१५ चैत्र २०८०, बिहीबार

अखिल (क्रान्तिकारी) विप्लवका नेताहरु निविरोध निर्वाचित

0

सल्यान – आगामी चैत्र ५ हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा निर्वाचन हुनुपुर्व नै सल्यानमा क्रान्तिकारी विद्यार्थी नेताहरु निर्विरोध निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन अखिल (क्रान्तिकारी)का नेताहरु सल्यानमा स्ववियुको निर्वाचन हुनपूर्व नै निर्विरोध निर्वाचित भएका हुन्।

स्ववियु निर्वाचन २०७९ को निर्वाचन तालिका अनुसार चैत्र २७ गते आफ्नो उम्मेदवारी मनोनयन गराएका क्रान्तिकारी विद्यार्थीनेताहरुको विरुद्धमा कसैको उम्मेदवारी नहुँदा र उम्मेदवारीमा दावि विरोध गर्ने दिन २८ गतेसम्म कुनै दावि विरोध नपरेपछि उनिहरु निर्विरोध निर्वाचित भएको सल्यानका विभिन्न क्याम्पसहरुले बताएका छन् ।

क्रान्तिकारी विद्यार्थीनेताहरु अखिल (क्रान्तिकारी) राप्तीव्युरो सदस्य तथा सल्यान जिल्लाका निबर्तमान अध्यक्ष राजेन्द्र खडका सल्यान बहुमुखी क्याम्पस खलंगा सल्यानमा स्ववियु सचिव, अखिल (क्रान्तिकारी) सल्यानका अध्यक्ष दिपक खडका जनकल्याण बहुमुखी क्याम्पस थारमारे सल्यानमा स्ववियु सचिव, अखिल (क्रान्तिकारी) सल्यानका उपाध्यक्ष अनिल रोकाय विश्वकर्मा फारुला बहुमुखी क्याम्पस सल्यानमा स्ववियु सचिव, अखिल (क्रान्तिकारी) का इकाई समिति सदस्य बिनोद बस्नेत शिवजन बहुमुखी क्याम्पस शिललपाटी सल्यानमा स्ववियु सह–सचिवमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, अखिल (क्रान्तिकारी) सल्यान जिल्ला समिति सदस्य गायत्री पुनमगर जनकल्याण बहुमुखी क्याम्पस थारमारेमा स्ववियु सदस्य, अखिल (क्रान्तिकारी) सल्यानका इकाई सदस्यहरु सुमित्रा के.सी र रोषण के.सी जनकल्याण बहुमुखि क्याम्पस थारमारेमा सदस्य र कमला रोकाया फारुला बहुमुखी क्याम्पसमा फारुला सल्यानमा सदस्य पदमा निर्विरोध निर्वाचित भएको अखिल (क्रान्तिकारी) सल्यानका सचिव भीम बहादुर रोकाले जानकारी दिए।

नेपाल कम्युनिस्ट पार्टी सल्यानको विशेष पहलकदमीले यस्तो नतिजा निकाल्न सफल भएको नेताहरुले बताएका छन् । नेकपाले स्ववियु निर्वाचनमा सम्पूर्ण पार्टीले पहल लिने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।