेकपा (एस) विभाजनको डिलमा पुगेर बच्यो । त्यसपछि मात्र देउवा ओलीलाई प्रम दिन तयार भए । देउवा र ओली पालैपालो प्रम बन्नेगरी अन्तिम सहमति भएपछि सोमबार ओली–देउवा बालकोट भेटबाट खुला रुपमा हुनु अघि दोश्रो वरियताका दुवै दलका नेताहरुको बाक्लो दौडधूप भएको थियो ।

संसदमा कांग्रेसको ८८ र एमालेको ७८ गरी १६६ सिट रहेको छ । सरकार गठन‌का लागि १३८ सांसदको समर्थन आवश्यक हुन्छ । एमाले र कांग्रेस गठबन्धन सरकार बन्ने स्थितिमा सरकार प्रतिपक्ष विहिन निर्दलिय बन्न जानेछ । नेपाल निर्दलिय ‘संसदवाद’को शिकार हुनेछ ।

सोमबार बिहान ओलीले प्रम प्रचण्डलाई गठबन्धन ढल्ने जनाउ दिइसकेका छन् । सोमबार राती अबेर देउवा र ओली दुवैले पालैपालो राष्ट्रपति पाेडैलसँग परामर्श गरिसकेका छन् । प्रचण्डले भने माधव नेपाललाई प्रम बनाउन र् देउवा –प्रचण्ड दुबैले समर्थन गर्ने, दोस्रो चरणमा देउवालाई नै प्रम दिने गरी सहमति गर्ने ‘मुभ’ गरेका थिए । तर यो प्रयास पनि असफल भएको सूत्रहरूको दाबि छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।