१६ फाल्गुन २०८०, बुधबार

कतारमा पुँजीवादको शोषण : एक अनुभव

1

७ मार्च २०२२को दिन कतार स्थित Bin Omran Trading & Contracting Company का करिब ६ हजार मजदुरहरुले हातमा प्ले कार्ड बोकेर एकसाथ रोडमा निस्किए। आफ्नो अधिकारको माग गर्दै करिब १० किमि पैदल हिडेर उक्त जुलुस मजदुर अदालत पुगेको थियो ।

आफ्नो कसिलो अनुशासित ब्यबस्थापनको साथमा सडकमा नारा लगाउदै अगाडि बढेको थियो। सडकमा नारा जुलुस गर्न बन्देज रहेको देशमा एकाएक प्ले कार्ड बोकेर हामीलाई हाम्रो हक चाहियो । बाकी रहेको मजदुरी र अन्तिममा पाउनुपर्ने संचयकोष सहित घर जान पाउनु पर्यो भन्ने माग गर्दै उक्त जुलुस मजदुर अदालत पुग्यो।

बेलाबेलामा भैरहने हडताल र कम्पनी प्रशासनले ढाटिरहेको अवस्थाको जानकार प्रहरी प्रशासन शुरु देखि थियो । त्यसैले पनि शुरुमा प्रहरी आफैले सहयोग गरिरहेको थियो । पछि कम्पनी प्रशासनबाट दवाब आएको हुनुपर्छ ,प्रहरीले नै रोक्नको लागि धेरै प्रयास गर्यो । तर कुनै उपाय नचले पछि प्रहरीले नै सुरक्षा प्रदान गर्दै मुल राजमार्गबाट अदालत सम्म पुग्न सघाएको थियो।

कम्पनीको अत्यधिक फितलो ब्यबस्थापनको कारण समयमा तलब दिन, आइडी लगाउन, छुट्टीको बोनस दिन, छुट्टिमा प्राप्त हुने टिकटको पैसा दिन र क्यान्सिल घर फर्कनेलाई फाइनल सेटलमेन्ट दिन सकेको थिएन । त्यसकारण मजदुर र मजदुर न्यायालय बिच करिब एक घन्टाको छलफल पछि अदालत सकारात्मक भयो । बाकी रहेको तीन महिनाको तलब फाइनल सेटल्मेन्ट र टिकट सरकारले नै दिएर घर पठाउने समझदारी भयो।

त्यसपछि मजदुरहरु आआफ्नै तरिकाले क्याम्पमा फर्किए । साझ करिब ४ घन्टा पछि भने अनुसार समयमा तलब आयो। तर अघिल्लो २० दिन हडताल गरेको तलब कटौती गरि आयो । सायद ब्यबस्थापनले पहिले नै तयारी गरि राखेको हुनाले यस्तो भएको हुनसक्छ । यसले पनि अधिकारको लागि संघर्ष सबै ठाउँमा आवश्यक छ भन्ने प्रमाणित गरेको थियो ।

भोलिपल्ट मार्च ८ बाट घर जाने, कम्पनी परिवर्तन गर्ने र कम्पनी मै रहने गरि तीन तहमा मजदुरहरूको छनोट हुन थाल्यो । मजदुरहरू आआफ्नै तरिकाले लाइनमा लागे । अधिक्तम मजदुरहरुले फाइनल घर जाने भनी फरम भरे तर हिसाब बुझेपछि कम्पनी परिवर्तनको लागि निवेदन दिने गरेको प्रत्येक्ष प्रमाण भेटे पछि सबैलाई घर पठाउँने निर्णय गर्यो । त्यसपछि नियमित हिसाब दिदै घर पठाउदै गर्न थाल्यो । यो मजदुरको जोडबलमा सरकारले आफै जिम्मेवारी लिएर काम गरेकोले संभव भएको हो।

कम्पनी ठूलो थियो । २५ बर्ष देखि राम्रो प्रगति गर्दै आएको थियो । जब लेबनानी र केरला प्रशासन घुस्यो अनि त्यहाँबाट नातावाद कृपावाद शुरु भयो । कम्पनीको आफ्नै माटोलाई आफै साइट म्यानेजर, सुपर भाइजर ,स्टोर किपर र फोरम्यानहरु मिलेर तीन चार पटकसम्म एउटा साइटले अर्को साइटलाई बेच्ने गरेको कैयौं पटक देखियो । आफ्नै सामान आफैले किन्नुपर्ने र रकम जति ब्यक्तिको खल्तीमा जाने गर्यो ।

यसरी कम्पनी डोकोमा दूध दुहेको जस्तै भएको थियो। सरकारले ठेक्का दिन्थ्यो तर तल अनियमितता धेरै भएकोले तलब पुर्याउन गार्हो भैरहेको थियो । केवल चोरी, फलाम चोरी, टुल्स चोरी कामदारका दैनिकी जस्तै बनेका थिए र यो काम मैले कम्पनीमा प्रवेश गर्दा नै भैरहेको सुनेको थिए ।

नातावादको कारण सीप बिहिन मान्छेलाई माथिल्लो पोस्टमा ल्याउने र काम जानेका प्राबिधिकलाई आफू खुशी चलाउने प्रयत्न गर्नाले कम्पनीको कामको रिजल्टमा गुणको स्तर घट्दै गयो । कामको मात्रा घटेर गयो ।

सामानहरु पुनः हराउन थाले । कोहि कसैले केही जिम्मेवारी लिन सक्ने स्थिति रहेन । कम्पनीमा नीति भन्दा नाता प्रधान हुँदा बादरको हातमा नरिबल थमाए जस्तै हुन गयो । एकातिर भाषाको समस्या अर्कोतिर सिपको कदर नहुने, सिइओ देखि फोरम्यानसम्मले आ-आफ्नै तरिकाले हात मार्ने र कम्पनी नाङ्गो बनाउने काम गरे।

सन ११९५ मा २०/२५ जना मजदुरबाट शुरु गरेर प्रगति गर्दै अगाडि बढेको कम्पनीले अन्तिम चरणमा १० हजार कामदार पुर्याएको थियो । जब नितिगत रुप मै गलत मान्छेको हातमा ब्यबस्थापन पुग्यो अनि कम्पनी यस्तो हालत हुन पुगेको हो।

खासमा सन २०२२को ओलम्पिक गेमको कारण नयाँ प्रोजेक्ट दिन नसकेपछि पुराना प्रोजेक्टको कामले मजदुर थामने स्थिति थिएन । सोही समय देखि कम्पनी बन्द रहेको छ। अहिले अन्य कम्पनी पनि टाट पल्टदै गएको खबर आइरहेको छ। कतारको सम्पुर्ण लगानी फिफाले लुटेर नै लगेको छ। यसबाट कतारले गेम खेलाउन सक्यो भन्दा पनि बिदेशी कामदारलाई मारेर आफू पनि मर्यो भन्ने बिषय प्रमुख बनेर आउने छ।

( लेखक नेपाली जनप्रगतिशिल मोर्चा मध्यपुर्व प्रथम सम्मेलन आयोजक समिति संयोजक हुनुहुन्छ ।)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “कतारमा पुँजीवादको शोषण : एक अनुभव

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।