३ आश्विन २०८१, बिहीबार

नवजात शिशु सरसको नाममा जीवनकोष स्थापना, विप्लवले दिए शुभकामना

0

कपिलवस्तु/ नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयमा कार्यरत सगरमाथा सी र रमिता सीको पुत्र सरसको नाममा जीवन कोष खडा गरिएको छ । शुक्रबार कपिलवस्तुस्थित शिवगढीमा भएको एक कार्यक्रममार्फत कोषको स्थापना गरिएको हो ।

२०८१ जेष्ठ २८ गते जन्मिएका सरसको नाममा सी संकृति अनुसार  १६ हजार ४ सय ५५ रुपैयाँको जीवनकोष स्थापना गरिएको र उक्त कार्यक्रममा नेकपा महासचिव विप्लव, स्थायी समिति सदस्य रणवीर, पोलिटब्युरो सदस्य तथा केन्द्रीय कार्यालय सचिव  विजय सी, केन्द्रीय समिति सदस्यहरु सुशील सी, संगम सी, अडिग सी, प्रयास सी र कपिलवस्तु जिल्ला  सेक्रेटरी पावेल सीको उपस्थिति रहेको थियो ।

नवजात शिशुको नाममा जीवनकोष घोषणा भएको उक्त कार्यक्रममा नेकपा महासचिव विप्लवले बधाई मन्तव्य व्यक्त गर्दै सी संस्कृति अनुसार  घरघरमा अक्षयकोष स्थापना गर्दै जानुपर्ने र त्यसले समाजलाई योगदान पुर्‍याउने बताए ।

पुरानो रुढिवादी संस्कृतिको विकल्पमा नयाँ र वैकल्पिक राजानीति र संस्कृतिलाई पनि सङ्गसङ्गै लिएर जानुपर्ने भन्दै महासचिव विप्लवले सी संस्कृतिको आधारमा समाजलाई न्यायपूर्ण, विभेदबिहिन र सभ्य बनाउन सकिने बताए ।

नेपाल कम्युनिस्ट पार्टीले दुई बर्ष अघि सम्पन्न गरेको नवौं महाधिवेशनमार्फत सामन्ती र पुँजीवादी सांस्कृतिक अवधारणाको विकल्पमा सी जातिको जन्म, मृत्यु र विवाह सम्बन्धि अवधारणा पास गरेको थियो  ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।