१४ बैशाख २०८१, शुक्रबार

नेकपा महासचिव विप्लव र पुर्वप्रधानमन्त्री खनालबिच भेटवार्ता

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लब सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच आज साँझ भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा देशको वर्तमान राजनीतिक- आर्थिक s संकट, समसामयिक परिस्थिति र कम्युनिस्ट आन्दोलनका संभावित चुनौती र साझा मुद्दामा सहकार्यका बिषयमा द्विपक्षीय कुराकानी भएको महासचिव विप्लवको सचिवालयका तर्फबाट अडिग सीले जानकारी दिएका छन।

यसैगरी भेटवार्तामा देशको स्वाधिनता ,जनअधिकारको बिषयका साथै आगामी दिनहरुमा छलफल र सहकार्यका लागि सकारात्मक रुपमा अगाडि जानेबारे कुराकानी भएको बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।