३१ भाद्र २०८१, सोमबार

महासचिव विप्लव र क्युबाका कार्यबाहक राजदूत अबेल अबेलाबिच भेटघाट

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र नेपालका लागि क्वुबाका कार्यबाहक राजदूत अबेल अबेलाबिच बुधबार बिहान भेटघाट भएको छ ।

ललितपुर हरिसिद्धीस्थित महासचिव निवासमा भएको भेटमा महासचिव विप्लवले र क्युबाका कार्यबाहक राजदूत अबेल अबेलासंग साम्राज्यवादविरुद्ध क्युबाली जनताको सङ्घर्षप्रति बलियो ऐक्यबद्धता व्यक्त गरेका थिए ।
साथै भेटवार्तामा नेपाली क्रान्तिका लागि क्युबा र नेपालबिच महत्त्वपूर्ण समन्वय आवश्यक रहेको बताइएको थियोे ।
भेटमा क्युबाको शिक्षा, राजनीतिलाई नेपाली मौलिकतामा समन्वय गरेर अगाडि बढ्नु आवश्यक रहेको र त्यसमा आफूहरू सकारात्मक रहेको विप्लवले बताए ।
भेटमा नेकपाका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर सी, नेकपाका केन्द्रीय सदस्य प्रकाश सी, नरेन्द्र सी लगायतको उपस्थिति रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।