८ बैशाख २०८१, शनिबार

नेकपा ललितपुरको विशेष जिल्ला कमिटी बैठक सम्पन्न

0

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी ललितपुरको विशेष जिल्ला कमिति वैठक सम्पन्न भएको छ । नेकपाका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इञ्चार्ज हितमानको प्रमुख आथित्यता, स्कुलिङ विभाग सदस्य विपिनको आथित्यतामा वसेको वैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै समापन भएको छ ।

विधान प्रतिवेदन माथी छलफल तथा सुझाव, राष्ट्रघाट, दलाल भ्रष्ट्राचार, महङ्गी, एमसीसी, एसपीपी जस्ता गलत निर्णयको विरुद्ध भण्डाफोर गर्ने । वडा, नगर, गाउँपालीका भेला, जवस मोर्चाको जिल्ला भेला वा सम्मेलन सम्पन्न गर्ने । नवौ महाधिवेशनको प्रचार प्रसार, संगठन विस्तार तथा पार्टीको निर्णयहरुको कार्यन्वयन गर्ने निर्णय गरेको छ ।

घोषित संघर्षको कार्यक्रम, साँस्कृतिक अभियान, सहकारी सञ्चालन, राजनीतिक कुटनीतिक केन्द्रिय योजना अनुसार कार्यन्वयन गर्ने भएको छ । मजदुरको अनुप, उद्योग व्यापारको महेश, रत्न नेवा मोर्चा केन्द्रीय उपाध्यक्ष, बज्र महानगर सेक्रेटरी, भरत आर्थिक विभाग प्रमुख, सिवाकोटी गोदावरी सचिव, विकेश नेवा जिल्ला अध्यक्ष तथा जिल्ला अनलाइन युटुव ईन्चार्ज, प्रतिबद्ध महालक्ष्मी इन्चार्ज, जम्बू महालक्ष्मी सेक्रेटरी, चन्द्र, सर्जक, टंक लगायतको उपस्थिथिति थियो । वैठकको अध्यक्षता तथा सञ्चालन जिल्ला सेक्रेटरी ललितले गर्नभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।