 
                नेपाल कम्युनिष्ट पार्टी का स्थायी समिति सदस्य गण्डकी प्रदेशका ईन्चार्ज आईतबार उमा सी आईबार बिहानै हातमा कुटो लिएर काक्रा गोड्दै हुनुहुन्थ्यो ।

आईतबार दिनभर जस्तै वहाले खेतमा घरी तरकारीको लागी ड्याङ्ग बनाईरहनुभएको थियो त घरी खेतका आली र कान्लाहरु खनिरहनुभएको थियो ।
चर्को घाममा पसिनाले निथ्रुक्कै भिजेकी नेतृ शिलुले घाममा घुम टोपी लाएरै भएपनी दिनभरी खेतको माटोसगै खेलिरहनुभयो ।
त्यस्तै नेकपाका केन्द्रीय सदस्य एव गण्डकी प्रदेशका कार्यालय सचिव विकिरण सीपनि खुट्टामा पट्टी बाधेर कोदालोले लिएर यताउता गरिरहनुभएको थियो ।

शनिवारदेखी नै काक्राहरुलाई आधुनिक धाक्रा (झ्याक्क्रा) लगाउन बास काट्ने गाड्ने र डोरीले धाक्रा बनाउने काममा सक्रीय विकिरण दिनभर सुनकागती, तेजपत्ता, धुपीसल्ला, अशोक, धुपी, शित्तल चिनि,बर्ओ, बेल, अमला, रक्तचन्दन, अगररुख लगायत जडिबुटी र फलफूलका बिरुवा जुटाउन दौडधुप गरिरहनुभएको थियो ।

केही समयमा बागबानी विकास स्रोत केन्द्र र डिभिजन बन कार्यालय मार्फत झण्डै १०० वटा बिरुवा आए । तरकारीको लागी टनेल निर्माणको लागी पनी उहाको सक्रीयता उत्तिकै थियो ।
 त्यस्तै पार्टीकै केन्द्रीय सदस्य उषा सी पनी काक्राका धाक्राहरु लगाउने र जोताएको खेतहरुमा मल फाल्नेदेखी खेत खेन्ने काममा लागिरहनुभएको थियो । 
 
युवा सङ्गठन नेपाल गण्डकी प्रदेशका इन्चार्ज बिबेक बिक्रम सी ले खेतका आलिहरु तास्दै टनेलका लागी भाटाहरु पुर्याईरहनुभएको थियो । पार्टीका गोखरा जिल्ला सेक्रेटरी काजी सी भाटा चिर्दै टनेललाई सहयोग गरिरहेका थिए भने
 पार्टीका गोखरा जिल्ला सेक्रेटरी काजी सी भाटा चिर्दै टनेललाई सहयोग गरिरहेका थिए भने
मनाङका सेक्रेटरी विजय सी ले ड्याङ्ग बनाउन बेल्चाले माटो फालिरहेका थिए ।

अखिल ( समाजवादी) का प्रदेस सह- ईन्चार्ज डिबी र युवा सङ्गठनका केन्द्रीय सदस्य एव पर्वत ईन्चार्ज सन्दीप सी टनेल निर्माणको लागी दिनभरजसो भाटा बाध्ने र टनेललाई तयार गर्ने काममा ब्यस्त देखिन्थे । विधार्थी सङ्गठन गोरखाका ईन्चार्ज भिषण सी घरी खेतमा घरी टनेलमा सहयोग गरिरहनु भएको थियो ।
 विधार्थी सङ्गठन गोरखाका ईन्चार्ज भिषण सी घरी खेतमा घरी टनेलमा सहयोग गरिरहनु भएको थियो ।  जनसेवककी पार्वती सी ले मेसमा र खेतमा पनि सहयोग गरिरहनुभएको थियो ।
जनसेवककी पार्वती सी ले मेसमा र खेतमा पनि सहयोग गरिरहनुभएको थियो ।
अन्य थुप्रै नेता कार्यकर्ताहरु कोही मेसमा हुनुहुन्थ्यो कोही खेतमा हुनुहुथ्यो । आइतबारको गण्डकी प्रदेश परिसर कार्यालयको रौनक अर्कै देखिथ्यो ।

आईतबार मात्रै होईन असार महिना लागेपछी नै स्थानीय पार्टीका नेता कार्यकर्ताहरु नियमितजस्तै गण्डकी पार्टी कार्यालयको परिसरमा पुग्छ्न र केही न केही काममा हात लगाउछ्न ।

 कास्कीको पोखरा उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको झण्डै १५ रोपनी जग्गासहित ९ कोठे घर भाडामा लिएर नेकपा गण्डकी प्रदेशले आवाससहित उत्पादनमा आफ्नो ध्यान केन्द्रीत गरिरहेको देख्न सकिन्छ ।  
 
ठूलो क्म्पाउन्डसहितको घर ,  घर वरिपरी आप ,  कटहर,  एभोकाडो ले हरियाली देखिन्छ । आगन छेउमै झण्डै साढे दुई रोपनी क्षेत्रमा काक्रा कुनै फूल खेलिरहेका छ्न कुनै धाक्रामा लहरिन थालेका छ्न । 
 
बेली जातका ब्यबसायीक काक्रा बजार मूल्य निकै राम्रो भएको काक्रा मानिन्छ । काक्राको लागी बनाइएको आधुनिक धाक्राहरुको लहर निकै आकर्षक देखिन्छ । 
 
नजिकै ७ रोपनी क्षेत्रमा धान रोपिसकिएको छ । कार्यालयको दाया छेउमा एउटा ठूलो टनेल निर्माण सकिएको छ भने अर्को आधुनिक हाईटेक टनेल पनी बनाउने योजना छ । 
 
टनेल भन्दा तल्लो खेतमा बोडी,  भिण्डी ,  तिहारे फूल,  अकबरे खुर्सानी ,  हरियो धनिया लगायतको लागी खेत जोताएर ड्याङ्ग बनाईसकिएको छ । नेकपाको प्रदेश कार्यालयमा बसेर परिसर हेर्दा कुनै ब्यबस्थित अर्गानिक कृषी फर्मको नमुनाजस्तै देखिन्छ । 
 
पार्टीले एउटा खेतमा दुई सय जनासम्म अट्ने क्षमताको सभाहल, ब्याडमिन्टन कोर्ट लगायत खेल मैदान पनि बनाउने तयारी गरिरहेको ईन्चार्ज उमा सी ले जानकारि दिनुभयो । बर्षायामको बेला सार्न सकिने दीर्घकालिन महत्वका फलफूल तथा जडिबुटीका बिरुवाहरु पनि लगाउने तयारी भैरहेको छ । तस्वीरमा हेर्नुस नेकपा गण्डकी प्रदेशको उत्पादन :
 
  
  
  
  
  
 
