५ जेष्ठ २०८१, शनिबार

एमसीसीका मतियारप्रति तीव्र वितृष्णासहित भक्तपुरमा गाईजात्रा

0

काठमाडौं: नेवार समुदायले परम्परागत रूपमा सांस्कृतिक रूपले मनाउदै आएको गाईजात्रामा यो वर्ष राष्ट्रघाती एमसीसी सम्झौता गर्ने नेता, मन्त्रीहरूप्रति तीव्र वितृष्णा र आक्राेससहित गाईजात्रा मनाएका छन् ।

भक्तपुरको पाँचतले मन्दिरमा हजारौं मानिसहरू जम्मा भएर राष्ट्रघाती एमसीसी सम्झौता भित्र्याउने प्रधानमन्त्री शेर बहादुर देउवा, प्रचण्ड, केपी वली, बाबुराम भट्टराई, आरजु देउवालाई एमसीसीको मतियार भन्दै उनीहरूको फाेटाे रथमा राखेर नागरिकता विधेयक खारेज गर, एसपीपी मुर्दावाद, राष्ट्रघाती एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, बढ्दो महङ्गी, कालाबजारी नियन्त्रण गर लेखिएको बाेर्ड, महङ्गी, भ्रष्टाचार, सिमा अतिक्रमण विरुद्ध र नेपाललाई युक्रेन बन्न नदिऔँ भन्दै प्लेकार्ड, पम्प्लेट र आक्राेसपूर्ण नारासहित बजार परिक्रमा गर्दै गाईजात्रा मनाएका छन् । 

परम्परागत रूपमा सांस्कृतिक रूपले नेवार समुदायले वर्षभरी बितेका आफन्तहरुकाे फाेटाेसहितको गाईजात्रा मनाउँदै आएका छन् । तर पछिल्लो समय राजनीतिक व्यङ्ग्यात्मक रूपमा पनि मनाउँदै  आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।